ताजा अपडेट

मौसम पूर्वानुमान : यी चार प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी चार प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी,गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । उता राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा गण्डकी प्रदेशको तराई तथा बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा त...
रास्वपालाई चीनीयाँ सीसीपिको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

रास्वपालाई चीनीयाँ सीसीपिको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
४ चैत, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपि) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै सीपीसीबाट शुभकामना पत्र प्राप्त भएको जानकारी गराएका छन् । सीसीपिले सन्देश पत्रमार्फत रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गरेको र आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिएको पनि उल्लेख छ । पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्‍याइएको छ,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ, ‘साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उहाँहरूको नेतृत्वमा रास्वपाले नेपाल–चीन परम्परागत मैत्...
१३ अंक बढ्यो सेयर बजार

१३ अंक बढ्यो सेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, समाचार
३ चैत, काठमाडौं । मंगलबार सेयर बजार १३.५१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने १७ को स्थिर रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.८४, विकास बैंक ०.६४, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत बढे ।...
नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
३ चैत,काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकको लागि ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना ल्याएको छ। योजनामा नेपाल बैंकबाट कर्जा लिई २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा एक करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले २०८३ आषाढ मसान्त भित्र योजना अनुसार शर्तसहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने उल्लेख छ । बैंकले आफ्ना सम्बन्धित कर्जा ग्राहकलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्न अनुरोध समेत गरेको छ।साथै २०८० वैैशाख १ गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकले २०८२ चैत्र मसान्त भित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिन समेत बैंकले अनुरोध गरेको छ ।...
अर्को चुनावमा संसदमा प्रतिपक्ष नै नरहने गरी काम गर्नुपर्छ : डीपी अर्याल

अर्को चुनावमा संसदमा प्रतिपक्ष नै नरहने गरी काम गर्नुपर्छ : डीपी अर्याल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३ चैत, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताएका छन्। ललितपुरमा जारी सास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा उनले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने बताएका हुन्।सो लक्ष्य हासिल गर्न भाषण वा सीमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने हुनाले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ । ‘यो देशलाई नयाँ सन्देश दिनुपर्नेछ, जनतलाई नयाँ सन्देश दिनुपर्नेछ। अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने सिर्जना अवस्था होस्’, उनले भने, ‘त्यो काम भाषण गरेर र सधै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह दौडाएर सम्भव छैन। सबै जनाले आ...
हावाहुरीले खोटाङको हलेसी एफएमको रिपिटर टावर भाँचियो, प्रशारण बन्द

हावाहुरीले खोटाङको हलेसी एफएमको रिपिटर टावर भाँचियो, प्रशारण बन्द

ताजा अपडेट, ब्यानर-२, समाचार
३ चैत, काठमाडौं । फागुन २ गते साँझ सामान्य वर्षासँगै आएको हावाहुरीले खोटाङको हलेसी एफएम १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । हावाहुरी सुरु हुने वित्तिकैदेखि प्रशारण बन्द गरिएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताए । तिव्र गतिको हावाहुरीले रेडियोको टावर भाँचिएर भुइँमा थुप्रिएको छ । यस्तै एफएमको टावरसँगै रहेको दुई भवनमध्ये एक भवनको जस्ताको छाना पनि हावाहरीले उडाएको छ । हावाहुरीले टावर नजिकै रहेको विद्युतको दुई वटा पोल पनि ढालेको छ । हावाहुरीले दर्जनौं घर र विद्यालयको छाना पनि उढाएको छ । क्षतीको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताए ।...
रास्वपाको दुईदिने अभिमुखीकरण : कुन कुन विषयमा क-कसले दिंदैछन् प्रशिक्षण ?

रास्वपाको दुईदिने अभिमुखीकरण : कुन कुन विषयमा क-कसले दिंदैछन् प्रशिक्षण ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३ चैत, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरको एक होटलमा सुरु भएको कार्यक्रमलाई उपसभापतिद्वय डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रमको उदघाटन गरेका थिए। संसदीय अभ्यास, विधायिकी प्रक्रिया,नीति निर्माण,संसदीय समितिहरूको भूमिका, बजेत तथा कानुन निर्माण प्रक्रिया,साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ नवनिर्वाचित सांसहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड,नीति विश्लेषण,जनप्रतिनिधिको आचरण,सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प...
त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा आज बिहान अभ्यास गरिएको हो । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको छ । हरेक ठूला विमानस्थलमा यस्तो अभ्यास नियमित रुपमा हुने गर्छ।यस्तो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले समेत अनिवार्य गरेको हुन्छ ।...
आजको मौसम : यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३ चैत,काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । आज कोशी,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।  ...
ग्लोबल आइएमई बैंकले ल्यायो विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकले ल्यायो विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२ चैत, काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको छ। बैंकले ग्लोेबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवालक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको हो । बैंकले ग्लोबल मनी विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसात गरी यही मार्च १६ देखि मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ । यसका साथै,बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजीक सञ्जालमार्फत् पनि प्रसारण गर्नेछ। वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यो आर्...