ताजा अपडेट

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावले यी स्थानमा वर्षाको सम्भावना

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावले यी स्थानमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२२, जेठ काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेशका थोरै स्थानहरू...
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा

जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, जेठ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताएका छन् । आज साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै नेपालले नगन्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायुका कारण प्राकृतिक विपद्का घटना बेहोर्नु परेको बताए । यसको क्षतिपूर्तिका लागि विश्वव्यापी पहल आवश्यक रहेकामा उनले जोड दिए । सभापति देउवाले विश्वव्यापी तापमान वृद्धिका कारण नेपालका हिमाल पग्लिने क्रम बढेको, अस्वभाविक मौसमले जनजीवनमा ठूलो प्रभाव परेको बताउँदै यस सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले आफूले संयुक्त अधिराज्यको ग्लास्गोमा सन् २०२१ मा भएको कोप–२६ सम्मेलनमा नेपालका तर्फबाट सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पुर्याउने प्रतिब...
प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित

प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, जेठ काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो । आजै दिउँसो ३स् १५ बजेका लागि बैठक बोलाइएपनि विशेष कारण देखाउँदै भोलि सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।...
निर्यात व्यवसायी महासंघद्वारा प्रधानमन्त्रीसमक्ष सुझाव प्रस्तुत

निर्यात व्यवसायी महासंघद्वारा प्रधानमन्त्रीसमक्ष सुझाव प्रस्तुत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासंघ नेपालले निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगार वृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरू बुझाएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझाव पत्र बुझाएको हो । महासंघले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरू कार्यान्वयनका लागि आग्रह गर्दै सम्बोधन हुन छुट भएका विषयमा ध्यानाकर्षण गराएको छ ।...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२१, जेठ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (मंगलबार) सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर दुई हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।...
खुकुरी प्रहारबाट एक जनाको मृत्यु

खुकुरी प्रहारबाट एक जनाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
२१, जेठ काठमाडौं । ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार गुरुङ र उनकी श्रीमती सरिता लिम्बू बुधबार बिहान सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका–३ को तावा पुगेको थियो । राति नै गुरुङ र उनकी श्रीमतीबिच झगडा भए पछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाएका थिए । तर फक्ताङलुङ गाउँपालिका–३ को सिस्ने खोला पुग्दा अर्जुन र तेजेन्द्रबिच झगडा हुँदा अर्जुनले खुकुरी प्रहार गर्नुभएको थियो । खुकुरी प्रहारपछि तेजेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले अर्जुन र सरिता दुवै जना फरा...
‘छुवाछूत अन्त्य गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्छ’ : अध्यक्ष विश्वकर्मा

‘छुवाछूत अन्त्य गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्छ’ : अध्यक्ष विश्वकर्मा

ताजा अपडेट, वातावरण, समाचार
२१, जेठ काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्य गर्न राज्यले गरेका घोषणा र संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । जातीय भेदभाव तथा उन्मूलन दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताको बलिदानीपूर्ण संघर्षबाट नेपाली समाजमा रहेका सबै प्रकारका असमानता, उत्पीडन, विभेद र विकृति, विसङ्गतिको अन्त्य गर्ने संकल्पका साथ नयाँ संविधान जारी भएको बताएका छन् । साथै अध्यक्ष विश्वकर्माले छुवाछूत अन्त्य गर्न संविधानले गरेका सबै व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।...
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल

जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल

ताजा अपडेट, राजनीति, समाचार
२१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका छन् । सन्देशमा उनले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरूद्ध दृढतापूर्वक उभिदैँ लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा जोड दिएका छन् । छुवाछूत तथा विभेदविरूद्ध लाग्न राष्ट्रपतिले सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनवटै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई अझ बढी...
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२१, जेठ काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि नीति तथा कार्यक्रम बुधवार प्रदेश सभामा सार्वजनिक हुँदैछ । गण्डकी प्रदेश सरकारले आजको बैठकमा आठौँ नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।...
‘जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनु छ’-प्रधानमन्त्री ओली

‘जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनु छ’-प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनुपर्ने बताएको हो । “आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनु छ”, प्रधानमन्त्री ओलीले भनेका छन् ।...