ताजा अपडेट

कास्कीमा पहिरो अपडेट : पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

कास्कीमा पहिरो अपडेट : पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
पोखरा । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो । पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको पनि शव फेला परेको छ ।यसैगरी मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर वेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि शव फेला परेको प्रहरीले जनाएको छ । बिहीबार राति खसेको पहिरोमा पुरिएर पोखरा–१९ पुरन्चौरमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्र...
नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

ताजा अपडेट, बिशेष, वातावरण
नवलपुर । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको हो । अहिले नदीमा पानीको सतह ७.३७ मिटर पुगेको छ । नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ । देवघाटस्थित जल मापन केन्द्रमा पानीको सतह सात दशमलव तीन मिटर पुग्दा सतर्कता तह र नौ मिटर पुगेपछि खतराको तह पार गरेको मानिन्छ । देवघाटस्थित नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि नवलपुरका नदी नटीय क्षेत्रहरू डुबानमा पर्ने गर्दछन् । ...
दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर २२ सयको बिन्दु माथि पुगेको छ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा रोकिएको हो । बिहीबार बजारमा २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । बलेफी हाइड्रोपावर, सिटिजन्स सुपर ३० म्युचअल फन्ड, एनआइबीएल स्टेबल फन्ड, जानकी फाइनान्स कम्पनी र सिटिजन्स म्युचअल फन्ड २ को सेयर मूल्य सर्वाधिक बढेको छ । भने, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था, एनएमबी ५० र सेन्चुरी डेबेन्चर २०८८ को सेयर मूल्यमा धेरै गिरावट भएको छ ।...
बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध

बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । भारी वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । समाचारदाताहरूका अनुसार लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारी साधन सञ्चालनको प्रयास जारी छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ । सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्ने छ । यस...

आइतबार बस्नेगरी राष्ट्रिय सभा बैठक स्थगित

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । आज (बिहीबार) का लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणबस बस्न नसकेको संघीय संसद्का महासचिव पद्यम प्रसाद पाण्डेयले जनाएका छन् । महासचिव पाण्डेयले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ अनुसार राष्ट्रिय सभा अध्यक्षले असार ३० गते आइतबार सवा १ बजे बस्नेगरी बैठक निर्धारण गरेको जनाएका छन् ।...

टोखा नगरपालिकाको वडा नं ९ ले कक्षा ११र१२ पढ्न २५ जनालाई छात्रवृत्ति दिँदै

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको वडा नं ९ ले कक्षा ११र१२ पढ्न २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय पढ्न छात्रवृत्तिका लागि वडाले आवेदन आह्वान गरेको हो । ‘हाम्रो वडामा हाम्रो अन्डरमा अहिले २ वटा क्याम्पसमा छन् । त्यसमा केही विद्यार्थी पठाउने हो,’ वडाध्यक्ष रामभक्त घिमिरेले भने, ‘अरु विद्यार्थीलाई आवश्यकताका आधारमा वडाबाट सिफारिस गर्छौं ।’ आफ्नो वडाको मात्रै नभई अन्य क्षेत्रका विद्यार्थीले पनि छात्रवृत्तिका लागि आवेदन दिन पाउने वडाध्यक्ष घिमिरेले जानकारी दिए । ‘कमजोर आर्थिक अवस्था अथवा अवसरबाट वञ्चित भएकै कारण कोही पनि पढाइबाट वञ्चित नहून् भन्ने हाम्रो योजना हो’, उनले भने ।...
सीता दाहालको पहिलो स्मृतिसभा

सीता दाहालको पहिलो स्मृतिसभा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका छन् । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरे । ...

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए । प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ । अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन भनेको कार्कीले बताए । प्रहरीले सार्...
बैतडीका बाढी विस्थापित ७० परिवार घर फर्किए

बैतडीका बाढी विस्थापित ७० परिवार घर फर्किए

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बैतडी । भारी वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् । सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए । हाल बाढी जोखिम कम भएसँगै उनीहरु घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, “सेती नदीमा जलसतह बढ्दा बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते ढुङ्गाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरु हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन् ।”...
रास्वपा संसदीय दलको बैठक शुक्रबार बस्दै

रास्वपा संसदीय दलको बैठक शुक्रबार बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भोलि बस्ने भएको छ । पार्टीका सचेतक निशा डाँगीका अनुसार शनिबार बिहान ९ बजे बस्ने गरी बैठक डाकिएको छ । रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत र अन्य समसामयिक विविध विषयमाथि छलफल हुने सचेतक डाँगीले जानकारी दिइन् ।...