ताजा अपडेट

शनिबार सम्म मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

शनिबार सम्म मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । आजदेखि आइतबार सम्म मनसुन थप सक्रिय हुने भएको छ ।मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभागरसिमाना आसपास) रहेको छ । आज रातीबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागलले जनाएको छ ।साथै भोलि देखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुबै प्रणालिहरुको प्रभावले आज मिति २०८१/०३/२६ गतेको राती देखि मिति २०८१/०३/२९ गतेको बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।  ...
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताए।...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बैठक सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
भरतपुर अस्पतालमा एमआरआई सेवा

भरतपुर अस्पतालमा एमआरआई सेवा

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा।कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उपकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा।पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो । स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो ।...
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क अपनाउन आग्रह

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राती देशभर साधारणतया देखि पूर्णतया बदली भई कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ...
सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिए भएको छ । साथै पर्सि २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ ।प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो ।अब काँग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक नेताले बताए ।...
एमाले जिल्ला कमिटीले साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने

एमाले जिल्ला कमिटीले साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) ले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म सङ्गठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ । बुधवार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनका अनुसार अधिवेशन गर्न बाँकी ११ वटा जिल्लामा आगामी कात्तिकभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय भएको छ । अहिले भएको कमिटीलाई सङ्गठन कमिटीमा रुपान्तरण गर्ने, समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशतसम्म सदस्य मनोनयन गर्न पाउने र त्यहाँभित्र सचिवालय बनाउन पाउने निर्णय भएको पनि बताएका छन् । उपमहासचिव ज्ञवालीले पार्टीले सहकारी तथा गरिबी निवारण विभागको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिने र भूमि व्यवस्था विभागको सचिवको जिम्मेवारी विजय सुवेदीलाई दिने निर्णय गरेको बताए । बैठकले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका प्रस्तावलाई अनु...
असार २८ पछिमात्र मन्त्री र मन्त्रालयको टुंगो लाग्छ:ओली

असार २८ पछिमात्र मन्त्री र मन्त्रालयको टुंगो लाग्छ:ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भए पनि अहिले नै त्यसबारे चर्चा गर्नु हतारो हुने बताएका हुन् । असार २८ गते प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिँदैछन् । ‘प्रचण्ड’ले सो दिन विश्वासको मत ९१३८ सांसदको साथ० प्राप्त गर्न सक्ने अवस्था छैन । नेपाली काँग्रेस र एमालेको समझदारी अनुसार ‘प्रचण्ड’ले विश्वासको मत लिन असफल भएपछि एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्नेछन् । त्यसक्रमा पहिलो पटक ओली प्रधानमन्त्री बन्नेछन् ।...
कृषि मन्त्रालयका कर्मचारी ११ दिनदेखि धर्नामा

कृषि मन्त्रालयका कर्मचारी ११ दिनदेखि धर्नामा

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
काठमाडौं । विगत ११ दिनदेखि कृषि मन्त्रालयका कर्मचारीहरू धर्नामा रहेका छन् । मन्त्रालय प्राङ्गणमा कृषि समूहका प्राविधिक कर्मचारीहरु समायोजन पछि बढुवा नभएको भन्दै धर्नामा बसेका हुन् ।उनीहरुले हरेक दिनजसो मन्त्रालयको गेटमा धर्ना दिइरहेका छन् । धर्नारत कर्मचारीले समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै दरबन्दी प्राप्तिका लागि धेरै पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिँदै आएका छन् । कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा माग सम्बोधन हुनेमा आफूहरू विश्वस्त रहेको उनीहरूको भनाई छ ।...
चालु आवमा मधेशको ४४ प्रतिशत बजेट फ्रिज

चालु आवमा मधेशको ४४ प्रतिशत बजेट फ्रिज

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ मा ४४ प्रतिशत बजेट फ्रिज भएको छ । मधेश सरकारले चालु आवका लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन कुल बजेटको ५५.७५ प्रतिशत हो । पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ ।यसअघि आर्थिक वर्ष २०७९/८० ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट नै फ्रिज भएको थियो । उक्त वर्ष ३४ अर्ब ८८ करोड ९८ लाखमध्ये १७ अर्ब ७६ करोड ३६ लाख बजेट मात्र खर्च भएको थियो ।...