ताजा अपडेट

केएमसी अस्पतालले थाल्यो दुवाकोटमा पनि विशेष सेवा

केएमसी अस्पतालले थाल्यो दुवाकोटमा पनि विशेष सेवा

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
९ चैत,काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले भक्तपुरको दुवाकोटमा पनि उपचार सेवा शुरु गरेको छ। आइतबार एक समारोहबीच अस्पतालका सञ्चालक डा. सुनिल शर्माले अस्पतालको उपचार सेवाको शुभारम्भ गरेका थिए। हृदयघात, मस्तिष्क घातजस्ता जटिल रोगका विरामीलाई बचाउने मूल ध्येयका साथ उक्त अस्पतालको शाखा विस्तार गरिएको डा.शर्माले बताए।डा. शर्माले भने,‘यो सुपर स्पेसियालिटी हस्पिटल हो। विशेष उपचारलाई सम्भव गराउने गरी आज दुवाकोटमा यो हस्पिटल खोलिएको हो। प्राविधिक रूपमा काठमाडौं उपत्यकाबाहेक नेपालका धेरै ठाउँमा सम्भव नहुने ब्रेन स्ट्रोक भयो। टाउको गिदीमा हुने नसा ब्लक भए, फुटे। त्यस्ता नसालाई टाउको नचिरीकन तार र बेलुन हात वा गोडाको नसाबाट लिएर गएर त्यसरी यहाँ उपचार गरिन्छ। अस्पतालमा मुटु, किड्नी,मस्तिष्क सम्बन्धी जटिल रोगको उपचारका लागि अत्याधुनिक मेसिनको समेत व्यवस्था गरिएको बताइएको छ। डा....
तारकेश्वर–६ मा एक बृद्ध मृत फेला

तारकेश्वर–६ मा एक बृद्ध मृत फेला

ताजा अपडेट, समाचार
९ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोक स्थायी घर भई हाल कातारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने ६० वर्षीय खिका बहादुर अधिकारी मृत फेला परेका हुन् । नेपाल प्रहरीका अनुसार, उनी आफ्नै कोठामा आज सोमबार मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ ।...
नेपाली युवाले ल्याए ‘ल बसम’ राइड सेयरिङ एप

नेपाली युवाले ल्याए ‘ल बसम’ राइड सेयरिङ एप

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
९ चैत,काठमाडौं ।नेपाली युवाहरूले ‘ल बसम’ एप बजारमा ल्याएका छन् । नेपाली युवाको सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको आएको हो।  ‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल नारासहित सुरु गरिएको यो कम्पनीकोकाठमाडौंको तारकेश्वर– ८, शेषमतिमा कार्यालय रहेको छ भने हाल काठमाडौँ उपत्यकामा मात्र सेवा सुरु गरेको र छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । सुरुआती चरणमा राइड सेयरिङका चालकहरुलाई कुनै सेवा शुल्क नलाग्ने गरी प्रयोग गर्न छुट दिइएको कम्पनीले जनाएको छ । कम्पनी सञ्चालकहरुको भनाइमा, ‘ल बसम’ केवल सेवा होइन, नेपाली प्रविधि, सीप र श्रमलाई एकीकृत गर्दै देशभित्रै आर्थिक...
आज पनि बढ्यो सेयर बजार, घट्यो कारोबार

आज पनि बढ्यो सेयर बजार, घट्यो कारोबार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
९ चैत, काठमाडौं ।सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको हो । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३६ अंकमा कायम भएको छ । तर कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २३ अर्ब ५९ करोडको कारोबार भएकोमा आज १५ अर्ब ७८ करोडको भयो । १०२ कम्पनीको मूल्य बढ्दा १५४ को घट्यो भने ८ को स्थिर रह्यो ।  ...
एमाले नेतृ पद्मा अर्याललाई महावीर पुनको सुझाब : स्वाँठ र मूर्ख नबन्नूु

