ताजा अपडेट

स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
२४ चैत, स्याङ्जा । तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ‘ट्होटे’ को अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले आज एक दिनका लागि सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सरकारी कार्यालय र विद्यालय बन्द रहने गरी बिदा दिने निर्णय गरेको जनाएको छ । ट्होटे पर्व गुरूङ समुदायले हर्षोल्लासका साथ मनाउने विशेष सांस्कृतिक पर्व हो । तमु समुदायको परम्परा र सांस्कृतिक पहिचानको सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीका अनुसार ट्होटे पर्वले समुदायबीचको आपसी सम्बन्ध सुदृढ बनाउने मात्र नभई सांस्कृतिक विविधताको संरक्षणमा पनि टेवा पुर्‍याउने विश्वास गरिएको छ । स्याङ्जा जिल्लाभरका ११ स्थानीय तहमध्ये फेदीखोला गाउँपालिकाले मात्र बिदा दिने निर्णय गरेको हो । अन्य पालिकाहरूमा भने यस दिन नियमित रूपमा कार...
अब डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स नकाटिने

अब डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स नकाटिने

ताजा अपडेट, ब्यानर-२, समाचार
२४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) का सेवामा व्यापक सुधारका काम सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि टेलिकम प्रयोगकर्ताको डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ । सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागु गर्ने प्रक्रिया अघि बढेको छ। उनका अनुसार अब प्रयोगकर्ताले लिएको डेटा प्याक ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्नेछन् । यससँगै ‘पे–एज–यू–गोज विकल्प उपलब्ध हुनेछ।जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याक खरिद गर्नेबारे विकल्पसहित छनोटको सुविधा दिनेछ ।...
अनलाइनखबरले ग¥यो ‘५० प्रभावशाली महिला २०८२’को सूची सार्वजनिक

अनलाइनखबरले ग¥यो ‘५० प्रभावशाली महिला २०८२’को सूची सार्वजनिक

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४ चैत,काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिंदै आएको यो सूची यस वर्ष आम निर्वाचन (फागुन २१) को चटारोका कारण केही समय ढिलो गरी सार्वजनिक गरेको हो ।अनलाइनखबरले ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण भएको जनाएको छ । सोमबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गरिन् ।उनले अनलाइनखबरले महिलाहरुको सम्मानका लागि गरेको थालेको अभियानप्रति खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सुझाव दिइन् । यस सूचीमा नेपाली राजनीति, समाज, कलासाहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना संघर्षशील र कर्मशील महिलाहर...
अनलाइनखबरले आज ‘५० प्रभावशाली महिला–२०८२’ को सूची सार्वजनिक गर्दै

अनलाइनखबरले आज ‘५० प्रभावशाली महिला–२०८२’ को सूची सार्वजनिक गर्दै

जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२३ चैत, काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची आज सोमबार सार्वजनिक गर्दैछ । हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष आम निर्वाचन (फागुन २१) को चटारोका कारण केही समय ढिलो गरी सार्वजनिक गर्न लागिएको हो । अनलाइनखबर ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण हो । ललितपुरको द प्लाजामा आयोजना हुने विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गर्नेछिन् । यस सूचीमा नेपाली राजनीति, समाज, कलारसाहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् । अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले सार्वजनिक रूपमा नाम उपलब्ध गराउन आह्वान गरेको थियो ।...
प्रतिनिधिसभाको नयाँ नियमावली बनाउने मस्यौदा समिति सभापतिमा गणेश पराजुली

प्रतिनिधिसभाको नयाँ नियमावली बनाउने मस्यौदा समिति सभापतिमा गणेश पराजुली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३ चैत,काठमाडौं ।प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ । आज सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव पेश गरेका थिए ।जसलाई सभाले स्वीकृत गर्यो । संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय समिति गठन भएको हो । समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । १. गणेश पराजुली– सभापति सदस्यहरू : २) ओजस्वी शेरचन ४) खगेन्द्र सुनार ५) खुस्बु ओली ६) गजला समिम मिकरानी ७) तपेश्वर यादव ८) ध्रुवराज राई ९) निशा डाँगी १०) निश्कल राई ११) वलावती शर्मा १२) मधु चौलागाईँ १३) यज्ञमणि न्यौपाने १४) रेखा कुमारी यदाव १५) सुलभ खरेल  ...
पहिलो पटक सभा सञ्चालन गर्दै सभामुख अर्याल भने –संसद्‌मा मेरो भूमिका निष्पक्ष रहनेछ

पहिलो पटक सभा सञ्चालन गर्दै सभामुख अर्याल भने –संसद्‌मा मेरो भूमिका निष्पक्ष रहनेछ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३ चैत, काठमाडौं । सभामुख डोल प्रसाद अर्यालले संसद्‌मा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन् । सभामुखमा निर्वाचित भएपछि अर्यालले आज सोमबार पहिलो पटक सभा सञ्चालन गर्दै सभालाई कार्यसूचीमा प्रवेश गराउनु अगाडि यस्तो बताएका हुन् । ‘सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा दुविधा छैन’ उनले भनेका छन्, ‘मेरो निष्पक्ष भूमिका रहनेछ ।’ पूराना ऐन बदलेर संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्परता रहने उनको स्पष्टोक्ति थियो  ।...
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
२२ चैत, काठमाडौं । सरकारले भोलि चैत २३ गते सोमबारदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । ...
वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

जीवनशैली, ताजा अपडेट, पर्यटन, समाचार, स्थानीय
२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । साझा यातायातसँगको सहकार्यमा यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।...
मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ? (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ? (सूचीसहित)

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२२ चैत, काठमाडौं । सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आइतबार दिउँसो १ बजेबाट मन्त्रिपरिषद् बैठक बसेको थियो । यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुः – आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने । –डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमशः एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । –दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । –नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने । –राष्ट्रिय सम...
सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२ चैत, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका थिए । आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।...