वातावरण

ए दुबई इनभाइट : आफन्तलाई घुमाऊ

ए दुबई इनभाइट : आफन्तलाई घुमाऊ

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
८ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘ए दुबई इनभाइट’ अभियान सुरु गरेको छ। अभियानअन्तर्गत दुबईका बासिन्दाले आफ्ना साथीभाइ वा परिवारका सदस्यलाई जुलाई २० देखि अक्टोबर ३१ सम्म दुबई भ्रमणका लागि आमन्त्रण गरेमा तीन हजार दिराम भन्दा बढी मूल्यका विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन्। अभियानमार्फत सहभागीहरूले होटल बसाइ,रेस्टुरेन्टमा भोजन तथा विभिन्न पर्यटकीय आकर्षणस्थलका प्रवेश टिकट लगायतका लाभ प्राप्त गर्ने व्यवस्था गरिएको छ। दुबई सरकारले यो अभियान गर्मीयाममा अपेक्षाकृत कम हुने पर्यटक आगमन बढाउने र यस वर्षको सुरुआतमा क्षेत्रीय द्वन्द्वका कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यले सञ्चालन गरेको जनाएको छ। यो अभियान जुलाई २० देखि सुरु भई अक्टोबर ३१ सम्म सञ्चालन हुनेछ।पर्यटन क्षेत्रलाई थप गतिशील बनाउँदै दुबईलाई ...
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन

‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन

बिशेष, ब्यानर-२, वातावरण, समाचार
७ साउन,काठमाडौं। सरकारले सञ्चालमा ल्याएको ‘हेलो सरकार’ मा बुधबार सम्म १ हजार ४४२ वटा गुनासो प्राप्त भएका छन्। प्राप्त गुनासोमध्ये अनलाइन पोर्टलमार्फत दर्ता भएका ३६२ वटा तथा प्राप्त ६०० फोन कलबाट ५६७ वटा गरी कुल ९२९ वटा गुनासो व्यवस्थापन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। उनका अनुसार बाँकी ८८७ वटा गुनासो सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि पठाइएको छ।  ...
मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७ साउन,काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुुसार आज राति देशका हिमाली भूभागका थोरै स्थानम...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६ साउन,काठमाडौं ।हाल देशभर रहेको मनसुनी वायुको प्रभावले गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केहि स्थानमा कोशी,लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ।देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भू–भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  कोशी,बागमती,गण्डकी,लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेस प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्र...
बझाङ केन्द्रविन्दु भएर भूकम्प

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
६ साउन,बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बुधबार बिहान ४ः४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।क्षतिको विवरण ६ साउन,बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ४स्४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।क्षतिको विवरण भने, प्राप्त भएको छैन ।    ...
मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४ साउन,काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। भने देशका पहाडी भू–भागका धेरै स्थानमा,कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ।बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ

अर्थतन्त्र, कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३ साउन, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयको पहलमा सुरु गरिएको परीक्षण सफल भएपछि आगामी सातादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ। मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ। ई–टिकेटिङ प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीले सहज सेवा पाउने विश्वास लिइएको छ।...
मौसम पूर्वानुमान : यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान : यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२ साउन,काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी र तराई भूभागको धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।उता राति पनि देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली...
मौसम पूर्वानुमान : विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३२ असार,काठमाडौं । आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । केही प्रदेशका धेरै स्थानमा दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकाले वर्षा भइरहेको छ। अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी, वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रेदशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी र वाग्मती प्रदेशको हिमाली भूभाग तथा को...
नागढुंगा सुरुङमार्ग साउनमा सञ्चालन गरिने ,प्रयोग दस्तुर कति ?

नागढुंगा सुरुङमार्ग साउनमा सञ्चालन गरिने ,प्रयोग दस्तुर कति ?

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३१ असार,काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा सुरुङमार्ग’ यही साउनभित्रै सञ्चालनमा आउने भएको छ। सडक विभागअन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार अब केही दिनभित्रै उद्‌घाटनको मिति तय हुनेछ। सुरुङमार्गको सम्पूर्ण काम सकिएकाले अहिले सञ्चालनको तयारी भइरहेको आयोजनाले जनाएको छ। काठमाडौंको नागढुंगाबाट धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग दुई हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ। सुरुवाती ठेक्का सम्झौतानुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन सकेको थिएन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते यो सुरुङमार्गको शिलान्यास गरेका थिए। हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको थियो। जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरक...