ताजा अपडेट

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६ चैत, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तयारी छ ।  
मौसम पूर्वानुमान : मेघगर्जनसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान : मेघगर्जनसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६ चैत,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभरको मौसम फेरबदल भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै,मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाको भनाई छ ।...
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा तीन वटा फर्मलाई जरिवाना

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा तीन वटा फर्मलाई जरिवाना

अपराध, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
११ चैत,काठमाडौं ।स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार,शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ।यस्तै,ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार जरिवाना गरेको छ । स्थलगत अनुगमनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको बताइएको छ ।ती फर्मलाई उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम कारबाही गरिएको हो ।थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि,उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।...
आगलागीबाट सर्लाहीमा उखु खेती नष्ट

आगलागीबाट सर्लाहीमा उखु खेती नष्ट

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
११ चैत,काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपालिका–१ महादेव टोलका स्थानीय बच्चेलाल रायको ५ कठ्ठामा लगाइएको उखु काटेर फालेको पात जलाउने क्रममा काट्न बाँकी रहेको उखुमा आगो सल्किएको वडा अध्यक्ष ब्रह्मदेव चौधरीले जानकारी दिए । उनले भने, ‘उखुको पातहरू जलाउँदा आगो नियन्त्रणबाहिर भयो, र आगो लागेर ठूलो क्षति भएको हो ।’  ...
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
११ चैत,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ  । आज दिउँसो कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा  मौसम मुख्यतया सफा रहनेमहाशाखाले जनाएको छ ।  कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। ...
यी २४ जना सांसदले मातृभाषामा शपथ लिने

यी २४ जना सांसदले मातृभाषामा शपथ लिने

जीवनशैली, ताजा अपडेट, बिशेष, राजनीति, शिक्षा, समाचार
१० चैत,काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित २४ सांसदले मातृभाषामा शपथ लिने भएका छन् । पर्सि चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको शपथमा उनीहरुले आफ्नो भाषामा शपथ लिने संसद सचिवालयले उल्लेख गरेको छ । संघीय संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेलाई ३ दिनअघि नै जानकारी गराउन सूचित गरेको थियो ।उनीहरुले रोजेको मातृभाषाको संख्या ११ रहेको छ । यी हुन् मातृभाषामा शपथ लिने सांसदहरूः १. तामाङ भाषा परशुराम तामाङ २. नेपाल भाषा  अनुष्का श्रेष्ठ कृष्णभक्त शाक्य गंगालक्ष्मी अवाल मदनकृष्ण श्रेष्ठ रुकेश रञ्जित विराजभक्त श्रेष्ठ ३. डोटेली भाषा आकृति अवस्थी दीपकराज बोहरा हरिनादेवी कामी ४. मैथिली भाषा उज्जवलकुमार झा दीपककुमार साह महोत्तरी दीपककुमार साह सुनसरी प्रमोदकुमार महतो मातृका यादव सीताराम साह ५. भोजपुरी भाषा कन्हैया बनिया ६. थारु भाषा गीता चौधरी प्रमिलाकुमा...
निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेले ग¥यो निर्देशन

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेले ग¥यो निर्देशन

ताजा अपडेट, राजनीति, समाचार
१० चैत,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ। एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। उनले भने, “ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ।” उनले एमालेले निर्वाचनको समीक्षा गर्नका लागि चाँडै सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको पनि बताए।...
चुनावी समिक्षा सम्बन्धमा छलफल गर्न आज कांग्रेसको बैठक बस्दै

चुनावी समिक्षा सम्बन्धमा छलफल गर्न आज कांग्रेसको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१० चैत,काठमाडौं ।निर्वाचनमा पराजयको कारणलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज मंगलबार बस्दै छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। यसअघि दुई दिन बसेको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीको पराजयबारे दस्तावेज पेश गरेका थिए।सभापति गगन थापा चुनावपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन्। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षता बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्विकृत गरेको थियो । नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी गरेको र आज यसबारे पनि छलफल चलाइएने जनाएको छ। अहिले कांग्रेसमा संस्थापन र इतर समूहबीचको गुटगत शक्ति प्रदर्शन गर्ने होडबाजी नै चलिरहेको देखिन्छ ।  ...
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । चैत १२ गते दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ । केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले बालेनलाई संसदीय दलको नेता चयन गर्नेछ । सोही दिन नवनिर्वाचित सांसदहरूले शपथ लिँदैछन् । शपथ लगत्तै बैठक बस्ने भएको हो । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएर अगाडी बढ्ने उल्लेख गरेको थियो। प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता हुनुपर्ने नियम भएको हुँदा उनलाई संसदीय दलको नेता चयन गर्ने र भोलिपल्ट १३ चैतमा प्रधानमन्त्रीको शपथ गराउने तयारी रास्वपाको छ ।...
भूतपूर्व सैनिक सम्मेलन हुँदै

भूतपूर्व सैनिक सम्मेलन हुँदै

ताजा अपडेट, ब्यानर-१, समाचार
१० चैत, काठमाडौं ।देशका विभिन्न ठाउँमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने भएको छ । नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरुलाई लक्षित गरी भूतपूर्व सैनिक सम्मेलन –२०८२ गर्न लागिएको हो । नेपाली सेनाको जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा रोल्पाको सूर्य दलगण लिबाङ ब्यारेकमा यही चैत २२ गते सम्मेलन गर्न लागिएको सूर्य दल गण रोल्पाका प्रमुख सेनानी ईश्वर थापाले जानकारी दिए । रोल्पा मा जम्मा ११० जना भूतपूर्व सैनिक र एकल महिला सैनिक संख्या १० जना भएको उनले बताए । मध्यपश्चिम पृतना हेडक्वाटर अन्तर्गत २०८२ चैत २२ गते भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने नेपाली सेनाको केन्द्रीय कार्यालयले जानकारी गराएको छ । सम्मेलनमा रुपन्देही,कपिलवस्तु,नवलपरासी–पश्चिम र नवलपरासी( पूर्व जिल्लाहरुमा बसोबास गर्नेहरुका लागि मुख्य केन्द्र योगीकुटी ...