धुलो टकटक्याएर खरानीबाट उठ्दैछ प्रहरी : आईजीपी कार्की
१९ माघ,काठमाडौं ।प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले अनेकौ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुनः नागरिकको सेवामा समर्पित भइरहेको बताएका छन् ।
आज सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८३ औं समूह दीक्षान्त समारोहमा उनले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौं उतार चढाव,जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको जिकिर गरे ।
प्रहरीले विभिन्न घटनाक्रमपछि धुलो टक्टक्याएर खरानीबाट उठ्दै फेरि पुनस् नागरिकको सेवामा समर्पित भएको र आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको पनि उनले बताए ।
आईजीपी कार्कीले भने ,‘नागरिकका अनगिन्ती समस्या,असिमित अपेक्षाहरूको सामना,समाधान र सहजीकरण गर्दै प्रहरीले जहिले प्रथम पंक्तिमा उभिएर सरकारको उपस्थिति जनाएको छ।’
दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचनमा खटाइने ...









