ताजा अपडेट

प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१८, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकांक्षा तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित विशेष समारोहमा डिजिटल प्रविधिमार्फत एकै पटक ६४ आयोजनाको शिलान्यास गरेका हुन् । यसरी ६४ वटा महत्त्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रूपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ । तीन वर्षभित्र सम्पन्न गर्ने कालो पत्रसहितको सो पक्की सडक निर्माणका लागि कूल रु। १२...
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, जेठ काठमाडौं । निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको हो । नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपील राज बोहराले जानकारी दिएका छन । उनका अनुसार, पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ । गत १५ जेठबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए ।...
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता

रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, जेठ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई मैत्रीपूर्ण नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन् । प्रधानमन्त्री ओलीको निमन्त्रणा पत्र रसिया भ्रमणमा रहेका एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले महासचिव जुगानोभलाई हस्तान्तरण गरेका हुन् । महासचिवले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बचन दिएको भट्टराईले जानकारी दिए । जुगानोभसँगको भेटमा एमाले नेता भट्टराईका अलावा नेपालका प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अली, नेपालका लागि रसियन फेडरेशनका राजदूत जंगवहादुर चौहान तथा प्रवासी नेपाली मञ्च रसियाका अध्यक्ष दीनानाथ राजभण्डारी उपस्थिति रहेका थिए ।...
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै

दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१८, जेठ काठमाडौं । गोरखा भूकम्पमा परि मन्दिर भत्किएका कारण बाहिर राखिएको रातो मच्छिन्द्रनाथलाई १० वर्षपछि मन्दिरभित्र विराजमान गराइने भएको छ । भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ बुङगद्योको मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा पश्चात् जावलाखेलबाट बुङगमती ल्याइ मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने तयारी भइरहेको छ। यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो।मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरूमा उत्साहित र हर्षित देखिएका छन् ।...
कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

ताजा अपडेट, वातावरण, समाचार
१८,जेठ काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल...
आजदेखि वाइसीएलको सम्मेलन

आजदेखि वाइसीएलको सम्मेलन

ताजा अपडेट, राजनीति, समाचार
१८, जेठ काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन मानिने योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । ‘उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन १ सुशासन, समाजिक न्याय, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन ११’ भन्ने नाराका साथ हुने सम्मेलनको उद्घाटन दिउँसो १२ः ३० बजे प्रज्ञा भवन कमलादीमा पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । जेठ १९ सम्म हुने सम्मेलनबाट भावी नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवबाट माधव बस्नेत, डम्बर पुलामी, गणेश शाही ‘विद्रोही’ लगायत आकांक्षी रहेका छन् ।...
कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१८, जेठ काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा तत्कालीन सञ्चालक समितिका सभापति राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शनिबार बेलहिया नाकाबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार रायको संलग्नतामा करिब २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अनुसन्धानबाट खुलेको छ । उनलाई बैंकिङ कसुरअन्तर्गत जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउपछि रायलाई रूपन्देही जिल्ला अदालतमा पेस गरिएको छ।...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१८, जेठ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर १ हजार ९८५ पुगेको छ ।...
स्याटलाइट र डेटा सेन्टर बनाउन जापानी प्रविधि प्रयोग गर्नेछौं : सञ्चारमन्त्री गुरुङ

स्याटलाइट र डेटा सेन्टर बनाउन जापानी प्रविधि प्रयोग गर्नेछौं : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, जेठ काठमाडौं । जापान भ्रमणमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपलाले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने बताएका छन् । टोकियोमा सम्पन्न एसिया प्यासिफिक टेक्नोलोजी (एपिटि) को मन्त्रीस्तरीय बैठकको उपलब्धिबारे जानकारी गदै उनले सो कुरा जानकारी गराएका हुन् । नेपाल पत्रकार महासंघ जापान शाखाले सिनओकुबोस्थित रातोमाटोमा आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनले भने ‘अब नेपालले आफ्नै स्याटेलाइट बनाउँछ । एउटा समिति बनाएर अध्ययन अनुसन्धान भइरहेको छ । सो कार्यका लागि सरकार एक्लैले सम्भव नभए निजी क्षेत्रलाई समेत समावेश गरेर स्याटलाइट बानउने छ ।’ उनले हाल नेपालमा रहेको इन्टरनेटको घर अर्थात डेटा सेन्टर एकदमै सानो रहेको र त्यसको प्रयोग सेना, प्रहरी तथा केही संवेदनशील क्षेत्रमा मात्र भइरहेको बताए। ने...
रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा कुलमाया भगवती माविका २० छात्रालाई शैक्षिक सहयोग

रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा कुलमाया भगवती माविका २० छात्रालाई शैक्षिक सहयोग

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार, स्थानीय
सीता पौडेल  १८ जेष्ठ,भक्तपुर ।रोटरी क्लब अफ काठमाडौं नर्थले यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षामा महत्वपूर्ण योगदान दिंदै भक्तपुरको कुलमाया भगवती माध्यमिक विद्यालय,सिरुटारका २० जना छात्राहरूको पढाइमा सहयोग गरेको छ। यस कार्यक्रम अन्तर्गत छात्राहरूलाई  ४० थान पोशाक,२० थान ट्राकसुट, ४० जोर जुत्ता ,२० थान स्कुल ब्याग र एक वर्षसम्म पुग्ने आवश्यक शैक्षिक सामग्री लगायतको सहयोग प्रदान गरिएको क्लबका आइपीपी (इमिडेट पाष्ट प्रेसिडेन्ट) एवम् कार्यक्रम संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो ।  क्लबले  रोटरी वर्ष २०२२–२०२३ देखि सो विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर २० जना छात्राहरूलाई  निरन्तर रुपमा सहयोग गर्दै आएको उहाँले बताउनु भयो।क्लबले शनिबार  विद्यालय परिवार,सम्बन्धीत विद्यार्थी र उनिहरुका अभिभावकहरुविच  विद्यालयमा कार्यक्रमको आयोजना गरेर उक्त सहयोग प्रदान गरेको आइपीपी घ...