ताजा अपडेट

स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एकै पटक गर्नुपर्छ : रामप्रसाद भण्डारी

स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एकै पटक गर्नुपर्छ : रामप्रसाद भण्डारी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५ चैत,काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटकमा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । आज बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्दा खर्च कम हुने बताए। भण्डारीले आगामी १४ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने र प्रदेश सभा निर्वाचन २०८४ मंसिरमा गर्नुपर्ने बताए ।यी दुई निर्वाचनलाई एउटै मितिमा सम्पन्न गर्नसके निर्वाचन मितव्ययी र प्रभावकारी हुने उनको तर्क छ । तर वर्तमान कानुनी संरचनाले संयुक्त निर्वाचनको व्यवस्था गर्न नसक्ने हुदा करिब १० वटा निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता औंल्याए ।सो ऐनका लागि आयोगले मस्यौदा तयार गरी दुई वर्षअघि नै सरकारलाई पठाइ...
५ हजार ४ सय रुपैयाँ घट्यो सुन

५ हजार ४ सय रुपैयाँ घट्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
५ चैत, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।सुनको भाउ केही सातायता घटिरहेको छ । त्यस्तै चाँदीको भाउ तोलामा १४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार १० रुपैयाँ कायम भएको छ ।...
तारकेश्वरमा ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ मनाइयो

तारकेश्वरमा ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ मनाइयो

कला, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
५ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलोपटक ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ आयोजना गरिएको छ । नगरपालिकाले घोडेजात्रा पर्वको अवसर पारेर बुधबार एभरेष्ट हर्स राइडिङ एण्ड बग्गी प्रालिसँगको सहकार्यमा  तारकेश्वर नगरपालिका–८ पीपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव मनाएको  हो । महोत्सवको उद्घाटन गर्दै तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले धर्म,संस्कृति,परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले स्थानीय तहले पहिलो पटक घोडेजात्रा महोत्सव आयोजना गरेको बताए । ‘पहिचान, अपनत्व र अधिकार : दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ सो महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।  टुँडिखेलमा मनाइँदै आइएको घोडेजात्रालाई थप विस्तार गर्नका लागि तारकेश्वरले पहिलोपटक स्थानीय तहमा घोडेजात्रा महोत्सव आयोजना गरेको  पनि उनले स्पष्ट पारे । ...
मुआब्जा विवादले रेल्वेको काम रोकियो

मुआब्जा विवादले रेल्वेको काम रोकियो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
५ चैत,काठमाडौं ।मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो । जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको छ । चौध जनालाई उचित मुआब्जा तिर्न बाँकी छ । विभागले रकम निकासाका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ । बर्दिबासका पीडितहरुले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाउँदा अन्ततः रेल्वे मार्गको निर्माण कार्य रोकेका छन् ।  ...
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै

आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५ चैत,काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो ।सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७,नेपाली कांग्रेसबाट २०,नेकपा एमालेबाट १६,नेपाली कम्युनिष्ट पार्टीबाट ९,श्रम संस्कृति पार्टी र राप्रपाबाट चार \चार जना सांसद निर्वाचित भएका छन् ।  ...
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
४ चैत,गण्डकी ।पर्यटकीय राजधानी पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई अर्को नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यतिखेर यहाँका स्थानीयवासी सक्रिय बनेका छन्। उक्त गुफा तिक्लाङ खेलमैदानको बीचबाट सेती नदीको तिरस्थित चुनेपहरोसम्म रहेको छ । करिब ३० रोपनी क्षेत्रफल जग्गा रहेको यस गुफाभित्र प्राकृतिक रूपमा बनेका विभिन्न आकृतिसँगै ठूलो सङ्ख्यामा रहेका चमेरा अवलोकन गर्न सकिने  छ। पावरहाउसबाट करिब १० मिनेटको हिँडाइमा पुग्न सकिने यो गुफा पोखराको मुख्य बजारबाट सार्वजनिक यातायातबाट सहज रूपमा आउनजान सकिन्छ। गुफाभन्दा माथि रहेको तिक्लाङ चोकसम्म पोखरा महानगरका सार्वजनिक बसहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।  गुफासहित यस क्षेत्रको पर्यटकीय विकासलाई वडाले प्राथमिकतामा राखेको पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए।‘हामीले यस क्षेत्रका हरेक सम्भावनालाई उजागर गर्...
तोलामा २ हजार २ सयले घट्यो सुन,आज कतिमा हुँदैछ कारोबार ?

