बिशेष

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को बजेट (पूर्णपाठसहित)

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।सरकारले आर्थिक वर्ष २०८१ /०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सो बजेट सार्वजनिक गरेका हुन्।यस वर्षको बजेटमा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात कुल बजेटको १८.९४ प्रतिशत विनियोजन भएको छ।भने,वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात कुल बजेटको १९.७४ प्रतिशत विनियोजन भएको  छ।  बजेटमा उद्देश्य,प्राथमिकता र आर्थिक सुधारका रणनीति र रुपान्तरणकारी क्षेत्रका कार्यक्रमका लागि सबैमा पाँच/पाँच वटा कार्यक्रम तय गरिएको अर्थमन्त्री पुनको भनाई छ।बजेटका पाँच उद्देश्यमा उत्पादन,उत्पादकत्व र रोजगारी वृद्धि,निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,मानव संशोधन...

‘साथीबाट सिक्ने र साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन हुने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष ÷आव २०८१÷०८२ मा ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। मंलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस प्रकारको कार्यक्रम लागू गर्ने घोषणा गरेका हुन्।  त्यस्तैगरी सरकारले यो आवमा विद्यालय शिक्षादेखि नै आफ्नो रुची अनुरुप पेशा छनोट गर्न करियर काउन्सीलिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ।...

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन,कक्षा ६ देखि नै छात्रवृत्ति,छात्रवृत्तिका लागि ६० करोड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौ। सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको बताएका हुन् ।यस्तै सरकारले छात्रवृत्तिका लागि ६० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड विनियोजन गरेको बताएका हुन् । अतिविपिन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति प्रदान गर्ने भएको छ।हाल कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गरिँदै आएको थियो।यसलाई विस्तार गरेर कक्षा ६ देखि नै बनाइएको हो।...

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
मनिषा गुरुङ काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’को नयाँ ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ।१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुनः प्रर्दशन गर्न लागेको हो। चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन।ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन।भने,सुनील पोखरेल,सौगात मल्ल,दयाहाङ राई,विपिन कार्की जस्ता अहिलेका सुपरस्टार कालाकारहरुलाई समेत देख्न सकिन्छ । रोशन राई निर्माता रहेको यस फिल्ममा प्...

नेपालमा रेमल चक्रवातको अप्रत्यक्ष असर सुरु

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपालमा रेमल चक्रवातको अप्रत्यक्ष असर देखिन थालेको छ । नेपालको पूर्वीं भागमा बंगालको खाडीबाट उत्पन्न चक्रवातको असर सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका मोरङ, झापा लगायतका जिल्लामा मौसम बदली भई वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरुको दावी छ । महाशाखाका अनुसार रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव पर्ने छ । यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने बताइएको छ ।...
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद प्रकरणमा दोषी ठहर कर्मचारीद्वारा आत्महत्या

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद प्रकरणमा दोषी ठहर कर्मचारीद्वारा आत्महत्या

बिशेष, समाचार
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनको घरमा सुसाइड नोटसमेत फेला परेका र त्यसमा आफ्नो मृत्युको जिम्मेवार आफैं रहेको उल्लेख गरेको प्रहरीले बताएको छ । प्रहरी वृत्त, ठिमीका अनुसार, केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै उनको शवको पोष्टमार्टम भइसकेको छ । परीक्षणको प्रतिवदेन भने आउन बाँकी छ । पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि वन तथा वातावरण मन्त्रालयमा उपसचिव स्तरमा कार्यरत थिए । विशेष अदालतले जेठ ११ गते तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधा...

ब्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना गर्न उच्च अदालतको आदेश

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
पोखरा । ब्यास नगरपालिकामा २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत मेयर पदको मतगणना पुनः हुँदैछ।उच्च अदालत पोखराले दिएको आदेशअनुरुप असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना हुने भएको हो। अदालतले जेठ २ गते स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको पक्षमा अदालतले आदेश दिएको थियो।नेकपा एमालेको समर्थनमा उम्मेदवार भएका जोशी २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए। उनी कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुुन् । उनलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए। निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए।...
आज नीति तथा कार्यक्रम पारित हुँदै,यस्तो छ सम्भावित कार्यसूची

आज नीति तथा कार्यक्रम पारित हुँदै,यस्तो छ सम्भावित कार्यसूची

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको नीति तथा कार्यक्रम पारित गरिदैं छ ।सभाले आज शुक्रबार पारित गर्ने सम्भावित कार्यसूची हिजै सभामुख देवराज घिमिरेसँगको समन्वयमा सो कार्यसुचि तय गरेको हो । संसद् सचिवालयले आज बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसुचि छ। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ ।प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ । संसद् सचिवालयका अनुसार  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनको प्रस्ताव र...

आज बुद्ध जयन्ती,बुद्धका उपदेशलाई मनन गरौं र जीवन धन्य बनाऔं

जीवनशैली, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतार सिद्धार्थ गौतमको पूजा अर्चना र आराधाना गरी मनाइँदै छ। इसापूर्व ५४३ मा सुन्दर भूमि नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको रुपमा उनको जन्म भएको थियो।राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेर २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए। विश्व शान्ति स्थापनाका लागि सिद्धार्थ गौतमले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरुप यो पर्व मनाउने गरिन्छ ।बुद्ध भन्नाले अन्तिम सत्यको साक्षात्कार गरेको माहामानव बुझिन्छ।संस्कृत शब्दमा बुद्ध शब्दको अर्थ बुध अर्थात जाग्नु भन्ने हुन्छ। बुद्धको जन्म,ज्ञान प्राप्ति र समाधि यहि वैशा...
काठमाडौं महानगरकी उपप्रमुख डंगोल बेलायत प्रस्थान

काठमाडौं महानगरकी उपप्रमुख डंगोल बेलायत प्रस्थान

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
काठमाडौं । ब्रिटिश काउन्सिलको निमन्त्रणामा ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी हुन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बुधबार बेलायत प्रस्थान गरेकी छिन्। भ्रमणमा उनीसँग कामपा वडा नम्बर,२७ की वडा सदस्य श्रृष्टि कंसाकार,सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान पनि बेलायत गएका छन्। बेलायतको म्यानचेस्टर सहरको अभोभा स्टुडियोमा यहि जेठ ११, १२ र १३ गते हुने उक्त महोत्सवमा उनीहरुलाई भ्रमणको अवधि १० दिनको तोकिएको उपप्रमुख डंगोलको सचिवालयले जनाएको छ।टोली जेठ २० गते नेपाल फर्कने सचिवालयले जनाएको छ। हरेक वर्ष गरिने महोत्सवमा स्थानीय,राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरुका बीच अन्तर्क्रिया र अनुभव आदान हुन्छ । सो अन्तर्क्रियामा विभिन्न देशका विश्व प्रख्यात महिलाहरु वक्ताका रुपमा रहेको बताइएको छ ।...