ब्यानर-२

घट्यो गोलभेँडा , थोक मूल्य प्रतिकिलो ६ रुपैयाँ

घट्यो गोलभेँडा , थोक मूल्य प्रतिकिलो ६ रुपैयाँ

कृषि, ताजा अपडेट, ब्यानर-२, समाचार
३० असार,काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य अत्याधिक घटेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार सबै प्रकारका गोलभेँडाको मूल्यमा कमी आएको हो । तथ्यांकअनुसार सानो लोकल गोलभेँडा प्रतिकिलो ६ रुपैयाँमा झरेको छ । सोमबार प्रतिकिलो थोकमा ८ रुपैयाँमा किनबेच भएको थियो । यस्तै नेपाली ठूलो गोलभेँडा मंगलबार प्रतिकिलो थोकमा औसत ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो प्रतिकिलो ४० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी टनेलको गोलभेँडाको मूल्य पनि घटेको छ । हिजो सोमबार प्रतिकिलो १४ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा आज प्रतिकिलो १३ रुपैयाँ कायम भएको जनाइएको छ ।  ...
तोलामा २ हजार ८ सय घट्यो सुन

तोलामा २ हजार ८ सय घट्यो सुन

ताजा अपडेट, ब्यानर-२, समाचार
२९ असार,काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो ।यस्तै आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँ घटेको छ। अघिल्लो दिन ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३७५ रुपैयाँमा झरेको हो।  ...
आज यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

आज यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

कृषि, ताजा अपडेट, ब्यानर-२, समाचार
२८ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ४५,गोलभेँडा सानो लोकल प्रतिकिलो १२, गोलभेँडा सानो टनेल प्रतिकिलो २२,आलु रातो लाम्चो प्रतिकिलो ४६,आलु रातो गोलो प्रतिकिलो ४३, आलु रातो मुढे प्रतिकिलो ४४,आलु रातो भारतीय प्रतिकिलो ३२ रहेको छ । यस्तै सेतो आलु प्रतिकेजी ३२,प्याज सुकेको भारतीय प्रतिकिलो ५५ रहेको छ । गाजर लोकल प्रतिकिलो ११०, गाजर तराई प्रतिकिलो १००, बन्दा लोकल प्रतिकिलो ४०,काउली स्थानीय प्रतिकिलो ९०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला हाइब्रिड प्रतिकिलो ३०,भन्टा लाम्चो प्रतिकिलो २५ र भन्टा डल्लो प्रतिकिलो ४० कायम भएको जनाइएको छ । यसैगरि बोडी तने प्रतिकिलो ४०, मकै बोडी प्रतिकिलो ५०, घिउ सिमी ९लोकल० प्रतिकिलो ६०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ६०, घिउ सिमी ९राजमा० प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो...
नागार्जुनको सीताराम मावि र सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

नागार्जुनको सीताराम मावि र सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
२७ असार, काठमाडौं । नागार्जुन नगरपालिका–६ स्थित सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीको वडा ६ का अध्यक्ष देवेन्द्रराज गिरी,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुख प्रा। चो युन यी, निर्देशक योङ–सुन ओह लगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार दुवै संस्थाबीच शैक्षिक आदान–प्रदान,शिक्षक तथा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सहकार्य गरिने जनाइएको छ । उक्त सहकार्यले विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालसँग जोड्दै विद्यार्थी र शिक्षकका ला...
आयल निगमको निर्देशकमा ६ उम्मेदवारको नामावली सार्वजनिक

आयल निगमको निर्देशकमा ६ उम्मेदवारको नामावली सार्वजनिक

ब्यानर-२, राजनीति, समाचार
२६ असार, काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि रीतपूर्वक दरखास्त पेस गर्ने ६ उम्मेदवारको नामावली सार्वजनिक भएको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले बिहीबार उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो । सार्वजनिक सूची अनुसार कार्यकारी निर्देशक पदका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमा प्युठानका छविराज पोख्रेल, प्युठानकै कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव छन् । यसैगरी धनुषाका नागेन्द्र साह, महोत्तरीका सरोजकुमार शर्मा र सप्तरीका दीपेन्द्रकुमार देवको नाम पनि उम्मेदवारको सूचीमा समावेश छ । छनौट प्रक्रिया अन्तर्गत उम्मेदवारहरूले अब व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्ने छ ।  ...
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको  उद्धार

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको उद्धार

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
२६ असार, तनहुँ। तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् । नदीको बिचम अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । राति साढे ११ बजे उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीको भनाइ छ ।...
गुल्मीमा गुणस्तरहीन  मह नष्ट

गुल्मीमा गुणस्तरहीन मह नष्ट

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
२४ असार,गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको करिब ४०० केजी मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले त्यहाँबाट करिब ४०० केजी महजस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको पदार्थको वास्तविक गुणस्तर यकिन गर्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय,तानसेन,पाल्पामा नमुना परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा परीक्षण गरिएका मापदण्डका आधारमा उक्त नमुना नेपाल सरकारले तोकेको महको गुणस्तर मापदण्डअनुसार नरहेको उल्लेख भएपछि त्यसलाई अखाद्य पदार्थका रहेको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । ...
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२४ असार,काठमाडौं । आज बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै चाँदी तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०० रुपैयाँमा झरेको छ ।...
सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा. तिमिल्सिना

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा. तिमिल्सिना

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२४ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका प्रतिनिधिहरुसँगको भेटमा मंगलबार उनले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए। सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५ र यससम्बन्धी अन्य कानुनले व्यवस्था गरेका संयन्त्रलाई सुदृद्ध गरिने मन्त्री तिमिल्सिनाको भनाइ छ। सरकारले सुशासनलाई मुख्य एजेण्डा बनाएकाले सूचनाको हकका माध्यमबाट भ्रष्टाचार न्यूनीकरणको प्रबन्ध मिलाइने पनि उनले सुनाए। उनले राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्न लागिएको समेत जानकारी दिए ।  ...
निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
२३ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सो विषय उजागर गरेका हुन् । काठमाडौं–तराई द्रुतमार्ग बारे बोल्दै मन्त्री लम्सालले हाल जिरो प्वाइन्ट लगायतका धेरै समस्याहरू समाधानको अन्तिम चरणमा पुगेको स्पष्ट पारे । पाल्पाको सिद्धबाबा खण्ड लगायतका सडकमा बजेट अभाव भएको भन्ने सांसदहरूको जिज्ञासामा मन्त्री लम्सालले अत्यावश्यक सडकहरूका लागि कार्यविधिअनुसार बजेट व्यवस्थापन गरिने आश्वासन दिए । ‘पालिकास्तरका सडक मर्मत तथा निर्माणका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ । कार्यपालिकाले पारित गरेका र धेरै जनसंख्याले प्रयोग गर्ने सडकलाई प्राथमिकता दिएर बजेट कार्यान्वयन गरिनेछ,’ मन्त...