ब्यानर-२

बाढीपहिरो बारेका गलत सूचना रोक्न टिकटकले नेपालमा थाल्यो ‘सर्च गाइड’

बाढीपहिरो बारेका गलत सूचना रोक्न टिकटकले नेपालमा थाल्यो ‘सर्च गाइड’

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१० साउन, काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउन सक्ने विपत्तिबारे यथार्थ र प्रमाणित जानकारी अपडेट गराउन नयाँ सर्च गाइड सुरु गरेको छ । प्राकृतिक विपद्को बेला प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन पहिल थालिएको टिकटकले विज्ञप्तिमार्फत जनाएको छ । अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन् । उक्त सर्च गाइडमार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपत् सूचना पोर्टल, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिका लागि आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने टिकटकको ट्रयाजिक इभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ । मानिसले सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्...
ए दुबई इनभाइट : आफन्तलाई घुमाऊ

ए दुबई इनभाइट : आफन्तलाई घुमाऊ

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
८ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘ए दुबई इनभाइट’ अभियान सुरु गरेको छ। अभियानअन्तर्गत दुबईका बासिन्दाले आफ्ना साथीभाइ वा परिवारका सदस्यलाई जुलाई २० देखि अक्टोबर ३१ सम्म दुबई भ्रमणका लागि आमन्त्रण गरेमा तीन हजार दिराम भन्दा बढी मूल्यका विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन्। अभियानमार्फत सहभागीहरूले होटल बसाइ,रेस्टुरेन्टमा भोजन तथा विभिन्न पर्यटकीय आकर्षणस्थलका प्रवेश टिकट लगायतका लाभ प्राप्त गर्ने व्यवस्था गरिएको छ। दुबई सरकारले यो अभियान गर्मीयाममा अपेक्षाकृत कम हुने पर्यटक आगमन बढाउने र यस वर्षको सुरुआतमा क्षेत्रीय द्वन्द्वका कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यले सञ्चालन गरेको जनाएको छ। यो अभियान जुलाई २० देखि सुरु भई अक्टोबर ३१ सम्म सञ्चालन हुनेछ।पर्यटन क्षेत्रलाई थप गतिशील बनाउँदै दुबईलाई ...
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन

‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन

बिशेष, ब्यानर-२, वातावरण, समाचार
७ साउन,काठमाडौं। सरकारले सञ्चालमा ल्याएको ‘हेलो सरकार’ मा बुधबार सम्म १ हजार ४४२ वटा गुनासो प्राप्त भएका छन्। प्राप्त गुनासोमध्ये अनलाइन पोर्टलमार्फत दर्ता भएका ३६२ वटा तथा प्राप्त ६०० फोन कलबाट ५६७ वटा गरी कुल ९२९ वटा गुनासो व्यवस्थापन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। उनका अनुसार बाँकी ८८७ वटा गुनासो सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि पठाइएको छ।  ...
शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा

शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार, स्वास्थ्य
६ साउन, काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक बजेट पारित भएको २३ दिनपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउन सरकार तयार भएको छ । प्रधानमन्त्री बालेन शाहले नै स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागु नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्रीले मंगलबार सामाजिक सञ्जालमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको भन्दै हटाइएको जानकारी दिएका हुन्। यो प्रावधानसहितको आर्थिक विधेयक (बजेट) प्रतिनिधिसभाबाट गत असार १४ गते पारित भएको थियो ।प्रतिनिधिसभाबाट बजेट पारित भएको २३ दिनपछि सरकार शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउन तयार भएको हो । संघीय संसद् सचिवालयका अनुसार आर्थिक विधेयकको दफा १८ ले करको दर हेरफेर पूर्ण वा आंशिक रूपमा गर्न सक्ने गरी सरकारलाई संसद्ले अ...
मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४ साउन,काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। भने देशका पहाडी भू–भागका धेरै स्थानमा,कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ।बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
३ साउन, काठमाडौं ।आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार १ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार २ सय रुपैयाँ रहेकोमा ४० रुपैंयाँ बढेर आज ४ हजार २४० रुपैयाँ पुगेको छ ।  ...
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड हिनामिना भएको निष्कर्ष

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड हिनामिना भएको निष्कर्ष

कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२ साउन, काठमाडौं । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला पारेको छ । यससम्बन्धी प्रतिवेदन स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनालाई बुझाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था उल्लङ्घन भएको तथा त्यसबाट नेपाल टेलिभिजनलाई आर्थिक नोक्सानी पुगेको उल्लेख छ । जसबाट करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको हानीनोक्सानी भएको देखिएको प्रतिवेदनमा जनाइएको छ । स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका...
मौसम पूर्वानुमान : विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३२ असार,काठमाडौं । आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । केही प्रदेशका धेरै स्थानमा दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकाले वर्षा भइरहेको छ। अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी, वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रेदशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी र वाग्मती प्रदेशको हिमाली भूभाग तथा को...
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन

सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ असार, काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ । उनीहरुको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । लगत्तै प्रहरीले उनीहरुलाई हटाएको थियो । प्रदर्शनमा सहभागीहरुले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  ...
फ्रान्सलाई हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
३१ असार, काठमाडौं । फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थिय पेनाल्टी बचाउन माहिर मानिएका गोलकिपर माइक मेग्ननलाई छक्काउँदै ओयार्जाबालले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे। १६ वर्षपछिको स्पेनको यो अग्रता खेलको ५८ औं मिनेटमा दोब्बर भयो । पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा उत्कृष्ट गोल गरे। गलत्त फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदान छिराउँदै खेलमा फर्कने प्रयास गर्यो । तर, स्पेनका गोलकिपर उनाई सिमोनले च...