ताजा अपडेट

बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छ : अर्थमन्त्री पौडेल

बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छ : अर्थमन्त्री पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, जेठ काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताएका हुन्। “बजेट कार्यान्वयनको प्रश्न चुनौतीपूर्ण छ । यो बजेट नागरिकको कान पवित्र गर्नका लागि ल्याइएको होइन । यसको प्रभावकारी कार्यान्वयन हुन्छ । आजैदेखि बजेट कार्यान्वयनमा मेरो ध्यान केन्द्रित हुनेछ”, उनले भने, “बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयन कार्ययोजना बनाउने कामका अर्थ मन्त्रालय लागिसकेको छ । पूर्वतयारीका काम सकिएका आयोजना कार्यान्वयनका लागि हामी साउन कुर्नै पर्दैन । अहिले नै प्रक्रिया अघि बढाउ...
महिनावारी स्वच्छताबारे सचेतनाका फैलाउन साइकल र्‍याली

महिनावारी स्वच्छताबारे सचेतनाका फैलाउन साइकल र्‍याली

ताजा अपडेट, वातावरण, समाचार
१६, जेठ काठमाडौं । महिनावारी स्वच्छताबारे सचेतना फैलाउन ३९२ जनाले साइकल र्‍याली गरेका छन् । शुक्रबार ११ औँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर महिनावारी स्वच्छताको सचेतना फैलाउन ३९२ जनाले साइकल र्‍याली गरेका हुन् । महिनावारी स्वच्छताका लागि काम गरिरहेको एक्सपोज नेपालले आयोजन गरेको सचेतनामूलक साइकल र्‍यालीमा ३५२ जना महिलासहित ३९२ जनाको सहभागिता थियो । ‘महिनावारी मैत्री विश्वव्यापी हातेमालो’ भन्ने नाराका साथ काठमाडौँको बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट साइकल र्‍याली सुरु गरी ललितपुरको मंगलबजारमा समापन भएको हो । साइकल र्‍यालीको समापनका कार्यक्रममा अधिकांश सरोकारवालाले महिनावारीका समयमा महिलाले नै अर्को महिलाप्रति भेदभाव गर्ने गरेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमको समापन सभामा बोल्नुहुँदै राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले महिनाव...
मेडिकल लाइसेन्स परीक्षामा ७८ प्रतिशत उत्तीर्ण

मेडिकल लाइसेन्स परीक्षामा ७८ प्रतिशत उत्तीर्ण

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
१६, जेठ काठमाडौं । नेपाल मेडिकल काउन्सिलको (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षाको नतिजाअनुसार कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कुल २ हजार ९० जना परीक्षार्थी दर्ता भएकामध्ये २ हजार ७७ जनाले परीक्षामा सहभागिता जनाएका थिए । १३ जना परीक्षार्थी अनुपस्थित रहेको काउन्सिलले जनाएको छ । मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको यस परीक्षामा मेडिकल क्षेत्रतर्फ १ हजार ६११ जना दर्ता भएकामध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए । तीमध्ये १ हजार २२६ जना उत्तीर्ण भएका छन्, जुन ७६.६२ प्रतिशत सफल भएका छन् । डेन्टल क्षेत्रतर्फ ४७९ परीक्षार्थी दर्ता भएकामध्ये ४७७ जनाले परीक्षा दिएका थिए । तीमध्ये ३९४ जना उत्तीर्ण भएका छन्, अर्थात ८२.६० प्रतिशत सफल भएका छन् ।...
वरिष्ठ पत्रकार चालिसेको निधन

वरिष्ठ पत्रकार चालिसेको निधन

ताजा अपडेट, वातावरण, समाचार
१६, जेठ काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन शुक्रबार निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए । चालिसेको शुक्रबार नै गोकर्णमा अन्त्येष्टि गरिने बताइएको छ । आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र पत्रकारिता सम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।...
आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१६, जेठ काठमाडौं । सरकारले २०८२ जेठ १८ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिदा दिइने गृह मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ। नेपाल राजपत्र ९मिति २०८१/११/१५० मा प्रकाशित सूचनाअनुसार, उक्त जात्राको दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको हो ।...
गृहमन्त्रीको राजीनामा र छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान

गृहमन्त्रीको राजीनामा र छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, जेठ काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सङ्घीय संसद् चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका हुन् बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले आफूहरूका माग पूरा नहुँदासम्म सदन चल्न नदिने बताएको जानकारी दिए । ‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । हामीले हाम्रो मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राख्यौँ । सम्बोधन गर्ने विषय सरकारको भयो,’ पाण्डेले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन ...
महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, जेठ काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले लैङ्गिक समानता, महिला सशक्तीकरण र महिलाप्रति हुने हिंसा, विभेद र असमनाताविरूद्ध आवाज उठाउने अठोट र प्रण लिने अवसरका रूपमा पनि यो दिवसलाई लिन सक्नुपर्नेमा जोड दिए । उनले भने, “महिला सशक्तीकरणका लागि शिक्षा र सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, महिला नेतृत्व र उद्यमशीलता, कानुनी सुधार र अधिकार, स्वास्थ्य र प्रजनन अधिकारजस्ता मूलभूत विषयलाई अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।”...
राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१६, जेठ काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरूले आज पनि प्रदर्शन गर्ने भएका छन् । उनीहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको मागसहित उनीहरूले बिहीबार शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए । यस्तै उनीहरूले संघीयता खारेजीको माग राखेका छन् । अनिश्चितकालीन आन्दोलन गरिरहेका राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।...
सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए सचेतकहरूको बैठक

सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए सचेतकहरूको बैठक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, जेठ काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन् । सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको छ। त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।...
बजेटबारे अर्थ मन्त्रालयको पत्रकार सम्मेलन आज

बजेटबारे अर्थ मन्त्रालयको पत्रकार सम्मेलन आज

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, जेठ काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्ने भएको छ। पत्रकार सम्मेलन दिउँसो १ बजे मन्त्रालयको सुवर्ण सभाहलमा आयोजना हुने छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सम्मेलनमा बजेटको व्याख्या गर्ने उनको सचिवालयले जानकारी दिएको छ । सरकारले हिजो संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेको छ। उक्त बजेटबारे थप स्पष्टता र स्पष्टीकरण दिन आजको पत्रकार सम्मेलन आयोजना गरिएको हो ।...