ब्यानर-२

विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौँ । टी(ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केका छ । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो । एउटा समूह गएराति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेको हो । विश्वकपमा नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए ।      ...

एकीकृत समाजवादीले ग¥यो महाधिवेशन प्रतिनिधि छनोट

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । प्रतिनिधि छनौटका लागि उसले बुधबार निर्वाचन गरेर सम्पन्न गरेको जनाएको छ। देशभर १ लाख ४६ हजार ७ सय १४ सङ्गठित सदस्यमध्येबाट १ हजार ४ सय प्रतिनिधि निर्वाचन प्रकृयामार्फत छनौट गरिएको पार्टीको केन्द्रीय प्रचार विभागले जनाएको छ। खुला,महिला र दलित गरी १ हजार८सय ४९ प्रतिनिधि छनोट गरिने व्यवस्था भएको र त्यसमध्ये ३ सय ४६ केन्द्रीय कमिटीबाट र १ सय ४ जना केन्द्रीय आयोगबाट स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन गरेको जनाएको छ। यही असार १६ देखि २० गते  नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीले १ सय २५ सङ्गठित सदस्य बराबर १ प्रतिनिधि छनोट गर्ने जनाएको छ। पार्टीले सबै जिल्ला तथा मातहतका कमिटीलाई सम्बन्धित कार्यक...
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
लमजुङ ।पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६,खरखरे भिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपागाइँ अनुसार खरखरे भिरमा सडक माथिबाट ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।   हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । यहाँ पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले १६ करोड ४८ लाख रुपैयाँ लागतमा आयोजना सञ्चालन गरेको छ तर आयोजना पुरा भइसकेको छैन् ।काम ढीला हुँदा समस्या भइरहेको छ ।...
चिर्पटले हानेर मामाका छोराले गरे हत्या फुपूका छोराको

चिर्पटले हानेर मामाका छोराले गरे हत्या फुपूका छोराको

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
सिराहा । सिराहामा मामाको छोराले चिर्पटले हानेर फुपूका छोराको हत्या गरेका छन्। सिराहाको गोलबजार नगरपालिका–१० धर्मपुरका २८ वर्षीय संजय सदाले फुपूका छोरा ४० वर्षीय गेनी सदामाथि चिर्पट प्रहार गरेर हत्या गरेको सिराहा प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) शुनिल कार्कीका अनुसार संजयले गेनीलाई गएराति चिर्पटले हान्दा गम्भीर घाइते बनाएका उनको उपचारको क्रममा आज बिहान स्थानीय अस्पतालमा मृत्यु भएको हो। मदिरा सेवन गरेर मातेका दुबैजनाबीच विवाद भएको र सोही क्रममा चिर्पट प्रहार गरेको प्रहरीको भनाई छ । संजयलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।...

७२ जिल्लामा फैलियो डेंगु

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । पछिल्लौ समय काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को पछिल्लो तथ्यांक अनुसार हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन । बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । इडीसीडीका अधिकारीहरु अघिल्लो वर्षमा भन...
पाँचमहिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिका विदेश गएपछि एक्लो महसुस गर्थे अजितले

पाँचमहिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिका विदेश गएपछि एक्लो महसुस गर्थे अजितले

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा आफैंले बोक्ने राइफलबाट गोली हानेर आत्महत्या गरेको भनिएका प्रहरी जवान अजित गोलेले पाँच महिनाअघि मात्रै इन्गेजमेन्ट गरेको खुलेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले पनि ड्यूटीमै रहेका प्रहरी जवान गोलेले व्यक्तिगत सम्बन्धमा तनाव भएका कारण आफैंलाई निधारमा गोली हानेको प्रारम्भिक निष्कर्ष निस्किएको बताएका छन् ।प्रहरीको अनुसन्धान अनुसार प्रेमिकाले विदेश गएपछि आफूलाई बेवास्ता गर्दै आएको गुनासो पनि गोलेले गर्दै आएका थिए । गोलेले गर्दै आएको गुनासो र घटनाको तत्कालीन अवस्थाको विश्लेषणका आधारमा प्रहरीले प्रेमिकासँगकै विवादका कारण गोलेले आत्महत्या गरेको हुन सक्ने निष्कर्ष निकालेको छ ।प्रहरीले गोलेको मोबाइलका फेसबुक म्यासेन्ज र अन्य म्यासेजको पनि अध्ययन गरिरहेको छ । दोलखाको मेलुङ गाउँपालिका–४ निवासी २२ वर्षीय प्रहरी जवान उनले सुरक्षाका...
२ अंकले बढ्यो नेप्से

२ अंकले बढ्यो नेप्से

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । लगातार घटिरहेको नेप्से परिसूचक बुधबार दुई अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज नेप्से २.२७ अंकले बढेर २०७८।७६ विन्दुमा बन्द भएको छ। मंगलबारका तुलनामा भने आज कारोबार रकम घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो। मंगलबार चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार ८८४ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएको छ। आज ३०८ वटा धितोपत्रको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ । बुधबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन नेपाल फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।...

धितोपत्र बोर्डको अध्यक्ष पदको प्रक्रिया रद्द हुने सम्भावना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पदको प्रक्रिया रद्द हुने सम्भावना देखिएको छ । बुधबारका लागि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि तीनैजना उम्मेदवारलाई बोलाइए पनि उनीहरु फेरि अनुपस्थित भएपछि रद्द हुने सम्भावना देखिएको हो । स्रोतका अनुसार ९ बजेका लागि बोलाइएको अन्तर्वार्तामा उनीहरु अनुपस्थित भएका थिए । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार २ जना मात्रै उपस्थिति भएका थिए । बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो । सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका दिएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल...
६० केजी सुन तस्करी प्रकरणः थप दुई जना पक्राउ

६० केजी सुन तस्करी प्रकरणः थप दुई जना पक्राउ

अपराध, ब्यानर-२, समाचार
काठमाडौं । प्रहरीले ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरी काठमाडौं ल्याएर सार्वजनिक गरेको हो । उनीहरुको कनेक्सन न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुलीसँग रहेको खुलेको प्रहरीले जनाएको छ । तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ परिसकेको छन् । योसँगै दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, महाराष्ट्रकै धिरज दिनेश वैटे ‘दिनेश’ र प्रशान्त गणेश वजवलकार छन् । यस्तै, वीरगन्ज महानगरपालिका–१६ का सुरेन्द्रमान श्रेष्ठ, सूर्यबिनायक नगरपालिका–९ का राजु खत्री, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन सञ्चालक) का...
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं ।हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जसको प्रभावले मौसम बदली भइरहेको छ । अहिले देशको कोशी र मधेश प्रदेशमा पूर्णतया बदली,बाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पुर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।कोशी,बाग्मती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी ,मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही  कोशी,बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको भनाई छ ।  साथै कोशी प्रदेशका ए...