ब्यानर-२

बजेटका कारण सत्ता साझेदार दलबिच समस्या हुँदैन : मन्त्री शर्मा

बजेटका कारण सत्ता साझेदार दलबिच समस्या हुँदैन : मन्त्री शर्मा

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबिच समस्या नहुने बताएकी छन् । प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताइन् । बजेट सन्तुलित रहेको चर्चा गर्दै उनले भनिन्, “जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ ।” बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्ने कुरा बेठिक रहेको बताइन् । उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको स्पष्ट पारिन् । विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उनले सत्तापक्षीय दलब...
एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट

एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताइन् । उनका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् ।...

श्री एयरलाइन्सले थप्यो ८० सिटे जहाज

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ ।श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका विमान कल साइन नाइनएन एओएम थपेको हो। ८० सिटको क्यु ४००(८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक ९कर्पोरेट० अनिल मानन्धरले जानकारी दिए।उनका अनुसार नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पूरा गरी उक्त विमानबाट श्री एयरलाइन्सले आफ्‌ना आन्तरिक सेवाको गन्तव्यहरुमा थप उडान गर्नेछ। सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००र७०० तथा क्यु ४००( गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ।...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १.३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ :३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।...

पोखरामा ‘इन्ड्राइभ’लगायत ‘राइड सेयरिङ’ बन्द

ताजा अपडेट, ब्यानर-२, समाचार
कास्की । कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्न रोक लगाइएको छ। शुक्रबार यातायात व्यवस्था कार्यालय कास्कीले एक सार्वजनिक सूचना जारी गर्दै यस प्रकारको अनाधिकृत कार्य बन्द गर्न सचेत गराएको हो ।यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीराम रिजालले कानून विपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले रोक लगाएको बताएका छन् । उनले भने,‘अनधिकृत रूपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ । प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौँ।’गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवा वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली २०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन। नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्...
फ्रान्स र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा

फ्रान्स र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा

खेलकुद, ब्यानर-२, समाचार
काठमाडौं । युरोकप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले गोलरहित बराबरी खेलेका छन्। जर्मनीमा जारी सो प्रतियोगिताको लाइप्जिङ रंगशालामा भएको खेलमा समूह डीका यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।  खेलमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे भने मैदान प्रवेश गरेनन्।अघिल्लो खेलमा नाकमा चोट बोकेका एम्बाप्पेलाई आराम दिइएको थियो। समूह डीकै अर्को खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३(१ गोलले पराजित गरेको छ। अस्ट्रियाको जितमा जेनोट ट्रनियर,क्रिस्टोफ बमगार्टनर र मार्को अर्नाटोभिकले एक(एक गोल गरे। पोल्याण्डका लािग क्रिजस्टोफ पियाटेकले सान्त्वना गोल फर्काए । जितसँगै दुई खेलबाट अष्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ। पराजित पोल्याण्ड भने युरोको समूह चरणबाटै विदा भएको छ।...
निजामती विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्ने तयारी

निजामती विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्ने तयारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक संसदको चालु अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बताएका छन्। मन्त्रालयको नेतृत्व लिएपछि भएका मुख्य उपलब्धिबारे जानकारी दिँदै मन्त्री जोशीले तीन तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रुपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न समिति र राजनीतिक दलसँग घनीभूत संवाद गरिरहेको स्पष्ट पारे। उनले निजामती विधेयकबारे राजनीतिक दलहरुसँग छलफल गरी चालु अधिवेशनबाट पारित गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाई छ ।सङ्घीय मामिलामा गर्नुपर्ने कार्य जिम्मेवारीमा आशातीत उपलब्धि हासिल गर्न नसकेको स्वीकार्दै मन्त्री जोशीले भने, “तीन तहका सरकारबीच आवश्यक समन्वय छैन, एक–अर्काप्रति असन्तुष्टि मात्र देखिन्छ ।” स्थानीय तह विकासको मेरुदण्डका रुपमा रहेको भन्दै उनले यसलाई बलियो बनाउन शासकीय क्षमता, पूर्वाधार...

कांग्रेस संसदीय दलको बैठक आज

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो । त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ ।  

एमाले काठमाडौंका अन्य पदाधिकारी तथा सदस्यहरुले लिए शपथ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्षबाहेकका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहिबार काठमाडौंको जोरपाटी,नयाँबस्ती स्थित ड्रिम हाउस बैंक्वीटमा एक समारोहकाबीच नवविर्वाचित अध्यक्ष दिपक निरौलाले कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुलाई गोपनीयताको सपथ ग्रहण गराएका हुन् । एमाले काठमाडौं लिल्ला कमिटिको सातौं आधिवेशनबाट नवनिर्वाचित अध्यक्ष निरौला र लेखा समिति अध्यक्ष श्यामकाजी कार्कीलाई भने निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत कुमारी खरेलले विजयी घोषणा लगतै पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । सो अधिवेशनबाट निवर्तमान अध्यक्ष  निरौला पुनः निर्वाचित भएका हुन्।सो अधिवेशनबाट उपाध्यक्षमा विश्वराम साप्कोटा,सचिवमा राजेश शाक्य ,उपसचिवमा उद्धव भण्डारी(खुल्ला...
दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.४४ अंकले घट्दै २ हजार ६८.३१ विन्दुमा झरेको छ । लामो समयपछि बुधबार झिनो अंकले बढेको नेप्से सूचक आज ०।५० प्रतिशतले गिरावट आएको हो । बुधबारको  तुलनामा बिहीबार कारोबार भने बढी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । २.२७ अंकले नेप्से सूचक बढको बुधबार ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार फाइनान्स र म्युचुअल फन्ड बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक १।८२ प्रतिशतले बढेको छ भने बिहीबार म्युचुअल फन्डको उपसूचक ०.१३ प्रतिशतले बढेको छ । ...