फ्रान्सको कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागीता जनाउने भएका छन्।त्यसका लागि मेयर बालेन हिजै राती सोमबार दुई सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गरेका छन्।
मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्सालसँगै गएका छन्।उनलाई त्यहाँका मेयर डेभिड लिसनार्ड निम्तो दिएका हुन्।उनी त्यहाँ तीन दिनसम्म बस्ने बताइएको छ।
मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँगको भेटवार्तापछि उनले फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा सहभागिता जनाउने छन्।बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा भव्य रिसेप्सनको आयोजना गरिएको जनाइएको छ।
बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन्।राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर का...









