ब्यानर-२

चुनाव चिन्ह ‘त्रिभुज’ राखेर दर्ता गरे धवलले पार्टी

चुनाव चिन्ह ‘त्रिभुज’ राखेर दर्ता गरे धवलले पार्टी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९ साउन,काठमाडौं ।राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । ७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । झण्डामा सेतो रङमा त्रिभुज चिन्ह राखिएको छ।शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग भएका हुन् ।...
ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

अपराध, अर्थतन्त्र, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२८ साउन,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रा.लि. लाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ।ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्मलाई कारबाही गरेको हो। जरिवानासहित कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार, अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको थियो। अन्य ६३ वटा सिलिन्डरको औसत तौल पनि मापदण्डभन्दा कम ९१४.१८५ केजी पाइएको प्रशासनले जनाएको छ। उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल परीक्षण गर्दा समेत तोकिएको भन्दा १०० देखि १५० ग्रामसम्म बढी देखिनुले उपभोक्तालाई कम ग्यास दिएर...
अभिनेत्रीलाई बेहोस बनाएर यौन शोषण, हिन्दी फिल्म निर्देशक पक्राउ

अभिनेत्रीलाई बेहोस बनाएर यौन शोषण, हिन्दी फिल्म निर्देशक पक्राउ

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२६ साउन,काठमाडौं । एक हिन्दी फिल्मका निर्देशकलाइ यौन उत्पीडन र दुष्कर्मको मामिलामा प्रहरीले गिरफ्तार गरेको छ। एक ३३ वर्षीया अभिनेत्रीले उनीमाथि यौन शोषण र ब्ल्याकमेलिङसहितको आरोप लगाउँदै उजुरी दर्ता गराएपछि निर्देशकलाई पक्राउ गरिएको हो। मुम्बई प्रहरीमा दर्ता भएको उजुरीअनुसार ती अभिनेत्री र सोही निर्देशकवीचको पहिलो भेट सन् २०१६ मा लोखण्डवालास्थित एक अवार्ड कार्यक्रमका क्रममा भएको थियो। बृद्ध निर्देशकले अभिनेत्रीसँग आगामी प्रोजेक्टका बारेमा कुरा गर्दै कामका लागि सम्पर्क गर्न भनेका थिए। त्यसपछि अभिनेत्री स्क्रिप्ट पढ्नका लागि उनका घरमा गएकी थिइन्। त्यहाँ उनले सफ्ट ड्रिङ्क पिउन दिएका थिए, जुन पिएपछि उनी बेहोस भएको विभिन्न एजेन्सी समाचारहरुमा उल्लेख छ । जाहेरीमा आरोप लगाएअनुसार अभिनेत्रीले आफ्नो पोल अखोलुन भनेर उनले होस आएपछि उनले आफ्नो मोबाइलमा उनको भिडियो देखाएका थिए। प्रहरीलाई खब...
काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ

अपराध, अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
२५ साउन,काठमाडौँ। काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले गत साउन २२ गते नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेहरूमा देशका विभिन्न जिल्लामा घरभइ हाल नयाँ बसपार्क बस्ने ३१ वर्षीय युवा, गोंगबु बस्ने ३३ वर्षीय युवा ,नयाँ बसपार्क बस्ने ३३ वर्षीय युवा र ३१ वर्षीय युवा रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ७ थान मोबाइल, ५७ हजार ९६ रुपैयाँ नगद, २ थान ताल्चा र १ थान ह्याक्सो ब्लेडसमेत बरामद गरेको छ । साउन २२ गते दिउँसो वनस्थली क्षेत्रमा लुटपाट गरी फरार भएका उनीहरूलाई घटनाको केही समयभित्रै प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप अनुमत...
ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

