ताजा अपडेट

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्दै छ । आज दिउँसो २ बजे बस्ने गरी दलको बैठक आह्वान भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसा बैठकमा र पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत बैठकका एजेण्डा रहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमत परेसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै छन् ।...
इच्छाकामनाका २२ चेपाङ परिवारले पाए नयाँ घर

इच्छाकामनाका २२ चेपाङ परिवारले पाए नयाँ घर

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
चितवन।चेपाङ आवास कार्यक्रम अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन। हिजो मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित एक कार्याक्रम मार्फत गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरेका थिए । सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न समुदायको उत्थानको लागि त्यस ठाउँमा आवास निर्माण गरिएको हो। साँचो हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले गाउँपालिकाका सातै वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए।उनले भने, ‘पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो’ । ‘टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौं।’ अध्यक्ष गुरुङले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरिदिएको बत...
ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौँ । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १:४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।
स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा प्रवेश

स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा प्रवेश

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं ।१२ वर्षपछि स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिखमा आज बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २–१ को पुनरागमन जित दर्ता निकाल्दै स्पेन १२ वर्षपछि युरोको फाइनलमा पुग्न सफल भएको हो।खेलेको नवौं मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो। किलियन एमबाप्पेको क्रसमा रान्डाल कोलो मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। १६ वर्षीय खेलाडी लामिन यमाले २१औं मिनेटमा स्पेनको तर्फबाट बराबरी गोल गरेका थिए । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो।२५औं मिनेटमा पनि स्पेनले अग्रता कायम राख्यो । जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको बेला उनले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिएर गोल गरेका थिए।त्यसपछि कुनै गोल हुन पाएन । स्पेन फाइनलमा पुग्न सफल भयो। स्पेनले अब आज राति हुने इङ्ल्यान्ड...
आजको मौसम : यी प्रदेशमा दिनभर वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा दिनभर वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, शिक्षा
काठमाडौं । आज काठमाडौं उपत्यकालगायत देशका कतिपय भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,मधेश,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। त्यस्तै आज दिउँसो पनि दिनभरजसो नै कोशी,मधेश,लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी,मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भने,कोशी र मधेश प्रदेशका केही स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ । उता राति पनि कोशी,मधेश,बगमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी,मधेश,बागमती, लुम्बिनी र ग...
नौबिसे–मलेखु सडक खण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

नौबिसे–मलेखु सडक खण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
मलेखु ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । बुधबारदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माण कार्य हुने भएकाले बन्द गर्न लागिएको हो । नागढुंगा–मुग्लिन सडक योजना पूर्वीखण्डले मंगलबार एक सूचना जारी गरी नौबिसे–मलेखु सडक खण्डमा पर्ने गणेश खोला,डाङडुङ खोला,खेस्टे खोला र पोखरे खोलाको पुलमा गर्डर राख्नुपर्ने भएकाले असार २६ देखि साउन ९ गतेसम्म राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावत रोकिने जनाएको छ । एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने चल्न पाउने जनाएको छ ।राति  सडक बन्द हुने बेलामा वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर –छहरे –टोखा सडक प्रयोग गर्न सकिने नागढुंगा–मुग्लिन सडक योजना पूर्वीखण्डले जनाएको छ ।...
रास्वपा केन्द्रीय समितिको बैठक सुरु

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा जारी बैठकले पार्टी महामन्त्री मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय लिने छ । पार्टीको अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा ढकाल निलम्वित छन् । २० असारमा बसेको केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सुझावका आधारमा ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । साथै थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।सोही निर्देशन अनुसार अनुशासन आयोगले प्रतिवेदन पार्टीलाई बुझाएको थियो । आजको बैठकमा अनुशासन आयोगको प्रतिवेदनमा छलफल गर्ने एजेण्डा छ ।...
रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए। उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ ।...
माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्ण जिसी

माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्ण जिसी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
सुर्खेत । नेकपा .माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्णबहादुर जिसी चयन भएका छन् । दल नेता राजकुमार शर्माले सोमबार जिसीलाई प्रमुख सचेतक चयन गरेका हुन् ।यसअघि प्रमुख सचेतक रहेका हुम्लाबाट निर्वाचित सांसद रणसिं परियार जलस्रोत तथा ऊर्जामन्त्री भएका छन् । परियार मन्त्री भएदेखि प्रमुख सचेतक पद रिक्त रहेको थियो ।...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमाआज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै मंगलबार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८९० रुपैयाँ कायम भएको थियो । ...