ताजा अपडेट

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै,सभामुखको औपचारिक घोषणा

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै,सभामुखको औपचारिक घोषणा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२ चैत, काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज आइतबार बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो।आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्। आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नेछन्। सभाध्यक्षले अध्यक्...
एमालेले रास्वपा शक्तिशाली बन्नुको कारण  खोजी गर्ने

एमालेले रास्वपा शक्तिशाली बन्नुको कारण खोजी गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२२ चैत, काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सचिव भट्टराईले रास्वपाले निर्वाचनमा पुरानादल लाई हराएर चमत्कारिक रुपमा परिणाम ल्याएको भन्दै त्यसको कारण खोजी गरिने बताएका हुन् । । ‘हामी फरक राजनीतिक पृष्ठभुमिका बोलेका फरक राजनीतिक पार्टीहरू पनि छौ । थुप्रै दलहरू छौ । अझ आजको शक्तिशाली दल त धेरै फरक हिसाबले आएको छ । उसको आउने तरिका नै चमत्कारिक छ । त्यससँग के के जोडिएका छन, त्यो खोजतलासको विषय बाँकी नै छ,’ उनले भनेका छन् । साथै, उनले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरूबीच राष्ट्रिय एकता कायम गरेर अघि बढने कुरामा ढिलाई गर...
आजदेखि मतदाता नामावली संकलन सुरु

आजदेखि मतदाता नामावली संकलन सुरु

ताजा अपडेट, ब्यानर-२, समाचार
२२ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संलनको काम सुरु गर्ने निर्णय गरेको हो । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इन...
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२२ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङरअसिनारहुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुरीबतासको समेत सम्भावना छ।त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभ...
पेट्रोलको मूल्य २०० नाघ्यो, डिजल १८० रुपैयाँ

पेट्रोलको मूल्य २०० नाघ्यो, डिजल १८० रुपैयाँ

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२० चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । आज शुक्रबार बिहानैदेखि लागू हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजल र मट्टीतेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ ।  ...
सभामुख पदमा  डीपी अर्यालको उम्मेदवारी दर्ता

सभामुख पदमा डीपी अर्यालको उम्मेदवारी दर्ता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२० चैत,काठमाडौं । रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् ।समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् । त्यसका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ । सभामुख पदमा  अर्यालको मात्र उम्मेदवारी परेको छ।  सभामुख पदको निर्वाचनमा चैत २२ गते हुँदैछ ।    ...
एसईई परीक्षा सुरु

एसईई परीक्षा सुरु

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१९ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेबाट देशभर एकैपटक सुरु भएको छ। यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिने भएका छन्।  परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । एसईई परीक्षा चैत २९ गते सम्पन्न हुने छ ।...
चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१९ चैत, काठमाडौं । निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन,२०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन गरेको थियो । हाल राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने,दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइँको विवरण अद्यावधिक गर्नेलगायतका कामसमेत अनलाइन माध्यमबाट गर्न सकिने आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्ल...
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१९ चैत, काठमाडौं । इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको थियो । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो । सुरुमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिए पनि पछि त्यसलाई परिमार्जन गरी ७.४ कायम गरिएको छ । भूकम्प लगत्तै अधिकारीहरूले सुनामीको उच्च जोखिम रहेको भन्दै सचेत गराएका छन् ।...
मौसम पूर्वानुमान : कोशी,बागमती र गण्डकीमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : कोशी,बागमती र गण्डकीमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१९ चैत, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव छ । यसर्थ विभिन्न भागमा बदली भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई भेगमा मौसम मुख्...