ताजा अपडेट

यस वर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

यस वर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, जेठ काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरेका छन् । चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर भन्दा माथि रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए । चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रू ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.०१ रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराए। चालु आवको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रह...
गणतन्त्र दिवसमा एमालेको सांस्कृतिक झाँकीसहितको र्‍याली

गणतन्त्र दिवसमा एमालेको सांस्कृतिक झाँकीसहितको र्‍याली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५,काठमाडौं, जेठ । नेकपा (एमाले) ले गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक झाँकीसहितको र्‍याली निकालेको छ । बिहीबार एमालेले आयोजना गरेको र्‍याली कार्यक्रम स्थल भृकुटीमण्डप पुगिरहेको छ । र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभा परिणत हुने छ । एमालेका कार्यकर्ताहरूले भृकुटीमण्डपमा भेला भएर टुँडिखेल परिक्रमा गरिरहेका छन् । एमालेले दिउँसो २ बजेसम्म रत्नपार्क आसपास र्‍याली प्रदर्शन गर्ने छ । त्यसपछि राजावादीहरूलाई प्रदर्शन गर्न दिने प्रशासनको तयारी छ । एमालेको र्‍यालीमा महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, जनसङ्गठन समन्वय प्रमुख भानुभक्त ढकाललगायत नेता सहभागी छन् ।...
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, जेठ काठमाडौं । काठमाडौँको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी १८ औं गणतन्त्र दिवस मनाइएको छ। बिहीवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो। नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।...
‘गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन’: प्रधानमन्त्री

‘गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन’: प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैले नेता छनोट गर्न पाउने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताएका छन् । गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्म सम्मान सुरक्षित रहने गणतन्त्रान्त्रिक व्यवस्थाको विकल्प अरु हुन नसक्ने बताए । गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले भने, “सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ । समृद्ध नेपाल खुसी नेपाली को राष्ट्रिय आकांक्षा पूरा गर्न लागिपरेका छौँ ।” उनले भने, “गणतन्त्र...
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, जेठ काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । त्यसका लागि पौने २ बजे बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको हो । आजै ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।...
मुलुकको हितले स्थान पाएको दिन

मुलुकको हितले स्थान पाएको दिन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । “शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन”, प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल १”...
सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१५, जेठ काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दुवै सदनको संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।
पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१५, जेठ काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ । विमलाको गए राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी महतको ६० वर्षको उमेरमा निधन भएको हो ।...
आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, जेठ काठमाडौं । तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । बि.सं २०६५ जेठ १५ गते जन निर्वाचित संविधान सभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव पनि हो । संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण...
पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक

पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१४, जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । बुधबार बेलुका ५ बजे संघीय संसद् भवन ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको मन्त्री लेखकको सचिवालयले जनाएको छ। मंगलबार र बुधबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले बोल्न नपाएपछि पत्रकार सम्मेलनमार्फत उक्त प्रकरणबारे प्रष्टीकरण दिन लागेका हुन् ।...