एमाले नेतृ पद्मा अर्याललाई महावीर पुनको सुझाब : स्वाँठ र मूर्ख नबन्नूु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ चैत,काठमाडौँ ।नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले नेकपा एमालेकी नेतृ एवं समानुपातिक सांसद पद्मा अर्यालमाथि आक्रोश व्यक्त गरेका छन्। नयाँ राजनीतिक शक्ति र युवा नेताहरूलाई तह लगाउने भन्ने अर्यालको अभिव्यक्तिप्रति लक्षित गर्दै पुनले सामाजिक सञ्जालमार्फत यस्तो सुझाब दिएका हुन्। पुनले अर्याललाई आफ्ना नेताले सिकाए जस्तो स्वाँठ र मूर्ख नबन्न सुझाव दिँदै अहिलेका युवाहरू पुराना नेताहरूभन्दा सयौँ गुणा जान्ने र चलाख भएको दाबी गरेका छन्। पुनले लेखेका छन्, तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरूलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरूलाई राम्रोसँग थाहा छ।उनले गत आम निर्वाचनमा जनताले पुराना दलहरूलाई तह लगाइसकेको स्मरण समेत गराएका छन्। पुनले अर्यालको राजनीतिक हैसियतमाथि प्रश्न गर्दै उनलाई चाकरी गरेर समानुपातिक कोटामा...
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
८ चैत, काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मौसम बदली भइरहेको छ । आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भने,चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।...
भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु

भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
६ चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २७औँ फ्लोरा एक्सपो सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा एक्स्पो सुरु भएको हो । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ बिहिबारदेखि सुरु भएको फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल–११, प्रतिस्पर्धा स्टल–दुई, फुड स्टल–दुई, ल्यान्डस्केप स्टल–एक, सेल्फी स्टल–एक, बी वाई डी इभी कारको स्टल एकसहित गरी जम्मा ८३ ओटा स्टल रहेको आयोजकले जनाएको छ । एक्स्पो आइतबाररसम्म सञ्चालन हुने जनाइएको छ ।...
नयाँ प्रधानमन्त्रीको शपथ आगामी १३ गते हुने

नयाँ प्रधानमन्त्रीको शपथ आगामी १३ गते हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको छ । बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए। छलफलका क्रममा यही चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने मोटामोटी सहमति जुटेको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘१३ गते नयाँ प्रधानमन्त्रीले शपथ लिनेगरी छलफल भएको छ । हामीले मात्रै मिति तय गरेर  पनि हुँदैन ।अन्य पक्षसँग आवश्यक छलफल भोलिबाटै अघि बढाउँछौं,’ महामन्त्री बुर्लाकोटीले भने । साथै,सोही दिन मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल अघि बढेको उनले जानकारी दिए । संघीय संसद् सचिवालयले १२ गतेका लागि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिसकेको छ ।  संघीय संसद् सचिवालयले १६ गते संघीय संसद्को अधिवे...
पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना,सतर्क रहन आग्रह

पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना,सतर्क रहन आग्रह

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
६ चैत, काठमाडौं । आज शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण छ । यसले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन र अति आवश्यक नपरी घर बाहिर ननिस्किन मौसमविदहरुको सुझाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ । शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गरेर मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी,वर्षा र हिमपातको सम्भावना रह...
अवैध उत्खननमा संलग्न आठ ट्रयाक्टरसहित चालक नियन्त्रणमा

अवैध उत्खननमा संलग्न आठ ट्रयाक्टरसहित चालक नियन्त्रणमा

अर्थतन्त्र, कानुन, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
५ चैत , रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा  बालुवा उत्खननमा  संलग्न आठ वटा ट्रयाक्टरसहित चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान चन्द्रपुर नगरपालिका–५, राजपैडा र ८ मोतीपुरस्थित चाँदी खोलामा ट्याक्सीमार्फत अवैध रूपमा बालुवा उत्खनन गरी लोड भइरहेको सूचनाको आधारमा सुरक्षा बेस सन्तपुरका प्रमुख  सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसीको कमान्डमा खटिएको टोलीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्रयाक्टर र चालकलाई चन्द्रपुर नगरपालिका कार्यालयले जरिवाना लिएर छोडेको छ ।...