बिशेष

गण्डकीमा आजदेखि श्रमाधान मेला सुरु हुँदै

गण्डकीमा आजदेखि श्रमाधान मेला सुरु हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
पोखरा।गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु हुँदैछ।पोखराको ईभेन्ट सेन्टरमा हुन लागेको सो मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिएका छन्। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको सो मेलाको होटल संघ नेपाल (हान)ले संयोजन गरेको छ।भने,नेपाल उद्योग बाणिज्य महासंघ,नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ,नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका संस्था सह–आयोजकका रुपमा रहेको उनले जानकारी दिए। मेलाको श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम छ। मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेक...
तोकिएकै समयमा निर्वाचन गर्न पत्रकारका सङ्गठनको माग,महासंघले ग¥यो ताला खोल्न अनुरोध

तोकिएकै समयमा निर्वाचन गर्न पत्रकारका सङ्गठनको माग,महासंघले ग¥यो ताला खोल्न अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न पत्रकारसम्बद्ध विभिन्न छ सङ्गठनले माग गरेका छन्। महासङ्घको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुङ्गो लगाएर सावर्जनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल,प्रेस सेन्टर नेपाल,समाजवादी प्रेस सङ्गठन नेपाल,प्रगतिशील पत्रकार सङ्घ नेपाल,जनपत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी प्रेस सङ्गठनले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। सङ्गठनहरुले छिटो सदस्यता टुङ्गो लगाई तोकिएको समयमा निर्वाचनको सुनिश्चितता गर्न पनि महासङ्घ नेतृत्वसँग आग्रह गरेका छन्। “निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकामा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएको प्रति हाम्रो गम्भीर ध...

कर्णाली प्रदेशको कुल बेरुजु २२ अर्बभन्दा माथि

अर्थतन्त्र, बिशेष, समाचार
सुर्खेत । कर्णालीमा प्रदेश र स्थानीय तहको गरी कुल बेरुजु २२ अर्ब ७५ करोड ७३ लाख ६४ हजार बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षक प्रमुख तिलक परियारलाई बुझाएको आर्थिक वर्ष आव २०७९–८० को प्रतिवेदन अनुसार गत वर्ष प्रदेश सरकारको ९६ करोड ७७ लाख ५२ हजार बेरुजु देखिएको हो । सो बेरुजु लेखा परीक्षण गरिएको कुल बजेटको २।५९ प्रतिशत हो । महालेखा परीक्षकको कार्यालयले गत वर्ष प्रदेशका मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयदेखि समितिहरूको गरी १५५ वटा निकायको ३७ अर्ब ३३ करोड ६८ लाख ०७ हजारको लेखा परीक्षण गरेको थियो । महालेखाका अनुसार गत वर्षसम्म कर्णाली प्रदेशको ४ अर्ब ३४ करोड १५ लाख ८५ हजार बेरुजु थियो । अहिले एक अर्ब ३७ करोड ९० लाख ४९ हजार बेरुजु फर्स्यौट गरिएको छ । गत आवको ९६ करोड ७७ लाख ५२ हजार समेत अद्यावधिक भई अब कर्णालीको कुल बेरुजु ३ अर्ब ९४ करोड ...
एमालेको राष्ट्रिय महिला भेला सम्पन्न,विधागत सामुहिक छलफलको निष्कर्ष प्रस्ताव सर्वसम्मतिले स्वीकृत

एमालेको राष्ट्रिय महिला भेला सम्पन्न,विधागत सामुहिक छलफलको निष्कर्ष प्रस्ताव सर्वसम्मतिले स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको राष्ट्रिय महिला भेला सम्पन्न भएको छ। एमालेले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागिता,महिला आन्दोलनको इतिहास,नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन यहि जेठ १६ र १७ गते २३ वटै जनसंगठनहरू सम्मिलित राष्ट्रिय महिला भेला आयोजना गरेर बिहिवार सम्पन्न गरेको हो।  अनेमासंघकी अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको सो भेलामा जनसंगठनका प्रतिनिधिहरुसहित जिल्ला,प्रदेश र केन्द्रका प्रतिनिधिहरु तथा जनप्रतिनिधि र पार्टी सम्पर्क समन्वयका प्रतिनिधिहरु गरि देशभरबाट गरि करिब ५ हजार महिला नेतृत्वहरुको सहभागिता रहेको थियो ।   एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार,दोस्रो दिन समापन सत्रमा २३ वटै जनसंगठनबाट छनौट भएका प्रतिनिधहरुकाबीचमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर विभिन...

