विश्व वातावरण दिवश २०२४ : ‘हाम्रो भूमि,हाम्रो भविष्य’
सीता पौडेल(अर्चना)
काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज बुधबार विश्व वातावरण दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसंघले १६ जुन १९७२ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेपछि विश्वभर वातावरण संरक्षणका लागि जनचेतना जगाउनु पर्ने अन्तराष्ट्रिय ऐक्यबद्धता बनेको थियो ।त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न ५ जून,१९७३ मा विश्वकमा पहिलो पटक विश्व वातावरण दिवस अन्तराष्ट्रियकरण गरिएको हो ।यसरी संयुक्त राष्ट्रसंघले आह्वान गरे अनुसार नै प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउन थालियो ।
नेपालको संविधानले मौलिक हकका रुपमा वातावरण सम्बन्धी हकको व्यवस्था गरेको छ । संविधाको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूत गरिएको छ ।
यो वर्षको वातावरण दिवस भूमि बचाउसँग केन्द्रित छ। भूमि पुनःस्थापना,मरुभूमिकरण र खडेरी प्रतिरोधात्मकतामा दिवसला...






