राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६ चैत, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तयारी छ ।  
यी २४ जना सांसदले मातृभाषामा शपथ लिने

यी २४ जना सांसदले मातृभाषामा शपथ लिने

जीवनशैली, ताजा अपडेट, बिशेष, राजनीति, शिक्षा, समाचार
१० चैत,काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित २४ सांसदले मातृभाषामा शपथ लिने भएका छन् । पर्सि चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको शपथमा उनीहरुले आफ्नो भाषामा शपथ लिने संसद सचिवालयले उल्लेख गरेको छ । संघीय संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेलाई ३ दिनअघि नै जानकारी गराउन सूचित गरेको थियो ।उनीहरुले रोजेको मातृभाषाको संख्या ११ रहेको छ । यी हुन् मातृभाषामा शपथ लिने सांसदहरूः १. तामाङ भाषा परशुराम तामाङ २. नेपाल भाषा  अनुष्का श्रेष्ठ कृष्णभक्त शाक्य गंगालक्ष्मी अवाल मदनकृष्ण श्रेष्ठ रुकेश रञ्जित विराजभक्त श्रेष्ठ ३. डोटेली भाषा आकृति अवस्थी दीपकराज बोहरा हरिनादेवी कामी ४. मैथिली भाषा उज्जवलकुमार झा दीपककुमार साह महोत्तरी दीपककुमार साह सुनसरी प्रमोदकुमार महतो मातृका यादव सीताराम साह ५. भोजपुरी भाषा कन्हैया बनिया ६. थारु भाषा गीता चौधरी प्रमिलाकुमा...
निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेले ग¥यो निर्देशन

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेले ग¥यो निर्देशन

ताजा अपडेट, राजनीति, समाचार
१० चैत,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ। एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। उनले भने, “ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ।” उनले एमालेले निर्वाचनको समीक्षा गर्नका लागि चाँडै सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको पनि बताए।...
चुनावी समिक्षा सम्बन्धमा छलफल गर्न आज कांग्रेसको बैठक बस्दै

चुनावी समिक्षा सम्बन्धमा छलफल गर्न आज कांग्रेसको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१० चैत,काठमाडौं ।निर्वाचनमा पराजयको कारणलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज मंगलबार बस्दै छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। यसअघि दुई दिन बसेको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीको पराजयबारे दस्तावेज पेश गरेका थिए।सभापति गगन थापा चुनावपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन्। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षता बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्विकृत गरेको थियो । नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी गरेको र आज यसबारे पनि छलफल चलाइएने जनाएको छ। अहिले कांग्रेसमा संस्थापन र इतर समूहबीचको गुटगत शक्ति प्रदर्शन गर्ने होडबाजी नै चलिरहेको देखिन्छ ।  ...
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । चैत १२ गते दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ । केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले बालेनलाई संसदीय दलको नेता चयन गर्नेछ । सोही दिन नवनिर्वाचित सांसदहरूले शपथ लिँदैछन् । शपथ लगत्तै बैठक बस्ने भएको हो । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएर अगाडी बढ्ने उल्लेख गरेको थियो। प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता हुनुपर्ने नियम भएको हुँदा उनलाई संसदीय दलको नेता चयन गर्ने र भोलिपल्ट १३ चैतमा प्रधानमन्त्रीको शपथ गराउने तयारी रास्वपाको छ ।...
एमाले नेतृ पद्मा अर्याललाई महावीर पुनको सुझाब : स्वाँठ र मूर्ख नबन्नूु

एमाले नेतृ पद्मा अर्याललाई महावीर पुनको सुझाब : स्वाँठ र मूर्ख नबन्नूु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ चैत,काठमाडौँ ।नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले नेकपा एमालेकी नेतृ एवं समानुपातिक सांसद पद्मा अर्यालमाथि आक्रोश व्यक्त गरेका छन्। नयाँ राजनीतिक शक्ति र युवा नेताहरूलाई तह लगाउने भन्ने अर्यालको अभिव्यक्तिप्रति लक्षित गर्दै पुनले सामाजिक सञ्जालमार्फत यस्तो सुझाब दिएका हुन्। पुनले अर्याललाई आफ्ना नेताले सिकाए जस्तो स्वाँठ र मूर्ख नबन्न सुझाव दिँदै अहिलेका युवाहरू पुराना नेताहरूभन्दा सयौँ गुणा जान्ने र चलाख भएको दाबी गरेका छन्। पुनले लेखेका छन्, तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरूलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरूलाई राम्रोसँग थाहा छ।उनले गत आम निर्वाचनमा जनताले पुराना दलहरूलाई तह लगाइसकेको स्मरण समेत गराएका छन्। पुनले अर्यालको राजनीतिक हैसियतमाथि प्रश्न गर्दै उनलाई चाकरी गरेर समानुपातिक कोटामा...
नयाँ प्रधानमन्त्रीको शपथ आगामी १३ गते हुने