काठमाडौंको तापक्रम ३३ डिग्री पुग्यो, नेपालमा एक हप्तापछि मनसुन सुरु हुने

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । काठमाडौं उपत्यकामा तापक्रम बढेर ३३ डिग्री सेल्सियस पुगेको छ । केही दिनदेखि यहाँको तापक्रम बढ्दै गएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने छ । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहारआसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उनले बताइन् । हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा छ। मौसमविद् मानन्धरले उनले भनिन्, ‘नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ। मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्न सक्छ।’ आज काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो।...

चालु आर्थिक वर्षमा पर्साबाट सबैभन्दा बढी बालबालिका बेपत्ता

बिशेष, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०७९–०८० मा पर्साबाट सबैभन्दा बढी बालबालिका हराएको पाइएको छ । सो अवधिमा जम्मा १६३ जना बालबालिकाहरु हराएको पाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ । बालबालिकाहरु हराएको उजुरी परेपनि प्रायः बालबालिकाहरु फेला नपर्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । चालु वर्षको तथ्यांक अनुसार सबैभन्दा बढी बालबालिकाहरु तराईका जिल्लाबाट हराउने गरेको पाइएको छ । बाराबाट १४०, रौतहटबाट ९९, सर्लाहीबाट १६३ जना बालबालिका बेपत्ता भएको प्रहरी तथ्याङ्क छ । यसै गरी महोत्तरीबाट ९२, धनुषाबाट १७०, सिराहाबाट १६८ र सप्तरीबाट ८९ जना बालबालिकाहरू हराएको मधेस प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले जानकारी दिए । उनका अनुसार हराउनेहरूमा बालिकाको सङ्ख्या धेरै देखिएको छ, जुन गम्भीर चिन्ताको विषय हो । बालिकाहरू बढी हराउनु राम्रो सङ्केत नभएको उनी बताउँछन् । प्रदेशभरिबाट हराउने कूल बालबालिकाहरूमध्ये...
‘श्रमाधान रोजगार मेला’ आजदेखि

‘श्रमाधान रोजगार मेला’ आजदेखि

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । ‘श्रमाधान रोजगार मेला’ आजदेखि सुरु हुँदैछ । कोशी प्रदेशको विराटनगर स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आज र भोलि हुने मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, विराटनगर महानगरपालि प्रमुखलगायतका व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को आयोजकका रुपमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि रहेको छ । श्रममन्त्री अर्यालका अनुसार नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामि...

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । पर्यटकको संख्या बढ्दै गएपछि अब पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पहिले शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्दै आइएको उनले बताए । उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ। पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’...
बालकृण्णको “ त्रिनेत्र” विमोचन

बालकृण्णको “ त्रिनेत्र” विमोचन

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, साहित्य
सीता पौडेल(अर्चना) काठमाडौं। साहित्यकार बालकृण्ण सुवेदीको  “ त्रिनेत्र” पुस्तक सार्वजनिक भएको छ। मंगलबार मन्जुश्री साहित्य समाजको आयोजनामा काठमाडौंको नागार्जुन–१मा अवस्थित रानीवन पार्टी प्यालेसको सभाहलमा एक कार्यक्रमकाबीच  उक्त पुस्तकको विमोचन भएको थियो। साहित्यकार एवम् प्रोफेसर ढाकाराम साप्कोटा,साहित्यकार तथा वरिष्ठ पत्रकार रामसिंह बस्नेत, समाजका अध्यक्ष डा.बमबहादुर थापा ‘जिताली’,समाजकी सल्लाहकार साहित्यकार तथा पूर्वप्रोफेसर वीणा पौड्याल,साहित्यकार डा. अम्बिका अर्याल लगायतले सर्जक सुवेदीको उक्त पुस्तकको संयुक्त रूपमा विमोचन गरेका थिए। विमोचन समारोहमा विमोचित पुस्तकको समिक्षा गर्दै सामालोचक रामसिंह बस्नेतले यस पुस्तकमा नेपाली समाजमा चल्दै आएका उखान टुक्काहरुलाई कवितात्मक शैलिमा प्रस्तुत गरिएकाले निकै पठनीय साथै रोमाञ्चक पनि भएको बताए ।सामालोचक बस्नेतले करिब १७२ वटा उखान ट...
फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

अर्थतन्त्र, बिशेष, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । मंगबार चार सय रुपैंयाले बढेको सुनको मूल्य आज तोलामा छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।...