ब्यानर-१

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

ताजा अपडेट, ब्यानर-१, समाचार
२६ भदौ, काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने सम्भावना छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल हुने बताएका छन् । सो छलफलले आज निकास निकाल्ने उनले विश्वास व्यक्त गरे । नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए । हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका ...
काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यूकाे नयाँ तालिका सार्वजनिक (नियम सहित)

काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यूकाे नयाँ तालिका सार्वजनिक (नियम सहित)

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, राजनीति, वातावरण, समाचार
२६भदौ, काठमाडौं ।नेपाली सेनाले काठमाडौं ललितपुर र भक्तपुर जिल्लाको लागि कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तोकेको छ । सेनाले यी तीन जिल्लामा अत्यावश्यक कार्यको लागि आवागमन गर्न सकिने समय पनि निर्धारण गरेको छ । हेर्नुहोस् ः नियम
सेनाले सम्हाल्यो देशको सुरक्षा कमाण्ड

सेनाले सम्हाल्यो देशको सुरक्षा कमाण्ड

कानुन, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५ भदौ,काठमाडौँ नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न हिजो मैगलबार राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ। सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने,लुटपाट एवं आगजनी गर्ने कार्य गरिरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो । सेनाले यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी रहने जनाएको छ । साथै सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल गर्दै तत्पश्चात,सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि विज्ञप्तिमा उल्लेख गरेको छ।...
राष्ट्रपति निवास र शीतलनिवासमा पनि आगजनी

राष्ट्रपति निवास र शीतलनिवासमा पनि आगजनी

ताजा अपडेट, ब्यानर-१, समाचार
२४ भदौ, काठमाडौं ।राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी भएको छ । सरकारले आफ्ना जेनजी साथीहरुलाई गोली ठोकेर मारेकोमा आक्रोशित बनेका उनीहरुले दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेलको बालाजुहाइट स्थित घर र शीतलनिवासमा पनि आगजनी गरेका हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, प्रहरी प्रभाग, विभिन्न नगरपालिका, केही मन्त्रीहरुका घर,पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेर सिंहदरबार गेटमा आफैले पड्काएका थिए । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । विभिन्न पार्टीका संसद,केही मन्त्रीहरु र विभिन्न संगठनका नेताहरुले समेत राजीनामा दिइरहेका छन । अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही ...
जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२३ भदौ,काठमाडौं । काठमाडौंमा सोमबार हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दिउँसो पौने ४ बजेसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार,ट्रमा सेन्टरमा ६,सिभिलअस्पतालमा ३,केएमसी अस्पतालमा १,त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको हो । प्रदर्शनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने आइसकेको छैन । मन्त्रालयले अहिले विभिन्न अस्पतालमा विवरण संकलन गर्ने कार्य गरिरहेको जनाएको छ ।केही घाइतेहरूलाई पाटन अस्पताल पनि पुर्‍याइएको छ।...
जेनजी प्रदर्शन : प्रहरी दमनपछि हिंसात्मक बनेको आन्दोलनमा २ जनाको मृत्यु,करिब एक सय भन्दा बढी घाइते

जेनजी प्रदर्शन : प्रहरी दमनपछि हिंसात्मक बनेको आन्दोलनमा २ जनाको मृत्यु,करिब एक सय भन्दा बढी घाइते

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
२३ भदौ,काठमाडौं ।सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनमा  २ जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ । प्रहरी दमनपछि हिंसात्मक बनेको र  बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ ।...
काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

ब्यानर-१, समाचार
२३ भदौ, काठमाडौं ।काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेनजीहरुको प्रदर्शन उग्र बनेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको हो । माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वरको संसदभवन अगाडी पुगी पर्खाल नाघेर संसद भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।अहिले आदेश जारी गरेको हो ।...
संसद भवन अगाडि पुगे जेनजी,प्रहरीले हान्यो अश्रुग्याँस

संसद भवन अगाडि पुगे जेनजी,प्रहरीले हान्यो अश्रुग्याँस

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२३ भदौ,काठमाडौं ।सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ। तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ। माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन्।...
आजबाट सोह्रश्राद्ध सुरु

आजबाट सोह्रश्राद्ध सुरु

ताजा अपडेट, ब्यानर-१, समाचार
२३ भदौ, काठमाडौं । आज सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । हिन्दू परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण,सिदादान तथा पिण्डदान गर्ने परम्परा रहिआएको छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सो अवधि सोह्रश्राद्धको नामले परिचित छ । सोह्रश्राद्ध सुरु भएसँगै पशुपति क्षेत्र,गोकर्णेश्वरको उत्तरगया क्षेत्रमा सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्न थालेका छन् ।  ...
आज राति खग्रास चन्द्रग्रहण लाग्ने,ग्रहणका समयमा के गर्ने ? के नगर्ने ?

आज राति खग्रास चन्द्रग्रहण लाग्ने,ग्रहणका समयमा के गर्ने ? के नगर्ने ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ ।समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने  छ । ग्रहणका समयमा के गर्ने ? के नगर्ने ? ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा र नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्र...