अपराध, अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२२ साउन, काठमाडौं ।खाना पकाउने ग्यास लुकाउने,कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता तथा डिपोलाई सरकारले कडा कारबाही गर्ने भएको छ। वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा जारी सूचनामा कालोबजारी गर्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुने उल्लेख छ। विगत केही समयदेखि बजारमा ग्यास सहजरुपमा नपाएर उपभोक्ताहरु मर्कामा छन्।ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाइछिपाइ आफूनिकट व्यक्ति,होटल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरिरहेको उजुरी आएपछि विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘खाना पकाउने एलपी ग्यास जस्तो अत्यावश्यक वस्तु सहज रूपमा तोकिएको मूल्यमा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो,’ विभागद्वारा जारी सूचनामा छ,‘ग्यास सिलिन्डर लुकाइछिपाइ बिक्री वितरण गर्नु, कृत्रिम अभाव सिर्जना गर्नु,कालोबजारी गर्...
संसद्‍मा आज पनि विपक्षीको विरोध,प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडान

संसद्‍मा आज पनि विपक्षीको विरोध,प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडान

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२ साउन,काठमाडौं।विपक्षी दलहरूले प्रतिनिधिसभामा आज पनि विरोध गरेका छन् ।प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उनीहरूले उठेर विरोध जनाएका हुन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवलाई बोल्न समय दिए । उनले पार्टीका तर्फबाट बोल्दै सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने अडान दिए । १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतसँगको सीमा विवादबारे दुई वटा कुरा राखेका थिए । पहिलो – लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमिया नोट भारत सरकारलाई पठाएको र त्यसको जवाफ प्राप्त भएको विषय प्रधानमन्त्री बालेनले राखेका थिए । ‘यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ बालेनले भनेक...

सभामुखको निर्देशन : ‘संसद्‍मा कालो चस्मा खोल्नू, बैठक चल्दा सेयर कारोबार नगर्नू’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, सांसद खगेन्द्र सुनार लगायतले संसद्‍मा आउँदा पनि कालो चस्मा छोड्दैनन् । रास्वपाबाट निर्वाचित भएका उनीहरूका पोसाक र चस्माले संसद्‍मा समेत बहसको विषय बनेको छ । यो संसदीय मर्यादा अनुकूल नभएको भन्दै प्रश्न उठ्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा नलगाई तोकिएको ड्रेसकोडमा उपस्थित हुन निर्देशन दिएका हुन्। बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा र गरिमाका साथै सांसदहरुका अनुशासन लगायतका विषयमा छलफल भएको थियो ।सो छलफलको क्रममा सभामुख अर्यालले ड्रेसकोड पालना गर्नरगराउन र अनुशासनमा राख्न सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकहरूलाई भनेका थिए । तोकिएको पोशाक र सांसदको लोगो लगाउन तर कालो चस्मा नलगाउन निर्देशन दिएको सभामुख अर्यालका स्वकीय सचिव नवराज ...
आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ साउन, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो।जसमा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए। अन्तिम तीनको प्रतिस्पर्धामा साहका साथै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए । आयल निगममै काम गरेको लामो अनुभवका आधारमा साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो । अहिले देशभरि ग्यास नपाएर उपभोक्ता मारमा छन् ।भने,पेट्रोलियम पदार्थको चर्का मुल्यबृद्धिको मारमा पनि नागरिक छन् ।यसको तत्काल समाधान गर्नुपर्ने जिम्मेवारी उनीसामु...
नबिल बैंक र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

नबिल बैंक र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१९ साउन,काठमाडौं ।नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन्। भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेका हुन् । शाइन रेसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक अवार्ड संगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ। यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धीका रूपमा हेरिएको छ ।  अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्र्स एण्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटा...
मौसम पूर्वानुमान : केही प्रदेशमा भारी वर्षाको जोखिम

मौसम पूर्वानुमान : केही प्रदेशमा भारी वर्षाको जोखिम

बिशेष, ब्यानर-२, वातावरण, समाचार
१८ साउन,काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक सरिसकेको छ। यसकै कारण देशभर साधारणतया बदली भएको छ।कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार दिनभर देशभर साधारणतया बादल लाग्ने देखिन्छ। देशको हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भू–भागका धेरै स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनेछ । यसैगरी बागमती र गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा पानी पर्नेछ।मधेस प्रदेशका साथै कोशी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। ...