ब्यानर-२

भारी वर्षाको समयमा उच्च सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

भारी वर्षाको समयमा उच्च सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार
६ असोज,काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले विज्ञप्ति जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा सम्भावित प्राकृतिक विपद्बाट जोगिन पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ। मन्त्रालयका अनुसार प्रदेश सरकार मातहतका सबै निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन  छ।...
फिर्केको खोलाघर खाली गर्न पोखरा महानगरको अन्तिम अल्टिमेटम

फिर्केको खोलाघर खाली गर्न पोखरा महानगरको अन्तिम अल्टिमेटम

कानुन, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
६ असोज,पोखरा । पोखराको फिर्के खोलाको अतिक्रमित संरचना हटाउन पोखरा महानगरपालिकाले अन्तिम अल्टिमेटम जारी गरेको छ । सोमबार सात दिनभित्र फिर्केको खोलाघर खाली गर्न सम्बन्धित संरचनाका धनीहरूलाई अपिल गरेको हो । फिर्केमा खोलाको वहाव नै छेकेर सयौं संरचना बनाइएका छन् । तोकिएको समयभित्र संरचना नहटाए भत्काइदिने चेतावनी महानगरले दिएको छ । महानगरले भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुलउपर गर्ने मेयर धनराज आचार्यले बताएका छन् । महानगरपालिकाले प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थित सहर बनाउन खोला मिचेर बनाइएका कुनै पनि संरचना बाँकी नराख्ने अडान दाबी गरेको छ ।...
सुरु भयो घरजग्गा एक्स्पो

सुरु भयो घरजग्गा एक्स्पो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१ असोज, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। सभामुख डीपी अर्यालले प्रदर्शनी उद्घाटन गरेका छन्। प्रदर्शनी ४ असोजसम्म चल्नेछ।
अस्ट्रेलियाको आप्रवासन नीतिमा कडाइ

अस्ट्रेलियाको आप्रवासन नीतिमा कडाइ

अन्तर्राष्ट्रिय, पर्यटन, बिशेष, ब्यानर-२, समाचार
१ असोज,काठमाडौं । अस्ट्रेलियाको संघीय सरकारले आप्रवासन प्रणालीमा कडाइ गरेको छ । भिसा अवधि सकिएपछि पनि बस्ने,एउटा अस्थायी भिसाबाट अर्को भिसामा निरन्तर परिवर्तन गर्ने तथा प्रणालीको दुरुपयोग गर्नेहरूमाथि लक्षित नयाँ नियम ल्याएको छ। गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा नयाँ आप्रवासन सुधार नीति सार्वजनिक गर्दै सरकारको लक्ष्य शुद्ध वैदेशिक आप्रवासनलाई कम गर्ने बताएका छन्। बर्कका अनुसार सरकारले आप्रवासनलाई समर्थन गरे पनि आप्रवासन प्रणालीको दुरुपयोग गर्ने गतिविधि स्वीकार नगर्ने नीति लि इएको छ। नयाँ व्यवस्थाअन्तर्गत भिसा अवधि सकिएपछि अस्ट्रेलियामै बसिरहनेलाई लक्षित गरिनेछ । विद्यार्थी भिसा प्रयोग गरेर अर्को भिसामा निरन्तर जाने ‘भिसा हपिङ’ रोक्न पनि नियम कडा बनाइने जनाइएको छ। पर्यटक भिसालाई अस्ट्रेलियामा बसिरहने माध्यमका रूपमा प्रयोग हुन नदिन सबै भिजिटर भिसामा ‘नो फर...
संसद्‌भित्र छुट्टै समिति, रविको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइदै

संसद्‌भित्र छुट्टै समिति, रविको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइदै

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ भदौ, काठमाडौं ।प्राकृतिक विपद्पछिको अवस्थामा काम गर्ने गरी दुई वटा सर्वदलीय संयन्त्र बन्ने भएको छ । एउटा संसद् बहिर रहेका दलहरू र संसद्मा रहेका दलहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र र अर्को संसद्भित्र रहेका दलहरू रहेको संसदीय समिति ।आज बुधबार सिंहदरवारमा बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बन्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताए । लामिछानेको नेतृत्वको संयन्त्रमा नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी,श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल समावेश हुनेछन् । यसमा राष्ट्रिय जनमोर्चालाई पनि समावेश गर्ने बताइएको छ । रास्वपा प्रवक्ता खरेलले भने, ‘दिगो रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणको कुराको...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपाको माग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपाको माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ भदौं,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपा प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेका हुन्। सांसद खरेलले बाढी,पहिरो र कटानजस्ता घटनालाई दैवी प्रकोप भन्नु गलत भएको जिकिर गरे। ‘भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न नमिल्ने उनको भनाइ छ। प्रवक्ता खरेलले भने, ‘यी घटनाहरू या त प्राविधिक कमजोरी, या त वातावरण विनाश, वा अव्यवस्थित विकास निर्माणका कारण हुने गरेका छन्। त्यसैले यस्ता घटनालाई दैवी प्रकोप नभई प्राकृतिक विपत्ति मान्नुपर्छ र सोहीअनुसार राज्यले राहत तथा व्यवस्थापनको तयारी गर्नुपर्छ।’ उनले यस्ता घटनाहरू प्राकृतिक विपत्ति वा मानव सिर्जित विपत्ति भएको जिकिर गरे।उनले यस्ता विपत्...
रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

कृषि, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
२८ भदौं,पोखरा ।रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्। शनिबार भएको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। समितिको प्रथम उपाध्यक्षमा विकास भट्टराई,द्वितीय उपाध्यक्षमा योगेश भट्टराई,महासचिवमा वीरेन्द्र शेरचन निर्वाचित भएका छन्।यस्तै,सचिवमा रोशन जंग कार्की,कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा निर्वाचित भए। वैभव पौडेल,भीष्म राज पौडेल,लोकेश ढकाल,कृष्ण अधिकारी, सुमन भट्टराई, सुनिल बहादुर भट्टराई, राज बहादुर भुजेल र वसन्त न्यौपाने सदस्य पदमामा निर्वाचित भएका छन् ।...
माइतीघरमा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार

माइतीघरमा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार

ताजा अपडेट, ब्यानर-२, समाचार
२४ भदौ, काठमाडौं । माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार गरिएको छ। मंगलबार साँझ गोरखा घर भएकी ३० वर्षिया लक्ष्मीदेवी बस्नेतले आत्मदाह प्रयास गरेकी थिइन्। प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि उनलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एसपी दान बहादुर थापाले बताए।  युवतीलाई ट्रमा सेन्टर पठाइएको छ।  घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।...
नारायणगढ–मुग्लिन सडक आजदेखि आंशिक बन्द

नारायणगढ–मुग्लिन सडक आजदेखि आंशिक बन्द

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२२ भदौ,काठमाडौं ।नारायणगढ–मुग्लिन सडक खण्ड आज सोमबार बिहानदेखि आंशिक बन्द हुने भएको छ । तुइन खोला परिसरमा पहिरो रोकथाम कार्य गरिने भएकाले सवारी आवागमनमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको चितवन प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ। प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ ।‘ धादिङको कृष्णभिरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने छ ।‘  सूचनामा उल्लेख छ। नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे,१०ः३० बजेदेखि ११ बजे,दिउँसो १ बजेदेखि १ः३० बजे,३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ । तोकिएको समयमा बाहेक अन्य समयमा सवारी रोक्न बाध्य भइने जनाइएको छ ।...
ग्यास अभाव नहुने निगमको दाबी

ग्यास अभाव नहुने निगमको दाबी

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ भदौ,काठमाडौं । पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको नेपाल आयल निगमले जनाएको छ। तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्र्याएको निगमको भनाई छ । निगको तथ्यांक अनुसार १८ देखि २० भदौसम्म ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको छ। काठमाडौं,धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्मका लागि बारा,पर्सा,मकवानपुर,चितवन,नवलपरासी,धनुषा र महोत्तरी जिल्लामा अवस्थित उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाइएको छ । उपत्यका भित्रिएका ग्यासमा श्री,सूर्य,ओम,श्रीराम,सगर,साईबाबा,श्रीकृष्ण,श्रीमाया,लोकप्रिय , एभरेस्टरसुगम,नेपाल,एचपी,एसटीसी,सिद्धार्थ, हिमाल,सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर छन्।  ग्यास आपूर्ति तथा बिक्री वितरण व्यवस्थित बनाउने निगमको भनाइ छ ।...