नयाँ प्रधानमन्त्रीको शपथ आगामी १३ गते हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको छ । बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए। छलफलका क्रममा यही चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने मोटामोटी सहमति जुटेको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘१३ गते नयाँ प्रधानमन्त्रीले शपथ लिनेगरी छलफल भएको छ । हामीले मात्रै मिति तय गरेर  पनि हुँदैन ।अन्य पक्षसँग आवश्यक छलफल भोलिबाटै अघि बढाउँछौं,’ महामन्त्री बुर्लाकोटीले भने । साथै,सोही दिन मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल अघि बढेको उनले जानकारी दिए । संघीय संसद् सचिवालयले १२ गतेका लागि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिसकेको छ ।  संघीय संसद् सचिवालयले १६ गते संघीय संसद्को अधिवे...
स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एकै पटक गर्नुपर्छ : रामप्रसाद भण्डारी

स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एकै पटक गर्नुपर्छ : रामप्रसाद भण्डारी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५ चैत,काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटकमा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । आज बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्दा खर्च कम हुने बताए। भण्डारीले आगामी १४ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने र प्रदेश सभा निर्वाचन २०८४ मंसिरमा गर्नुपर्ने बताए ।यी दुई निर्वाचनलाई एउटै मितिमा सम्पन्न गर्नसके निर्वाचन मितव्ययी र प्रभावकारी हुने उनको तर्क छ । तर वर्तमान कानुनी संरचनाले संयुक्त निर्वाचनको व्यवस्था गर्न नसक्ने हुदा करिब १० वटा निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता औंल्याए ।सो ऐनका लागि आयोगले मस्यौदा तयार गरी दुई वर्षअघि नै सरकारलाई पठाइ...
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै

आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५ चैत,काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो ।सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७,नेपाली कांग्रेसबाट २०,नेकपा एमालेबाट १६,नेपाली कम्युनिष्ट पार्टीबाट ९,श्रम संस्कृति पार्टी र राप्रपाबाट चार \चार जना सांसद निर्वाचित भएका छन् ।  ...
सांसदहरूलाई रविको निर्देशन : जनता धेरै पर्खनेवाला छैनन् ,राइट टु रिकल कडाइका साथ लागू हुन्छ

सांसदहरूलाई रविको निर्देशन : जनता धेरै पर्खनेवाला छैनन् ,राइट टु रिकल कडाइका साथ लागू हुन्छ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
४ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई जनताले सुम्पिएको जिम्मेवारीलाई हल्कारूपमा नलिन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् । नवनीर्वाचित सांसदहरूका लागि गरिएको संसदीय अभ्याससम्बन्धी २ दिने प्रशिक्षणलाई समापन गर्दै उनले अबको ५ वर्ष रास्वपाका लागि परीक्षाको घडी भएको स्पष्ट पारे । सम्बोधनका क्रममा लामिछानेले निम्न किसिमका विभिन्न विषयमा जोड दिए :- १. जनता धेरै पर्खनेवाला छैनन् सभापति लामिछाने पुराना राजनीतिक दलहरूलाई जनताले ३०–३५ वर्ष पर्खिएको भए पनि रास्वपालाई त्यति समय कुर्न तयार नरहेको बताए । ‘पुरानालाई ३५ वर्ष कुर्नुभयो, तर हामीलाई ३६ महिना, ३६ दिन पनि कुर्नुहुने छैन । यदि हामीले नतिजा दिन सकेनौं भने जनताले तुरुन्तै हिसाब खोज्नेछन् ।’ २. ‘राइट टु रिकल’ को व्यवस्था रास्वपाले पार्टीभित्र...