ताजा अपडेट

पोखरामा अलपत्र यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा

पोखरामा अलपत्र यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा

ताजा अपडेट, वातावरण, समाचार
१९, जेठ काठमाडौं । पोखरामा अलपत्र परेका यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पठाएको छ । पोखराबाट गन्तव्यमा जान नपाएका ५६४ यात्रुलाई कास्कीका डीएसपी हरिबहादुर बस्नेतको कमान्डको टोलीले गन्तव्यमा पठाएको हो । बस्नेतका साथै सशस्त्र प्रहरी बल नेपाल नं। २४ गण हेडक्वाटर कालिकाबाट खटिएको टोलीले यात्रुलाई गन्तव्यमा पठाएको छ । पोखराको पर्यटक बसपार्कबाट १४ वटा सवारीसाधन काठमाडौं र ३ वटा चितवन गरी १७ वटा सवारीमार्फत यात्रुलाई गन्तव्यमा पठाइएको प्रहरीले बताएको छ ।...
यातायात व्यवसायीसँगको छलफल सकारात्मक : गृह मन्त्रालय

यातायात व्यवसायीसँगको छलफल सकारात्मक : गृह मन्त्रालय

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, जेठ काठमाडौं । गृह मन्त्री रमेश लेखकसहित यातायात व्यवसायीबिच सोमबार बिहानदेखि भएको छलफल सम्पन्न भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार गृह मन्त्रालयमा गृहमन्त्रीसहित, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको संयोजकत्वमा बैठक बसेको हो । प्रवक्ता तिवारीले भने, “भौतिक पूर्वाधार मन्त्रालयको सहसचिवज्यूको संयोजकत्वमा सरकारका तीन, चार वटा मन्त्रालयका प्रतिनिधि, यातायात व्यवसायका प्रतिनिधि बसेर यस संवादलाई अझ अगाडि बढाउने छलफल भएको छ ।” उनले बैठकमा यातायात व्यवसायलाई थप व्यवस्थित एवम् मर्यादित बनाउने विषयमा छलफल भएको जानकारी दिए ।उनले भने, “कसरी सार्वजनिक यातायातलाई थप व्यवस्थित, मर्यादित बनाउन सकिन्छ भन्ने छलफल गर्दै जाने र कार्यान्वयन गर्न सकिने विषय कार्यान्वयन गर्न भन्ने छ । अब, उहाँहरुको बैठक बसेर आन्द्योलन फिर्ता लिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।”...
गजेन्द्र थपलिया नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा निर्वाचित

गजेन्द्र थपलिया नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा निर्वाचित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९, जेठ काठमाडौं । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन्। हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो । अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी डा. दिपेन्द्र भण्डारीले १०४ मत ल्याए । उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी बिपिनकुमार चित्रकारले १०२ मत पाए । सचिव पदमा भने डा. अर्जुनकुमार सिंहले ९६ मत ल्याउँदा प्रा.डा.इश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित भए । महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा। दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा। लाक्पा शेर्पा, प्रचार स...
चार संसदीय समितिको बैठक बस्दै

चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१९, जेठ काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुनेछ । यसै गरी बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।...
सार्वजनिक यातायात बन्दले उपत्यकाको जनजीवन प्रभावित

सार्वजनिक यातायात बन्दले उपत्यकाको जनजीवन प्रभावित

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१९, जेठ काठमाडौं । यातायात व्यवसायीहरुको यातायात बन्दको घोषणासँगै काठमाडौँ उपत्यकामा आम नागरिकले सास्ती व्यहोरेका छन् । सोमबारदेखि यातायात व्यवसायीहरुले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । सोमबार बिहानैदेखि सार्वजनिक यातायात सडकमा नदेखिएसँगै आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात बन्द छन् । काठमाडौँ उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ ।...
सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता

सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९, जेठ काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै सोमबारबाट यातायात नचलाउने घोषणा गरेका छन् । सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणाले जनजीवन प्रभावित बनेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार सूचना जारी गर्दै सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने घोषणा गरेको थियो ।...
आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द

आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, जेठ काठमाडौं । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएका छन् । आफूहरूले राखेका माग सरकारले सुनुवाइ नगरकाले सोमबारदेखि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।‘सोमबारदेखि अत्यावश्यक अवस्थामा बाहेक सार्वजनिक यातायातका सबै साधन बस, टयाम्पो, ट्रक, मिनीबस, जिप, माइक्रो बसलगायतका सबै सवारीसाधन बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१९, जेठ काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा...
उपत्यका बन्दको कार्यक्रम फिर्ता

उपत्यका बन्दको कार्यक्रम फिर्ता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, जेठ काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो । समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’ आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए । तर ती सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको थियो ।...
‘लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएन’: शंकर पोखरेल

‘लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएन’: शंकर पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई आइतबार सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि गरेको सहयोगबारे जनतालाई बुझाउन नसकिएको बताए । “लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पुर्‍याउनुपर्ने थियो, त्यस हिसाबले पुर्‍याउन सकेका छैनौँ,” उनले भने । महासचिव पोखरेलले नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रमाथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा गर्न थालिएको उल्लेख गर्दै लोकतन्त्रले केही दिएन, बरु योभन्दा राजतन्त्र नै ठिक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको बताए । उनले संयुक्त सरकार चलाउनु...