त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास
३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा आज बिहान अभ्यास गरिएको हो । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको छ ।
हरेक ठूला विमानस्थलमा यस्तो अभ्यास नियमित रुपमा हुने गर्छ।यस्तो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले समेत अनिवार्य गरेको हुन्छ ।...









