राजनीति

योगाभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण

योगाभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्वास्थ्य
४ चैत,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन पनि बिहान योगाभ्याससँगै सुरुवात भएको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरु कार्यक्रममा सहभागी छन् ।उनीहरुलाई संसदीय अभ्यास,विधायिकी प्रक्रिया,नीति निर्माण,संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया,साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । रास्वपाका अनुसार कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था,संसद् सञ्चालन प्रणाली,विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड,नीति विश्लेषण,जनप्रतिनिधिको आचरण,सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प...
एमाले अब षडयन्त्रबाट होइन, कार्यकर्ताको भावनाबाट चल्नुपर्छ : सुरेन्द्र पाण्डे

एमाले अब षडयन्त्रबाट होइन, कार्यकर्ताको भावनाबाट चल्नुपर्छ : सुरेन्द्र पाण्डे

ताजा अपडेट, राजनीति, समाचार
४ चैत, काठमाडौं ।नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा ? भन्ने प्रश्न जायज भएपनि एमालेमा त्यसको ठाउँ नरहेको आशय व्यक्त गरेका छन् ।मंगलबार राति फेसबुकमार्फत नेता पाण्डेले एमालेका बैठक हुकुम दिने थलो मात्रै भएको टिप्पणी गरेका हुन् । ‘हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौँ र गल्तीहरू औँल्यायौँ,’ पाण्डेले लेखेका छन्, ‘ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो नोट अफ डिसेन्टको एउटा कुनामा मात्र सीमित गरियो ।’ जब बैठक सुन्ने र सुध्रिने थलो नभए त्यसको प्रभावकारिता नरहने उनको भनाइ छ । ‘जब बैठक केवल सुनाउने र हुकुम दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ,’ उनले अगाडि उल्लेख गरेका छन् । अबको एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्...
रास्वपालाई चीनीयाँ सीसीपिको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

रास्वपालाई चीनीयाँ सीसीपिको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
४ चैत, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपि) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै सीपीसीबाट शुभकामना पत्र प्राप्त भएको जानकारी गराएका छन् । सीसीपिले सन्देश पत्रमार्फत रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गरेको र आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिएको पनि उल्लेख छ । पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्‍याइएको छ,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ, ‘साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उहाँहरूको नेतृत्वमा रास्वपाले नेपाल–चीन परम्परागत मैत्...
अर्को चुनावमा संसदमा प्रतिपक्ष नै नरहने गरी काम गर्नुपर्छ : डीपी अर्याल

अर्को चुनावमा संसदमा प्रतिपक्ष नै नरहने गरी काम गर्नुपर्छ : डीपी अर्याल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३ चैत, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताएका छन्। ललितपुरमा जारी सास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा उनले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने बताएका हुन्।सो लक्ष्य हासिल गर्न भाषण वा सीमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने हुनाले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ । ‘यो देशलाई नयाँ सन्देश दिनुपर्नेछ, जनतलाई नयाँ सन्देश दिनुपर्नेछ। अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने सिर्जना अवस्था होस्’, उनले भने, ‘त्यो काम भाषण गरेर र सधै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह दौडाएर सम्भव छैन। सबै जनाले आ...
रास्वपाको दुईदिने अभिमुखीकरण : कुन कुन विषयमा क-कसले दिंदैछन् प्रशिक्षण ?

रास्वपाको दुईदिने अभिमुखीकरण : कुन कुन विषयमा क-कसले दिंदैछन् प्रशिक्षण ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३ चैत, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरको एक होटलमा सुरु भएको कार्यक्रमलाई उपसभापतिद्वय डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रमको उदघाटन गरेका थिए। संसदीय अभ्यास, विधायिकी प्रक्रिया,नीति निर्माण,संसदीय समितिहरूको भूमिका, बजेत तथा कानुन निर्माण प्रक्रिया,साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ नवनिर्वाचित सांसहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड,नीति विश्लेषण,जनप्रतिनिधिको आचरण,सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प...
संसदीय राजनीतिबाट सन्न्यास लिने सिके राउतको घोषणा

संसदीय राजनीतिबाट सन्न्यास लिने सिके राउतको घोषणा

ताजा अपडेट, राजनीति, समाचार
२ चैत,काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन् ।  ‘संसदीय राजनीतिबाट सन्न्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिंदै अगाडि बढाउने’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय ९पदको० राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’ उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’ सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो । तर ‘संघर्षको राजनीति’ भने जारी राख्ने उनको भनाइ छ ।...
इनिशा विकलाई न्याय माग्दै आज पनि देशका विभिन्न ठाउँमा प्रदर्शन

इनिशा विकलाई न्याय माग्दै आज पनि देशका विभिन्न ठाउँमा प्रदर्शन

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२ चैत,काठमाडौं ।सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग गर्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्डलामा उनको न्याय माग गर्दै दलित जेनजी अलाइन्सले प्रदर्शन गरेको हो । इनिशालाई न्याय दे भन्दै विद्यालय ड्रेसमै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ‘इनिशा विकलाई न्याय दे,बलात्कारीलाई फाँसी दे,जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ । प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो । र्‍यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभि...
रास्वपा नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने

रास्वपा नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार,भोली चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । यसका लागि सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजेभित्र काठमाडौं उपत्यकामा तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ। अभिमुखीकरणमार्फत सांसदहरूलाई संसदीय अभ्यास, पार्टी नीति तथा आगामी कार्यदिशाबारे जानकारी गराइने जनाइएको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकबाट ५७ सांसद जितेको छ।...
रास्वपा सचिवालय बैठक भर्चुअल बस्ने

रास्वपा सचिवालय बैठक भर्चुअल बस्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१ चैत, काठमाडौं । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ । फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ । समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण लगायत निर्वाचनका बाँकी प्रक्रिया पूरा भइसकेपछि नयाँ सरकार गठन हुने र त्यसका लागि १० दिन जति लाग्नसक्ने प्रवक्ता झाको भनाई छ । समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने रास्वपाको तयारी छ ।  ...
रास्वपाको प्रत्यक्षभन्दा समानुपातिक मत बढी,रास्वपा पार्टी नै लोकप्रिय

रास्वपाको प्रत्यक्षभन्दा समानुपातिक मत बढी,रास्वपा पार्टी नै लोकप्रिय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१ चैत्र, काठमाडौं । गत २१ फागुनमा भएको मतदानमा प्रत्यक्षतर्फ उम्मेदवारहरूले पाएको मत र समानुपातिकतर्फ दलहरूको मतमा धेरै भिन्नता छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),श्रम संस्कृति पार्टी (श्रसंपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले भन्दा पार्टीले समानुपातिकमा पाएको मत धेरै छ । तर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका उम्मेदवारले पाएको भन्दा समानुपातिकमा प्राप्त मत कम छ । १२५ क्षेत्रमा जित्न सफल रास्वपाले देशभरी १६३ क्षेत्रमा उम्मेदवारी दिएको थियो । प्रत्यक्षतर्फ उनीहरूले पाएका मत ४५ लाख ८७ हजार ९९५ छ । जबकि रास्वपाले समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ । राप्रपा र श्रसंपाका उम्मेदवारहरूले पाएको मतभन्दा समानुपातिकतर्फ पाएको मत बढी छ । श्रसंपाले प्रत्यक्षतर्फ १०९ क्षेत्रमा उम्मेदवार उठाएको थियो । यो पार्टीका सबै उम्मेदवारले पाएको मत जोड्दा...