ब्यानर-२

राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार पक्राउ गरेको हो । उनले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका थिए ।हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेको बताएका थिए । प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था ढाल्ने बताएका थिए।...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१५ साउन, काठमाडौं ।आज शुक्रबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ र देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर साधरणतया बादल लाग्नेछ।देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।मधेस प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कोशी प्रदेशको पहाडी र तराई भूभाग,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ साउन,काठमाडौं ।गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार पछिल्लो केही दिन यता तराईमधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ(आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् । बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।  ...
प्रतिनिधिसभा र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्ता छन् सूची

प्रतिनिधिसभा र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्ता छन् सूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ साउन,काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको जनाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।...
रास्वपाद्वारा ७ नेताको सचिवालय गठन

रास्वपाद्वारा ७ नेताको सचिवालय गठन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात नेताको पार्टी सचिवालय गठन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकपश्चात गठित सचिवालयमा सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्। बैठकले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनयन गर्ने निर्णय पनि गरेको छ। साथै, महाधिवेशनको समीक्षा, विभागीय कार्यविधि पारित, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ का लागि भदौ १ गतेदेखि आवेदन खुला गर्ने तथा मन्त्रीहरूसँग नियमित संवाद गर्ने निर्णय समेत गरेको छ।...
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१३ साउन,काठमाडौं । गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर:  । गुरुःसाक्षात्परंब्रम्ह तस्मै श्रीगुरवे नम: ।। अर्थात गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ । यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ । आज श्रावण १३ गते अर्थात तिथिका आधारले गणना गर्दा आषाढ शुक्ल पूर्णिमा । हरेक वर्ष आजकै दिन मनाइने यो पर्व हिन्दु,बौद्ध र जैन धर्मावलम्बीहरूका लागि विशेष धार्मिक,सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको पर्व हो । गायत्री मन्त्र, धर्मशास्त्र, वेद मन्त्र सुनाउने र आधारभूत शिक्षा तथा उच्च शिक्षा दिने र जन्मदेखि मृत्यु नहुँदासम्म संस्कार सिकाउने गुरुजनहरूलाई नमन गर्ने, पूजा गर्ने, सामाजिक सञ्जाल तथा टेलिफोनको माध्यमबाट सम्झदै कृतज्ञता प्रकट वा सम्मान गर्दै आर्शीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमा पर्व मनाइछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । अज्ञानत...
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१२ साउन, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ।  मंगलबारदेखि लागू भएको यस अफरअन्तर्गत कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो। कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका आकर्षक प्याकहरू उपलब्ध गराइएको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २० जिबी डेटा प्याक ९९ रुपैयाँदेखि १९९ रुपैयाँसम्ममा उपलब्ध गराइएको छ। सुविधाहरू लिनका लागि ग्राहकले आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरेर वा नेपाल टेलिकमको एप तथा वेबसाइटमार्फत जानकारी लिन र प्याकेज खरिद गर्न सक्नेछन्।...
साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
११ साउन, काठमाडौं ।साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएसँगै पशुपति क्षेत्र मा साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ। पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेवलगायत देशभरका सानाठूला शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।...
रश्मी रिजाल मृत्यु प्रकरण : भेटियो सीसीटीभी कभरेज

रश्मी रिजाल मृत्यु प्रकरण : भेटियो सीसीटीभी कभरेज

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१० साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र मृत भेटिएकी रश्मी रिजालबारे अनुसन्धान गरेको प्रहरीले सीसीटीभी फुटेज फेला पारेको छ । घटनास्थलको सीसीक्यामेरामा रिजालको गतिविधि कैद भएको फुटेज फेला परेको हो । जसमा रिजाल अगाडिको ड्राइभर सिटबाट ओर्लिएर पछाडिको सिटमा गएर बसेको देखिएको प्रहरीले बताएको छ । रिजाल पछाडिको सिटमा बसेको केहीबेरमा गाडीबाट धुवा निस्कन थालेको दृश्य सीसीभीटीमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् । ‘सीसीटीभी फुटेज हेर्दा कुनै संकास्पद घटना देखिँदैन ।तेस्रो पक्षको उपस्थिति पनि देखिँदैन,’ एसपी भट्टराई भन्छन् । प्रारम्भिक अनुसन्धानमा कुनै संकास्पद नदेखिएको र थप विषय भने पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीले बताएको छ । तारकेश्वर नगरपालिका–९ शुभकामना चोक बस्ने ४५ ...
बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१० साउन, काठमाडौं ।आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो ।  त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४१० रुपैयाँ पुगेको छ ।   ...