ताजा अपडेट

पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

ताजा अपडेट, वातावरण, समाचार
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए । अध्यक्ष लिम्बूले भने, “सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।” बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरामा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथ...
सिमलताल पहिरो : विकका परिवारलाई दुई लाख सहयोग

सिमलताल पहिरो : विकका परिवारलाई दुई लाख सहयोग

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
चितवन । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् ।...
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरिदैं, त्रिदिवशिय प्राणप्रतिष्ठा पुजन जारी

नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरिदैं, त्रिदिवशिय प्राणप्रतिष्ठा पुजन जारी

कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–७ मा अवस्थित ऐतिहासिक मन्दिर ‘जगन्नाथेश्वर मन्दिर’मा पञ्चधातुद्धारा निर्मित २७ फिटको त्रिशुल स्थापना गरिने भएको छ । बिहिबार वडा नं ७,स्युचाटार,पानीटयांकीका ‘फूर्तिला महिला कृषक समुह’को आयोजना र काठमाडौंको ‘श्रीसूर्यनारायण प्रेम सेवा आश्रम’को सह–आयोजनामा वडा नं ७ सँगको समन्य र सहकार्यमा उक्त मन्दिरमा २७ फिट अग्लो त्रिशुलसहित नन्दी,घण्टा र गजुरको प्राण प्रतिष्ठा पुजनको शुरु गरेको समुहकी अध्यक्ष सुष्मा दवाडीले जानकारी दिइन्।साथै उनले १०८ त्रिशूल महाअभियानबाट सौजन्य स्वरुप सो त्रिशुल प्राप्त भएको बताइन्। त्रिदिवशिय सो कार्यक्रममा साउन ३ गते बिहिबार पहिलो दिन कलशयात्रा गरेर उल्लेख्य सहभागितामा भव्यताका साथ सम्पन्न गरेको समुहकी सचिव उर्मिला दवाडीले बताइन् ।सचिव दवाडीले सो कलशयात्रा जगन्नाथेश्वर मन्दिरबाट शुरु भ...
चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अध्यक्ष थापाले भने, “साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।” मृतक बालकको शव अस्पतालमा राखिएको छ । सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गरेका छन् ।...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६४ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.१५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.३० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ रहेको छ ।...
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्र(णालीको प्रभावलृे शुक्रबार देशभर आंशिक देखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्...
वर्षायामभर पृथ्वी राजमार्ग स्तरोन्नति नहुने

वर्षायामभर पृथ्वी राजमार्ग स्तरोन्नति नहुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड वर्षायामभर स्तरोन्नति नहुने भएको छ । वर्षायामभर कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कर्ल्भट र पर्खाल निर्माणमात्रै गरिने आयोजनाले जनाएको छ ।असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेको छ । ‘बाढीपहिरोले राजमार्गमा अवरुद्ध हुनसक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुनसक्ने भएकाले दिउँसोको समयमा सर्तकता अपनाएर काम गर्ने गरिएको छ,’ इन्जिनियर पाण्डेले भने, ‘हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्यप्रगति भएको छ ।’ राजमार्गको ८० किलोमिटर...
देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली

देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन् । बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए । देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए । देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताए । देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको जानकारी दिए । समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहीँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो चाहीँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यसकारण देशको अवस्था राम्रो छैन’, उनले भने । उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा...
रमेश वडालले लिए महान्यायाधिवक्ताको शपथ

रमेश वडालले लिए महान्यायाधिवक्ताको शपथ

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश वडालले महान्यायाधिवक्ताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहाय प्रसाद याद, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल उपस्थित रहेका थिए । राष्ट्रपति पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए ।...