ब्यानर-२

तारकेश्वर नगरपालिकाले तेश्रो लिङगीलाई मासिक ५ हजार भत्ता दिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्थानीय
जमुना धमला काठमाण्डौं । तारकेश्वर नगरपालिकाले तेश्रो लिङ्गीलाई मासिक ५ हजार भत्ता दिने भएको छ । नगरपालिका भित्र तेश्रो लिङ्गी भनेर कानून सम्मत पहिचान भएका स्थाई नगरवासीहरुलाई प्रोत्साहन स्वरुप मासिक रु ५ हजार प्रदान गरिने भएको छ । तारकेश्वर नगरपालिकाको १५ औं नगरसभामा आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख कृष्ण हरि महर्जनले उक्त घोषणा गर्नुभएको हो । समाजमा तेश्रो लिङ्गी समुदाय प्रति हेर्ने दुष्टीकोण नकारात्मक रहेका कारणले उक्त समुदाय पहिचान लुकाएर हिड्न बाध्य छन् । नेपालको संविधानको धारा ३८, धारा ४२ ले राज्यका निकायहरुमा समान सहभागीता र यौनिक तथा अल्पसंख्यक समुदायहरुलाई विभेद नहुने र विशेष कार्यक्रमहरु ल्याउन बाधा नहुने उल्लेख गरिएको छ । संविधानले परिकल्पना गरे अनुरुप नेपालमै पहिलो पटक तारकेश्वर नगरपालिकाले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको ...

एमाले नागार्जुन नगर कमिटिको अध्यक्षमा नन्दनहरि गौतम निरविरोध निर्वाचित,अन्य पदमा के भयो ?

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) नागार्जुन नगर कमिटिको अध्यक्ष पदमा निवर्तमान अध्यक्ष नन्दनहरि गौतम पुनः निरविरोध निर्वाचित भएका छन् ।   हिजो शनिबार उद्घाटन भएको एमाले नागार्जुन कमिटिको दोसो अधिवेशनबाट आज दोस्रो दिन आइतबार उनि सहित अन्य पदका सबै पदाधिकारी र सदस्य निरविरोध निर्वाचित भएको निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत ध्रुवराज पाण्डेले जानकारी दिएका छन्।   अधिकृत पाण्डेका अनुसार पार्टी अध्यक्ष वा केन्द्र र माथिल्ला कमिटिहरुले दिएका सुझाबका आधारमा हिजो साँझ समापन भएको उद्घाटन सत्रपश्चात बन्दसत्र सञ्चालन भएको थियो । सो बन्दसत्रको दोस्रो दिन आइतबार राती ११ बजे बल्ल तल्ल सहमति जुटेको थियो ।करिब २८ घण्टासम्म सर्वसम्मतिको प्रयास गरेपछि अन्तत्वगत्व सर्वसम्मति जुटेको उनको भनाई छ।  पार्टी केन्द्रिय सदस्य तथा नागार्ज...
‘छाउपडी प्रथाले महिला असुरक्षित’

‘छाउपडी प्रथाले महिला असुरक्षित’

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले छाउपडी प्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन् । छाउपडी प्रथालाई उन्मूलन गर्न बनाइएका नीति तथा कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । राष्ट्रियसभा बैठकको आइतबार विशेष समयमा सांसद रेणु चन्दले छाउपडी प्रथाले समाजिकरुपमा विकृति पैmलाएको र महिलामाथि विभेद भइरहेको बताइन् । छाउपडी प्रथा उन्मूलनसम्बन्धी कानुनी र नीतिगत व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेकामा उनले आपत्ति जनाइन् । “छाउपडीका बेला गोठमा बस्दा सर्पले टोकर मृत्यु भइरहेको छ, कतिपय बलात्कृत भएका छन्, विद्यालय जान सकिरहेका छैनन्”, सांसद चन्दले भनिन्, “यसरी मृत्युको मुखमा बसेर महिला कहिलेसम्म बस्नुपर्ने रु छाउपडी प्रथा उन्मूलनका लागि सरकारले पहल गर्नुपर्छ ।” सांसद भगवती न्यौपानेले छाउपडी प्रथा उन्मूलनलगायत महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेमा जोड...
नागार्जुनमा एमालेलाई हार्न छुट छैन :एमाले उपाध्यक्ष शाक्य

