लैङ्गिक हिंसा रोकथामका लागि ‘एकीकृत विकास परियोजना’को शुभारम्भ
काठमाडौं। महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कसँगको सहकार्यमा “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गरेको छ ।
मंगलबार महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सो कार्यक्रमको शुभारम्भ गर्दै यस्ता कार्यक्रम आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताइन्।
यस्ता कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग र समुदायका व्यक्तिलाई समेट्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भनिन्, ‘जो थिचोमिचोमा परेका छन्, जो सीमान्तकृत समुदायका वर्ग छन्,उनिहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।
उनले यसमा महिलाको सुरक्षा,सुरक्षित आवास,सेल्टर,अस्पतालहरूमा उपचार लगायतको विषय समेटिएको भन्दै यस्ता कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग,तराई–पहाड फास्ट ट्रर्याकले छुने पालिकाहरू,सिमाना क्षेत्रका महिलाहरूलाई लक्षित गरिने बत...








