ताजा अपडेट

स्वदेशमै केही  हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री ओली

स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका छन् । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ भने । उनले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरूले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाए ।...
प्रतिनिधिसभा बैठक भोलि १ बजेसम्मका स्थगित

प्रतिनिधिसभा बैठक भोलि १ बजेसम्मका स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, जेठ काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशङ्का गर्दै विपक्षीले मन्त्री लेखकको राजीनामा र छानबिन समिति नबनेसम्म बैठक बस्न नदिने बताउँदै आएका छन् ।...
त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड,शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी

त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड,शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी

अपराध, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१४ जेठ,काठमाडौं ।नेपाली कांग्रेस निकट विद्यार्थीहरुको संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.खड्क केसी र शिक्षाध्यक्ष प्रा.दुविनन्द ढकालको कार्यकक्षमा आज तोडफोड र तालाबन्दी गरेका छन् । नेविसंघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेको बताइएको छ । त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने उल्लेख  छ ।तर, नेविसंघका कार्यकर्ताहरुले भने शैक्षिक क्यालेण्डर विपरित यतिबेला विद्यार्थीको भर्ना लिन दबाब दिएको बताइएको छ । शैक्षिक सत्रको अन्तिममा आएर भर्ना नलिने र क्यालेण्डर अनुसार नै शैक्षिक गतिविधि गर्ने अडान भीसी र रेक्टरले अडान लिएपछि विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको लागि भनेर त्रिविले गत माघ ११ गतेदेखि स्नातक तहको पह...
प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, जेठ काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगन भएको छ । करिब दुई घण्टा ढिला गरी बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक सञ्चालन हुन नसक्ने प्रतिपक्षीको अडानका कारण आज पनि नियमित कारबाहीमा अगाडि बढ्न सकेन । सभामुख देवराज घिमिरेले पटक पटक बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्षीलाई आग्रह गरे । उनले दलीय आधारमा आफ्ना कुरा राख्न र गृहमन्त्री रमेश लेखकले समेत समय माग गरेकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे । उनको पटक पटकको आग्रहलाई समेत विपक्षी दलले अस्वीकार गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।...
यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, जेठ काठमाडौं । यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ पारित भएको छ । बुधवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले कार्ययोजना पारित गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकले पारित गरेको कार्य योजनामा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यका लागी आवश्यक सम्पर्क विवरण, सामग्रीहरूको मौज्दात र दक्ष जनशक्तिको विवरण समेटिएको छ । यसवर्ष विपद्बाट देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ । त्यस्तै, चोभार गल्छीको साँघुरो भाग बढेको कारण उपत्यकामा जनधनको क्षति हुनसक्ने आकलन गर्दै सेनाको सहयोगमा सो अवरोध हटाउने निर्णय गरिएको उपसचिव केसीले जानकारी दिए ।...
प्रधानमन्त्री ओली, सभापति देउवा र गृहमन्त्री लेखकबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ओली, सभापति देउवा र गृहमन्त्री लेखकबीच बालुवाटारमा छलफल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीले काँग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् । अहिले गृहमन्त्री लेखकको राजीनामाको माग राखी विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन् ।...
राजावादी आन्दोलनको स्वरुप भद्र अवज्ञा र सत्याग्रह हुने

राजावादी आन्दोलनको स्वरुप भद्र अवज्ञा र सत्याग्रह हुने

ताजा अपडेट, राजनीति, समाचार
१४, जेठ काठमाडौं । वर्तमान व्यवस्था विरोधीको समूह संयुक्त जनआन्दोलन समितिले भोलि जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन पूर्णतः भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा अघि बढाइने बताएको छ । समितिका संयोजक नवराज सुवेदीद्वारा बुधबार जारी अपिलमा भनिएको आन्दोलन शान्तिपूर्ण हुने उल्लेख छ । यसैगरी आन्दोलनको मूल उद्देश्य संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको माग रहेको उल्लेख गरिएको छ। अपिलमा देश वर्तमान अवस्थामा भ्रष्टाचार, बेथिति र चौतर्फी संकटमा फँसेको उल्लेख गर्दै अब अवस्था र व्यवस्था परिवर्तन अपरिहार्य भएको दाबी गरिएको छ।...
यो वर्ष मनसुन चाँडो भित्रिने, वार्षिक सरदरभन्दा बढी वर्षा हुने

यो वर्ष मनसुन चाँडो भित्रिने, वार्षिक सरदरभन्दा बढी वर्षा हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४, जेठ काठमाडौं । यो वर्ष मनसुन छिटो भित्रिने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको बताए । यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बंगलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको तथा भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उनले बताए । यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ ।...
बुटवलमा एकै परिवारका तीन जनाको बीभत्स हत्या

बुटवलमा एकै परिवारका तीन जनाको बीभत्स हत्या

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१४, जेठ बुटवल । बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवलस्थित होराइजन चोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको हो । करिब ३४ वर्षकी दीपा बस्याल र उनका दुई छोरीको हत्या गरेको पाइएको छ । सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या भएको हो । हत्या सुजन कोइरालाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुजन दीपाका पूर्वपति रहेको बताइएको छ । उनीहरुको सम्बन्ध विच्छेद केही वर्ष पहिले भएको थियो । बुटवल । बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवलस्थित होराइजन चोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको हो । करिब ३४ वर्षकी दीपा बस्याल र उनका दुई छोरीको हत्या गरेको पाइएको छ । सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या भएको हो । हत्या सुजन कोइरालाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुजन दीपाका पूर्वपति...
प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी

प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी

ताजा अपडेट, वातावरण, समाचार
१४, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा मंगलबार बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन् । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमानरसूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले चासो लिएका हुन् । विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिए । विभागका सबै स्टेशनहरु तन्दुरुस्त हालतमा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सूसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिने तर्फ सचेत हुन प्र...