ताजा अपडेट

बादल बने एमाले संसदीय दल नेता

बादल बने एमाले संसदीय दल नेता

ताजा अपडेट, ब्यानर-१, समाचार
१८ चैत, काठमाडौं ।नेकपा एमाले संसदीय दलको नेता रामबहादुर थापा बादल बनेका छन्। उनी समानुपातिकतर्फबाट एमाले सांसद बनेका थिए। आज बुधबार च्यासलमा बसेको एमाले संसदीय दल बैठकपछि संसदीय दल नेता चयन गर्न निर्वाचन प्रक्रिया अघि बढेको थियो। सांसदहरू बादल र सुहाङ नेम्वाङले फारम लगे पनि बादलले मात्रै बुझाएको निर्वाचन विभागका प्रमुख निरज आचार्यले बताए।उनकाअनुसार अपराह्न ४ बजेसम्म फारम बुझाउने समय थियो। एक नेताका अनुसार धनकुटाका राजेन्द्र राई र संखुवासभाका अर्जुन कार्कीले समर्थक र प्रस्तावक बस्ने वचन दिएकाले सुहाङले उम्मेदवारी दिन फारम समेत लगेका थिए। फारम बुझाउने बेला महासचिव शंकर पोखरेलले सांसदहरू राई र कार्कीलाई छलफलका लागि भन्दै लगेपछि सुहाङ प्रस्तावक र समर्थकविहीन बनेपछि फारम नै दर्ता गर्न पाएनन्।...
बिहीबारदेखि संसद अधिवेशन सुरु हुँदै

बिहीबारदेखि संसद अधिवेशन सुरु हुँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८ चैत, काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार) देखि सुरु हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ।निर्वाचनमार्फत जनताले रास्वपालाई मुलुकमा स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन करिब दुई तिहाइको बहुमतसहितको जनादेश दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गरेका छन्। प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पूरानो भवनमा बस्नेछ। यो राष्ट्रियसभाको २०औँ अधिवेशन हो। राष्ट्रपतिले प्रत...
एसईई २०८२ : जहाँ परीक्षा,त्यहीँ परीक्षण उत्तरपुस्तिका

एसईई २०८२ : जहाँ परीक्षा,त्यहीँ परीक्षण उत्तरपुस्तिका

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
१८ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ। एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो,त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेलले एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए। यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।बोर्डका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत १९ गते बिहीबा...
सपना प्रधान मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

सपना प्रधान मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

कानुन, ताजा अपडेट, बिशेष, समाचार
१८ चैत, काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम )काम) प्रधानन्यायाधीश भएकी छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले मंगलबार अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् । नेपालको संविधानको धारा १२९९९० मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ । प्रधानन्यायाधीश अवकाश भएपछि बरिष्ठतम न्यायाधीश स्वतस् कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ । संविधान अनुसार, सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको र ६५ वर्ष उमेर नपुगेको व्यक्ति प्रधानन्यायाधीश हुन योग्यता पुगेको मानिन्छ ।...
अब १ महिनामै एसईईको नतिजा,विद्यार्थीलाई तनाव कम हुने

अब १ महिनामै एसईईको नतिजा,विद्यार्थीलाई तनाव कम हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार
१८ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर शिक्षा मन्त्रालयले बोर्डलाई निर्देशन दिएको थियो । सोही अुनसार बोर्डले १ महिनाभित्र नतिजा निकाल्न परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गर्‍यो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई तनाव हुन निदन छिटो नतिजा सार्वजनिक गर्न लागिएको बताए। ‘पहिलेभन्दा अहिले प्रविधि फरक भएको छ।नतिजाका लागि विद्यार्थीले किन ३ महिना कुर्नु रु तीन महिनासम्म विद्यार्थीलाई तनाव हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘एक महिनामात्र होइन, अझ चाँडो पनि गर्न सकिन्छ।’ ७७ वटै जिल्लाका शिक्षा एकाइबाट १ महिनामा नतिजा निकाल्न सकिने मन्त्री पोखरेलले बताए। &...
घट्यो सेयर बजार, कारोबार बढ्यो

घट्यो सेयर बजार, कारोबार बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१८ चैत,काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७६ अंकमा कायम भएको छ । आज बजार खुलेदेखि दिनभर रातो अंकमा रह्यो । यसअघि आइतबार र सोमबार दुई दिनमा ११९ अंक घटेको बजार हिजो मंगलबार १९.७ अंक मात्रै बढेको थियो । बजारमा उच्च गिरावट आउँदा पनि आज कारोबार रकम करिब १ अर्ब बढेको छ । आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी छन् ।...
विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाइने

विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाइने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१६ चैत, काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई विषय विज्ञताको आधारमा सम्बन्धित मन्त्रालयमा खटाउने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सांसद भनेको भविष्यको सम्भावित मन्त्रीसमेत रहेको र क्षमता अभिवृद्धिका लागि पनि सहयोग पुग्ने भएकाले मन्त्रालयमा सांसदलाई खटाउन लागिएको हो। जनभावना अनुसार छिटो छरितो काम गर्नका लागि सांसदले मन्त्रीलाई सहयोग गर्न यो अवधारण अघि सारेको उनको भनाइ छ । प्रवक्ता झाका अनुसार, सांसदका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि खटाउने भएकाा छ । प्रधानमन्त्री शाहले पनि सबै दलका सांसदहरूलाई सिंहदरबार बोलाएर छलफल थालेका छन् ।  ...
राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले दिए पदबाट राजीनामा

राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले दिए पदबाट राजीनामा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६ चैत, काठमाडौं । वरिष्ठ पत्रकार धमेन्द्र झाले राष्ट्रिय समाचार समिति(रासस)को कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् । राजीनामा पत्रमा नेपाल सरकारको निर्णयबमोजिम आफू राससको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको उल्लेख गर्दै झाले कार्यकालमा आफूले संस्थाको सवोत्तम हितमा काम गरेको बताएका छन् । ‘म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्यमान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवर्द्धनका दिशामा कृयाशील रहँदै आएको छु,’ राजीनामा पत्रमा उनले भनेका छन् । ‘नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामा पत्रमा लेखेका छन् ।आफूले न...
यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए

कानुन, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६ चैत, काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको बताएको हो । उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख दिने गरेको प्रहरीको भनाइ छ । फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धानअघि बढाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताएका छन् ।...
ओली,देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया

ओली,देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया

अपराध, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१६ चैत, काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो । सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पनि पक्राउ परेका छन्।‘विभागको पत्रअनुसार दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरिसकेको छ । यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । प्रचण्डपुत्री गंगाको निवास र ओली निवासको समेत घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो ।अहिले ...