‘उत्सव’ ब्रान्डका ६२४ प्याकेट पाउरोटी बजारबाट फिर्ता गर्न निर्देशन
१५ माघ,काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर कौशलटारस्थित ‘ चाहना पाउरोटी उद्योग प्राली’ ले उत्पादन गरेको ‘उत्सव’ ब्रान्डका ६ सय २४ प्याकेट पाउरोटी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले प्राप्त उजुरीका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम उक्त उद्योगको हालै स्थलगत निरीक्षण गरेको थियो।
निरीक्षण क्रममा उद्योगको सरसफाइ अवस्था सामान्य पाइए पनि उत्पादित वस्तुको लेबलमा भने गम्भीर त्रुटि भेटिएको विभागले जनाएको छ।
अनुगमन क्रममा उक्त उद्योगले उत्पादन गरेको उत्सव ब्रान्डको मिल्क ब्रेडको लेबलमा उत्पादन र उपभोग्य मिति गलत तरिकाले छापिएको फेला परेको थियो।
ब्रेडको प्याकेटमा उत्पादन मिति २३।०२।२६ र उपभोग्य मिति ०१।०२।२६ उल्लेख गरी बिक्री वितरण भइरहेको पाइएको हो।यस्तो गल्ती प्रिन्टका कारण उपभोक्ता झुक्किने र स्वास्थ्यमा असर पर्न सक्ने देखिएपछि विभ...








