तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा
२५ असार,काठमाडौं।प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अन्तिम तयारी भएको छ।युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।
गौतम बुद्धले २९ वर्ष बिताउनु भएको थियो ।२०७८र७९ को नीति तथा कार्यक्रममार्फत नेपाल सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय उल्लेख गरेको थियो।विश्व सम्पदा समितिको ४५औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रबर्द्धनात्मक कार्यक्रम समेत गरिएको थियो।
अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विधिवत रूपमा प्रक्रिया अघि बढेको हो।
लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईका अनुसार कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सू...