नागार्जुनमा एमालेलाई हार्न छुट छैन :एमाले उपाध्यक्ष शाक्य

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, विचार, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।नेकपा (एमाले)की केद्रिय उपाध्यक्ष एवं पूर्व मन्त्री अष्टलक्ष्मी शाक्यले एमालेको मिसन–२०८४ अभियान एकल बहुमतको सरकार बनाउने अभियान भएकोले एमालेलाई नागार्जुन नगरपालिकामा हार्न छुट नभएको बताएकी छन् । शानिबार काठमाडौंको स्वयम्भु स्थित स्टार बैंक्ववीटमा जारी एमाले नागार्जुन कमिटिको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले एमालेले लिएको राष्ट्रिय आकांक्षा–‘समृद्ध नेपाल,सुखी नेपाली’को लक्ष्य भनेको मिसन २०८४ सम्ममा एमालेलाई १ नं को पार्टी बनाउने,एकल बहुमतमा एमलेको सरकार बनाउने रहेककाले  नागार्जुनमा भएको एमालेको बर्चश्वलाई एकिकृत गरेर लैजानु पर्ने हुँदा हार्न छुट नभएको बताएकी हुन् । सो उद्घाटन समारोहमा उनले यसका लागि नागार्जुन एमालेले अहिलेदेखि नै रणनीति बनाएर अगाडी बढ्नु पर्ने हुँदा अघिल्ला नेतृत्वहरुबाट नगर किमिटिमा रचनात्मक र प...
प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ । त्यस्तै, विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नमा सबै विषयगत मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायको कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने समेत कार्यसूची छ ।...
एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थतन्त्र, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ ।यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो ।  त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा झरेको छ ।...

माओवादी संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो । बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ। आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ। पार्टीले आफ्ना सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने सम्भावना छ । ...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौँ । आज राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ। बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।...
एमाले नागार्जुन कमिटिको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न,आइतबार नेतृत्व चयन

एमाले नागार्जुन कमिटिको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न,आइतबार नेतृत्व चयन

ब्यानर-२, राजनीति, समाचार, स्थानीय
सीता पौडेल (अर्चना) काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(एमाले) नागार्जुन नगर कमिटिको उद्घाटन सत्र सम्पन्न भएको छ । आज शनिबार स्वयम्भु स्थित स्टार बैंक्वीटमा एमाले केन्द्रिय उपाध्यक्ष एवम् पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता र वर्तमान अध्यक्ष नन्दनहरी गौतमको सभाध्यक्षतामा सो अधिवेशनको उद्घाटन सत्र÷समारोह समापन भएको हो।बिहान ११ बजेदेखि शुरु भएको सो सामारोह साँझ ६ बजे सम्पन्न भएको थियो।भने,उद्घाटनसत्र पश्चात बन्दसत्र पनि शुरु भएर विभिन्न प्रतिवेदन उपर छलफल थालिएको एमाले नागार्जुन,१ वडा कमिटिका अध्यक्ष एवं प्रतिनिधि जुजून लामाले जानकारी दिए। नगर कमिटिका वर्तमान अध्यक्ष गौतमका अनुसार अधिवेशको बन्द सत्रले भोलि आइतबार नै नयाँ नेतृत्व चयन गर्ने छ।एमाले नागार्जुनको नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष तथा केन्द्रले दिएको निर्देशन र कार्यदिशालाई अवलम्बन गरेर सकेसम्म सर्वसम...
भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण सुरु

भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण सुरु

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ । विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनःनिर्माणमा गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबीच केही समय हानथाप भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनःनिर्माण थालिएको वडा नं। २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए । ऐतिहासिक महत्वको यो सम्पदा दुई करोड ४९ लाख ३७ हजार रुपैयाँमा पुनःनिर्माण थालिएको उनले सुनाए । तीन वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ । यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ ।...