तोलामा २ हजार २ सयले घट्यो सुन,आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
४ चैत, काठमाडौं ।आज बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १८५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ५ हजार ३३५ रुपैयाँ थियो । गत माघ १५ गते सुनचाँदीको भाउ सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो । रेकर्ड मूल्यबाट सुनको भाउ करिब ३२ हजार घटिसकेको छ ।...
सांसदहरूलाई रविको निर्देशन : जनता धेरै पर्खनेवाला छैनन् ,राइट टु रिकल कडाइका साथ लागू हुन्छ

सांसदहरूलाई रविको निर्देशन : जनता धेरै पर्खनेवाला छैनन् ,राइट टु रिकल कडाइका साथ लागू हुन्छ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
४ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई जनताले सुम्पिएको जिम्मेवारीलाई हल्कारूपमा नलिन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् । नवनीर्वाचित सांसदहरूका लागि गरिएको संसदीय अभ्याससम्बन्धी २ दिने प्रशिक्षणलाई समापन गर्दै उनले अबको ५ वर्ष रास्वपाका लागि परीक्षाको घडी भएको स्पष्ट पारे । सम्बोधनका क्रममा लामिछानेले निम्न किसिमका विभिन्न विषयमा जोड दिए :- १. जनता धेरै पर्खनेवाला छैनन् सभापति लामिछाने पुराना राजनीतिक दलहरूलाई जनताले ३०–३५ वर्ष पर्खिएको भए पनि रास्वपालाई त्यति समय कुर्न तयार नरहेको बताए । ‘पुरानालाई ३५ वर्ष कुर्नुभयो, तर हामीलाई ३६ महिना, ३६ दिन पनि कुर्नुहुने छैन । यदि हामीले नतिजा दिन सकेनौं भने जनताले तुरुन्तै हिसाब खोज्नेछन् ।’ २. ‘राइट टु रिकल’ को व्यवस्था रास्वपाले पार्टीभित्र...
योगाभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण

योगाभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्वास्थ्य
४ चैत,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन पनि बिहान योगाभ्याससँगै सुरुवात भएको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरु कार्यक्रममा सहभागी छन् ।उनीहरुलाई संसदीय अभ्यास,विधायिकी प्रक्रिया,नीति निर्माण,संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया,साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । रास्वपाका अनुसार कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था,संसद् सञ्चालन प्रणाली,विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड,नीति विश्लेषण,जनप्रतिनिधिको आचरण,सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प...
एमाले अब षडयन्त्रबाट होइन, कार्यकर्ताको भावनाबाट चल्नुपर्छ : सुरेन्द्र पाण्डे

एमाले अब षडयन्त्रबाट होइन, कार्यकर्ताको भावनाबाट चल्नुपर्छ : सुरेन्द्र पाण्डे

ताजा अपडेट, राजनीति, समाचार
४ चैत, काठमाडौं ।नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा ? भन्ने प्रश्न जायज भएपनि एमालेमा त्यसको ठाउँ नरहेको आशय व्यक्त गरेका छन् ।मंगलबार राति फेसबुकमार्फत नेता पाण्डेले एमालेका बैठक हुकुम दिने थलो मात्रै भएको टिप्पणी गरेका हुन् । ‘हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौँ र गल्तीहरू औँल्यायौँ,’ पाण्डेले लेखेका छन्, ‘ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो नोट अफ डिसेन्टको एउटा कुनामा मात्र सीमित गरियो ।’ जब बैठक सुन्ने र सुध्रिने थलो नभए त्यसको प्रभावकारिता नरहने उनको भनाइ छ । ‘जब बैठक केवल सुनाउने र हुकुम दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ,’ उनले अगाडि उल्लेख गरेका छन् । अबको एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्...