ब्यानर-२

भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७ भदौ,काठमाडौं ।भोटेकोशी -त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने तयारी गरेको छ। २२ गते बाढी गएको १३ दिन पुग्छ।तसर्थ सोही दिन सरकारले राष्ट्रिय शोक घोषणा र सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको रास्वपा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। विशेष प्रस्ताव पारित गर्न आज बुधबार १ बजे बैठक बस्दैछ। बैठकमा सांसदहरूले भोटेकोशी-त्रिशूली बाढीका कारण भएको क्षति,उद्धार तथा राहतको कार्यबारे धारणा राख्ने संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।  ...
बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घबाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुनेछन् । स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने बताइएको छ ।  ...

दृष्टि आई केयरद्वारा बाढीपीडितलाई १६ लाख १ हजार सहयोग,निःशुल्क आँखा उपचार सुरु

ताजा अपडेट, ब्यानर-२, समाचार
१४ भदौ, काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले आर्थिक सहयोगको घोषणा गरेको छ। संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको हो। यसका साथै बाढी प्रभावितहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पनि सुरु गरिएको संस्थाले जनाएको छ। दृष्टि आई केयर सिस्टमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा.भाइराजा श्रेष्ठका अनुसार,संस्थाको तर्फबाट १२ लाख १ हजार रुपैयाँ र सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख रुपैयाँ गरी कुल १६ लाख १ हजार रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ। संस्थाले आफ्ना विभिन्न शाखाहरूमार्फत निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ। काठमाडौंको कलंकीस्थित दृष्टि आई केयर सेन्टर,धादिङको गल्छी सामुदायिक आ...
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य
१४ भदौं,काठमाडौं।बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा शनिबारसम्म रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्नेक्रम बढेको छ। कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो । प्रधानमन्त्री राहत कोषमा शनिबार मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयको भनाइ छ । यस्तै,हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ । सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले जारी गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्...
मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९ भदौ,काठमाडौं । सरकारले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि भोली बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज मंगलबार गृह मन्त्रालयले सूचना जारी गर्दै सो जानकारी दिएको हो। २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नै यस्तो निर्णय भएको मन्त्रालयले जनाएको छ।  ...
विद्युत् महसुल घटाउने सरकारको तयारी

विद्युत् महसुल घटाउने सरकारको तयारी

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौं,काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। समितिले उद्योगहरूलाई समेत सहुलियत दिने विषयमा छलफल गरिरहेको जनाएको छ । वर्षायामको बिजुली सस्तो बनाउँदा उद्योगीहरूले आफ्ना उत्पादन उपभोक्तालाई कति सस्तोमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको बताइएको छ। वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ नोक्सानी बेहोर्नु परिरहेको प्राधिकरणले जनाएको छ। सिजनल ट्यारिफमार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने संयोजक अंशुकिरण शाहीले बताएका छन्।...
मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौ, काठमाडौं ।नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको पहिलो दिन अनिवार्य रुपमा मौद्रिक नीति ल्याउनु पर्ने नियम बनाएको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सो अनुसार नीति ल्याउने मिति तोकिएको छ। सोमबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले साउन १ गते मौद्रिक नीति ल्याउने व्यवस्था गर्ने निर्णय गरेको सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए ।...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
६ भदौ, काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति पनि कोशी,बागमती, गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा र लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै...
मौसम पूर्वानुमान : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

ब्यानर-२, वातावरण
२ भदौ, काठमाडौं । आज दिउँसो देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा तथा तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बृद्धि

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बृद्धि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
३० साउन, काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको जनाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको उल्लेख गरेको हो । आव २०८१र८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा दुई अर्ब ८५ करोड ७९ लाखले वृद्धि भएको हो । कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ । गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेकामा अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा रु नौ अर्ब ८५ करोड दुई लाख थियो । यस आधारमा करअघिको मुनाफा ३४ दशमलव ६६ प्रतिशतले बढेको हो ।...