ब्यानर-१

आज विजया दशमी,मान्यजनबाट टीका,जमरा र आर्शिवाद ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदै,टीकाको साइत ११ः३६ बजे

आज विजया दशमी,मान्यजनबाट टीका,जमरा र आर्शिवाद ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदै,टीकाको साइत ११ः३६ बजे

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२६ असोज,काठमाडौं  बडादसैँ अर्थात् नवदुर्गा अर्थात दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद स्वरुप शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा र आर्शिवाद ग्रहण गरेर हर्षोल्लासका साथ मनाइँदै छ। विजया दशमीमा दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा अर्चना गरिएको जमरा र टीका प्रसादका रुपमा मान्यजनबाट ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीका प्रसाद ग्रहणको उत्तम साइत आज बिहान ११ बजेर ३६ मिनेटको समय रहेको जनाएको छ।तर विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिको भनाई छ।  समितिका अनुसार राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ।राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु,मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेको छ।साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ भन्...
बडा दशैँ  :  आज नवरात्रिको अन्तिम दिन,महाअष्टमी र महानवमी एकैदिन

बडा दशैँ : आज नवरात्रिको अन्तिम दिन,महाअष्टमी र महानवमी एकैदिन

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२५ असोज,काठमाडौं । आज नवरात्रिको अन्तिम दिन  बडा दशैं अन्तर्गतको महाअष्टमी र महानवमी एकैदिन मनाइँदै छ। विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ  तर यस वर्ष तिथि घटबढका कारण अष्टमी र नवमी एकै दिन परेको छ । आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गरिदै छ । यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ ।दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस,कुखुरा,बोका,भेडा र राँगाको पञ्चबलिसहित दुर्गा भवानीक...
बडादशैंको छैटौं दिन,कात्यायनी देवीको पूजाआराधना गरिंदै

बडादशैंको छैटौं दिन,कात्यायनी देवीको पूजाआराधना गरिंदै

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२३ असोज,काठमाडौं ।आज बडादशैंको छैटौं दिन कात्यायनी भवानीको पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति,ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी),श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गर्ने चलन छ। नवरात्रको पहिलो दिन गत १७ गते बिहीबार दशैं घर वा घरघरका पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो।त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणीदेवी,तेस्रो दिन चन्द्रघण्टा,चौंथो दिन र पाँचौं दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो। ...
नवरात्रको छैटौँ दिन तर आश्विन शुक्ल पञ्चमी,स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन तर आश्विन शुक्ल पञ्चमी,स्कन्दमाताको पूजा आराधना गरिँदै

ताजा अपडेट, ब्यानर-१, समाचार
२२ असोज,काठमाडौं ।बडादशैँ अर्थात् नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ।अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएनुसारा यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने भएको हो।मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि रहेको र त्यसपछि बल्ल षष्ठी तिथि लागेको छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यि भवानीको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ।यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ।कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ। मार्कण्डेय पुराणअन्तर्गतको देवीमाहात्म्यमा नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् भनि उल्लेख गरिएको छ । बडादशैँक...
नवरात्रको पाँचौँ दिन आज पनि कुष्माण्डा देवीकै पूजा आराधना,किन ?

नवरात्रको पाँचौँ दिन आज पनि कुष्माण्डा देवीकै पूजा आराधना,किन ?

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२१ असोज,काठमाडौं ।बडा दशैंको पाँचौ दिन आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गरिदै छ  । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ०६ः १६ बजेसम्म चौथी तिथि रहेकाले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा,आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको छ। नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा,आराधना भने मङ्गलबार आश्विन शुक्ल पञ्चमीमा सूर्योदयपछि गर्नुपर्ने समितिले जनाएको छ। यस वर्ष चौथी तिथि वृद्धि भएको र नवमी तिथि टुटेको हुनाले तिथि घटबढका कारण यसो हुन पुगेको समितिको भनाई छ। यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको पनि समितिले उल्लेख गरेको छ। असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि समितिले जनाएको छ।...
दुर्गापक्षको चौथो दिन : कुष्माण्डादेवीको पूजाआराधना गरिँदै

दुर्गापक्षको चौथो दिन : कुष्माण्डादेवीको पूजाआराधना गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२०असोज,काठमाडौं ।नवरात्रको चौथो दिन आज दसैँघर लगायत घरघरमा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक,आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको शास्त्रमा उल्लेख छ।कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ। श्री दुर्गा सप्तशती(चण्डी)को देवी कवचमा भनिएको छ,‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ,त्यही भगवती कूष्माण्डाका रूपमा चिनिन्छिन्। बडा दसैँको पहिलो दिन शैलपुत्री,दोस्रो दिन ब्रह्मचा...
नवरात्रको आज तेस्रो दिन,चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

नवरात्रको आज तेस्रो दिन,चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१९ असोज,काठमाडौं ।बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। देवी चन्द्रघण्टाको पूजाआराधनाले शक्ति प्राप्त हुने विश्वासले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिन्छ ।मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको र यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन् भन्ने विश्वास गरिन्छ। चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित ...

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१८ असोज,काठमाडौं। छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ ।त्रिभुवन विश्व विद्यालय,जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले आउँदो मंसिर १२-१५ सम्म गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका कम्तीमा ५ सय प्रतिनिधि सहभागी हुनेछन् । शुक्रबार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा छैटौं सम्मेलनको तयारी र यसका उद्देश्यबारे जानकारी दिइएको छ । यो सम्मेलनमा विभिन्न देशका जनसंख्या विज्ञहरूले १७ वटा थिममा आधारित भएर करिब ४ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने छन् । विश्वको जनसाङ्ख्यिक परिदृश्य,जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतीमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरिनेछ ।सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक उद्धव सिग्देलले बताए ।   ...
शुरू भयो बडादशैँ,दशैंघर लगायत घरघरमा घटस्थापना गरि जमरा राखियो

शुरू भयो बडादशैँ,दशैंघर लगायत घरघरमा घटस्थापना गरि जमरा राखियो

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१७ असोज,काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजबाट सुरू भएको छ। आज हनुमानढोका दरवार स्क्वायरको दशैं घर लगायत नेपालीहरुका घरघरमा वैदिक विधिपूर्वक दियो,कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। नदी वा चोखो स्थलबाट बालुवा,माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको दशैँ घर र घरघरमा बिहान ९:१६ बजेको साइतमा जमरा राखिएको छ ।शुभसाइत पारेर विधिपूपर्वक जौ,मकैको जमरा छरेर दशैंको शुरुवात गरिएको हो । आजैदेखि नवरात्र पनि शुरु भएको छ ।नवरात्र शुरुभएसँगै दशैँ घरमा शक्तिकी देवी दुर्गाको आवाह्न गरी पूजा आरम्भ गरिएको छ।नवदुर्गाका नौ वटा स्वरुप अन्तर्गत आज शैलपुत्रीदेवीलाई सम्झेर भरे साँझ धुमधामका साथ शैलपुत्रीदेवीको पूजाआराधाना गर्ने गरिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले जमरामा जौं अनिवार्य मानिन्छ ।आज यो रोपण गरी दुर्गाल...
नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

ताजा अपडेट, ब्यानर-१, समाचार
१६ असोज,काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ। अख्तियारले आज क्यानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको नयाँ भवनमा छापा हानेको हो।उक्त भवन निर्माणमा अरबौंको भ्रष्टाचार भएको उजुरीपछि अनुसन्धान थालेको थियो। अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण समेत हाता लिएको स्रोतले बताएको छ।...