ताजा अपडेट

माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल

माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२०, जेठ काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छुटाछुटै छलफल गरेका छन् । मंगलबार बिहान विपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल सकेर सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल थालेको सभामुखको सचिवालयले जनाएको छ । ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएपनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक बस्न ढिलाइ भइरहेको छ । विपक्षी मोर्चाको बैठक पनि बानेश्वरमा बसेको छ ।...
कान्तिलोकपथ सडक चार दिन पूर्णरुपमा बन्द हुने

कान्तिलोकपथ सडक चार दिन पूर्णरुपमा बन्द हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२०, जेठ काठमाडौं । कान्तिलोकपथ (काठमाडौँ–हेटौंडा सडक) चार दिन पूर्णरुपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले लोकपथअन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले चार दिन सडक बन्न गर्न लागिएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलद्वारा जारी सूचनामा यही जेठ २१ देखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने उल्लेख छ । यो अवधिमा हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ ।...
कलाकार घनश्याम गौतमको निधन

कलाकार घनश्याम गौतमको निधन

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२०, जेठ काठमाडौं । कलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ । राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ । उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ । राति १ बजेको पोस्टमा फोटो सेयर गर्दै लेखिएको छ– अब हामीमाझ रहनुभएन, हार्दिक श्रद्धाञ्जली । चर्चित टिभी सिरियल ‘मेरी बास्सै’मा गौतम ‘नक्कली प्रचण्ड’ पात्रको रुपमा चर्चित थिए । अल्पायुमै संसारबाट बिदा लिएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रममा पनि प्रस्तुति दिएका छन् । डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । अवस्था थप जटिल भएपछि केही दिनअघि ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा भर्ना गरेको थियो । उनको निधनमा कलाकारहर...
आजबाट देशभर सार्वजनिक सवारी साधन सञ्चालन हुने

आजबाट देशभर सार्वजनिक सवारी साधन सञ्चालन हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२०, जेठ काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपछि पत्रकारहरुसँग कुरा गदै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताएका छन् ।उनले गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशभर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सहमति भएको जानकारी दिएका हुन् । अध्यक्ष स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने पनि स्पष्ट परे । संघ र प्रदेश सरकारले प्रक्रियागत विषयलाई फास्ट ट्र्याकबाट टुङ्ग्याउने प्रतिबद्धता जनाएकाले मङ्गलबार अपराह्नसम्ममा ...
यस्तो छ  विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२०, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरोप एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४० पैसा, स्वीस फ्रयांक एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, च...
संघीय संसदका दुवै बैठक बस्दै,यस्ता छन् कार्यसूची

संघीय संसदका दुवै बैठक बस्दै,यस्ता छन् कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२० जेठ, काठमाडौं । आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि छलफल सुरु गर्ने तयारी छ । सोही अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् । र, उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । अर्थमन्त्री पौडेलले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गरेका थिए । त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ । राष्ट्रिय सभाको आजको बैठकमा पनि अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सा...
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२०, जेठ काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। सो प्रणालीको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका ‍ थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–द...
सशस्त्रले पनि चलायो काठमाडौँमा निस्शुल्क बस

सशस्त्रले पनि चलायो काठमाडौँमा निस्शुल्क बस

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१९, जेठ काठमाडौं । सार्वजनिक यातायात बन्द भएपछि सशस्त्र प्रहरी बलले पनि काठमाडौँमा नि:स्शुल्क बस चलाएको छ। उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि २ वटा बस सञ्चालन गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो , कोटेश्वर , महाराजगन्ज हुँदै चक्रपथ परिक्रमा गर्ने छ । ती बसमा सर्वसाधारणहरूले निस्शुल्क यात्रा गर्न पाउनेछन् । यातायात व्यवसायीहरूले विभिन्न माग राखेर यातायात बन्द गरेपछि नेपाल प्रहरीले पनि सोमबार काठमाडौँमा दुई वटा निस्शुल्क बस चलाएको छ।...
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९, जेठ काठमाडौं । संसद्‌मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो । छलफलमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, कांग्रेस नेता कृष्ण सिटौला लगायत सहभागी रहेका छन् ।...
प्रधानमन्त्री ओलीको आह्वान-‘झोले भनियो भन्दैमा सत्य अँगाल्न नछोडौँ’

प्रधानमन्त्री ओलीको आह्वान-‘झोले भनियो भन्दैमा सत्य अँगाल्न नछोडौँ’

ताजा अपडेट, राजनीति, समाचार
१९, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोड्न आह्वान गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्ने उनको अपिल छ । फेसबुकमा स्ट्याटस लेख्दै ओलीले भनेका छन्, ‘हिजोआज एउटालाई भगवान् बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ ।’...