ब्यानर-२

फेरी बढ्यो सुन,कतिमा हुँदैछ कारोबार ?

फेरी बढ्यो सुन,कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२८ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्को छ । आज बुधबार पनि सुनको भाउ १ हजार १ सय रुपैयाँले बढेपछि आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार चाँदीको भाउ पनि बढेको छ।चाँदीको भाउ प्रतितोला ५० रुपैयाँ बढेको छ । हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ रहेको थियो। आज भने ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको...
राष्ट्रिय सभा बैठकमा आज चलचित्र विधेयक पेश हुने

राष्ट्रिय सभा बैठकमा आज चलचित्र विधेयक पेश हुने

ताजा अपडेट, ब्यानर-२, समाचार
२८ माघ, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा आज बुधबार ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत हुने भएको छ। सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री सुशीला कार्कीले विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्ने तयारी छ। यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्। बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ।...
रामेछाप बस दुर्घटनामा ५ जनाको मृत्यु, ६ घाइते

रामेछाप बस दुर्घटनामा ५ जनाको मृत्यु, ६ घाइते

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
२७ माघ,काठमाडौं ।रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ।काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो। दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताएका छन्। दुर्घटनास्थबाट उद्धार गरिएका ११ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको प्रजिअ थापाको भनाइ छ । उनका अनुसार उद्धार गरेकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । चालक,सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको अरनिको यातायात समितिले जानकारी दिएको छ । बाटोबाट अन्य थप यात्रु चढेको नचढेको खुलेको छैन ।सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३...
एचपिभी खोप सुरक्षित छ,निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री सुधा गौतम

एचपिभी खोप सुरक्षित छ,निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री सुधा गौतम

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
मनिषा गुरुङ २५ माघ,काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गरेकी छन् । उनले ३० वर्ष भन्दामाथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउन समेत अनुरोध गरेकी छन् । “पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो।उक्त भाइरसविरुद्धको खोपबाट यो रोग रोकथाम गर्न सकिन्छ”, मन्त्री डा. गौतमले भिडियो सन्देशमार्फत भनेकी छन् । पाठेघरको मुखको क्यान्सरलाई नेपालमा निवारण गर्ने उद्देश्यले गत वर्षदेखि एचपिभी खोपलाई नियमित अभियान अन्तर्गत सञ्चालन गर्दै आइएको पनि उनले जानकारी गराएकी छन् । यस्तै गत वर्षको खोप अभियानमा छुटेका किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाह...
सुन तोलामा साढे ९ हजार बढ्यो,कति पुग्यो भाउ  ?

सुन तोलामा साढे ९ हजार बढ्यो,कति पुग्यो भाउ ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२५ माघ,काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको साता बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो। महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको जनाएको छ । आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँ थियो । बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।...
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

ताजा अपडेट, ब्यानर-२, समाचार
२२ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ । आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सो को आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ ।तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानक...
एकैदिन १४ हजार ४०० ले बढ्यो सुन

एकैदिन १४ हजार ४०० ले बढ्यो सुन

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ माघ,काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको भाउ फेरि हावात्तै बढेको छ ।बुधबार अघिल्लो दिनको तुलनामा  १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।हिजो मंगलबार प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यसैगरी,आज चाँदी पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ ।मूल्य बढेसँगै  प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
चुनीखेल नयाँबस्तीको आगलागीबाट २४ परिवार विस्थापित

चुनीखेल नयाँबस्तीको आगलागीबाट २४ परिवार विस्थापित

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
२१ माघ, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ । मंगलबार राति करिब पौने ११ बजेतिरबाट सुरु भएको आगो सवा १ बजेतिरसम्म दन्किरहेको थियो ।काठमाठौं महानगर,बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा निभाइएको वडा अध्यक्ष टिकानारायण श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठले भने, ‘आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो,सबै विस्थापित हुनुभएको छ’ ।   विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न,लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ। विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।आगलागीको क्षतिको विवरण निकाल्न बाँकी छ ।...
सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाइने

सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाइने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२० माघ, काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो । आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ । मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र,राष्ट्रिय परिचयपत्र, राहदानी,सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।  ...
निर्वाचनमा फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्य

निर्वाचनमा फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्य

ताजा अपडेट, ब्यानर-२, समाचार
२० माघ,काठमाडौं ।आगामी फागुनमा २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे सोसल मिडियामार्फत फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्यको सहमति भएको छ। निर्वाचन अवधिमा फैलिने गलत तथा भ्रामक सूचनाको तथ्यजाँच गरी सही सूचना आमनागरिकसम्म पुर्‍याउने उद्देश्यसहित यो सहकार्य भएको हो। नेपाल फ्याक्टचेकका परियोजना प्रमुख उज्ज्वल आचार्य र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सोमबार सहमति पत्रमा हस्ताक्षर गरेका छन्। ‘मिथ्या सूचनाले नेपाली समाज,राजनीति तथा विशेषगरी निर्वाचन प्रक्रियामा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने सहकार्य भएको हो,’ दुवै संस्थाले भनेका छन् । निर्वाचनजस्तो संवेदनशील समयमा गलत सूचनाले लोकतान्त्रिक अभ्यासमा गम्भीर असर पार्न सक्ने भएकाले त्यसविरुद्ध सचेत पहल आवश्यक रहेको सम्झौता पत्रमा उल्लेख छ । सहमतिअनुसार नेपाल फ्याक्टचेकले अनलाइनखबर...