ताजा अपडेट

सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए सचेतकहरूको बैठक

सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए सचेतकहरूको बैठक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, जेठ काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन् । सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको छ। त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।...
बजेटबारे अर्थ मन्त्रालयको पत्रकार सम्मेलन आज

बजेटबारे अर्थ मन्त्रालयको पत्रकार सम्मेलन आज

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, जेठ काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्ने भएको छ। पत्रकार सम्मेलन दिउँसो १ बजे मन्त्रालयको सुवर्ण सभाहलमा आयोजना हुने छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सम्मेलनमा बजेटको व्याख्या गर्ने उनको सचिवालयले जानकारी दिएको छ । सरकारले हिजो संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेको छ। उक्त बजेटबारे थप स्पष्टता र स्पष्टीकरण दिन आजको पत्रकार सम्मेलन आयोजना गरिएको हो ।...
यस्तो छ आजको  विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१६, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७० पैसा र बिक्रीदर ९९ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनिय...
अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, जेठ काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उल्लेख गरेका छन् । यस्तै पहिलो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त भएको उत्साहजनक नतिजालाई बाह्य पुँजी परिचालनका लागि उपयोग गर्दै माथिल्लो रेटिङ प्राप्त गर्न आर्थिक सुधारका थप कार्यक्रम अघि बढाउने योजनासमेत उनले सुनाए । निजी क्षेत्रको मनोबल बढाउन र लगानीको वातावरण सृजना गर्न अध्यादेशमार्फत कानुनहरूमा गरिएको सुधारबाट निजी क्षेत्र उत्साहित भएको सन्दर्भमा सार्वजनिक ...
आजको मौसम : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६, जेठ काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसनर सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँक...
समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१५, जेठ काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गर्ने भएको छ । यसका साथै सहकारी ऋण असुली स्थपना गरिने सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको छ । ‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी,कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गरिनेछ’, अर्थमन्त्री विष्णु पौडेलले संसदमा बाचन गरेको बजेट वक्तव्यमा भनेका छन् ।...
आगामी वर्ष १ सय स्थानीय तहमा भूमि बैंक खोलिने

आगामी वर्ष १ सय स्थानीय तहमा भूमि बैंक खोलिने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५, जेठ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र १ सय स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ कोबजेट भाषणका क्रममा सो घोषणा गरे । जग्गाधनीले जग्गा लिजमा दिन चाहेमा स्थानीय तहसँग सहकार्य गर्ने र भूमि बैंकले स्थानीय तहसँग करार गरेर जग्गा प्राप्त गर्न सकिने व्यवस्था गरिने उनले बताए । स्थानीय तहमार्फत भूउपयोग क्षेत्र वर्गीकरण गरिने उनले बताए । ‘सरकारी तथा सर्वजनिक जग्गाको संरक्षण गरिनेछ’ बजेट भाषणका क्रममा पौडेलले भने, ‘कृषि योग्य भूमि बाँझो राख्न नपाइने व्यवस्था गरिनेछ ।’...
प्रतीकात्मक तरबारसहित एमालेको प्रदर्शन

प्रतीकात्मक तरबारसहित एमालेको प्रदर्शन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, जेठ काठमाडौं । नेकपा एमालेका नेता (कार्यकर्ताहरूले गणतन्त्र दिवसको दिन प्रतिकात्मक तरबार र ढालसहित प्रदर्शन गरेका छन् । आज काठमाडौँमा गणतन्त्र दिवसलाई उत्सवमय रूपमा मनाउन भन्दै प्रदर्शनमा उत्रिएकाहरूले तरबार र ढालसहित विभिन्न ठाउँबाट प्रदर्शन निकालेको हो । प्रदर्शनमा उत्रिएकाहरूले गणतन्त्र जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद लगायतका नाराहरू लगाएका छन् । सोही र्‍यालीमा एमाले नेताकार्यकर्ताहरु सांस्कृतिक झाँकीसहित सहभागी छन् । प्रदर्शनपछि काठमाडौँको भृकुटीमण्डपमा एमालेले सभा गर्दै छ ।...
बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने

बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
१५, जेठ काठमाडौं । बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यसबारे व्यवस्था गरिएको छ । संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यसबारे जानकारी गराएका हुन् । अर्थमन्त्री पौडेलले अहिले बजेट पढेर सुनाइरहेका छन् ।...
मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर

मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५,जेठ काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुनसम्ममा मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुगेको छ । “विक्रम संवत् २०८१ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी १९ हजार १६३ किलोमिटर कालोपत्र, आठ हजार २०४ किलोमिटर खण्डास्मित र आठ हजार ७६५ किलोमिटर कच्ची सडक पुगेको छ,” सर्वेक्षणमा उल्लेख छ, “२०८१ असारसम्म १८ हजार ८०८ किलोमिटर कालोपत्र आठ हजार २४ किलोमिटर खण्डास्मित र आठ हजार ६५८ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३५ हजार ४९० किलोमिटर रहेको थियो । ” सर्वेक्षणअनुसार मध्यपहाडी लोक मार्गको कुल लम्बाइ एक हजार ८७९ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार ४५२ किलोमिटर कालोपत्र सम्पन्न भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप ११ किलोमिटर सडक कालोपत्र भई एक हजार ४६३ किलोमिटर पुगेको छ । लोक मार्गमा पर्ने १३७ पुलमध्ये...