वातावरण

कास्कीमा बाढीले पुल र होटल बगाउँदा पदमार्ग र सडक ठप्प

कास्कीमा बाढीले पुल र होटल बगाउँदा पदमार्ग र सडक ठप्प

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२९ असार, काठमाडौं। अविरल वर्षासंगै आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउली बजारमा रहेको दीलिप गुरुङको घर र होटल बगाएको छ। स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताएका छन्। उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ। यसैगरी बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ। ...
मौसम पूर्वानुमान :आज यी ठाउँमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान :आज यी ठाउँमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२८ असार,काठमाडौं । आज देशभर अधिकांश बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू–भागका केही स्थानमा  आज मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षासहित हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी,बागमती,गण्डकी तथा मधेश प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशसहित कोशी,बागमती,गण्डकी,लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।...
आजदेखि सरकारी खाता बन्द हुँदै

आजदेखि सरकारी खाता बन्द हुँदै

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२५ असार, काठमाडौं । आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अघि सरकारी खाता ‘फ्रिज’ गर्ने व्यवस्था छ। यसर्थ अब सात दिन संघ,प्रदेश र स्थानीय तहका सरकारी खाता बन्त हुनेछन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति १२ बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपत्कालीन खर्चका लागि निकासा खुला गर्न सकिने बताइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म सरकारको कुल बजेटको ८ प्रतिशत अर्थात १५ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ। जसमध्ये पूँजिगत खर्च १ खर्ब ६३ अर्ब १७ करोड अर्थात ...
आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२५ असार,काठमाडौं। आज देशभर साधरणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ । उता राती पनि अधिकांश बादल लाग्नेछ। कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कोशी,बागमती,गण्...
काठमाडौँ उपत्यका र काभ्रेमा बर्डफ्लु सङ्क्रमण यथावत्

काठमाडौँ उपत्यका र काभ्रेमा बर्डफ्लु सङ्क्रमण यथावत्

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
२४ असार,ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा,मोरङ, सुनसरी,महोत्तरी,बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा.मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहेको र त्यस मध्येमा काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी,१० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ। त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी,एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ।विभागले जोखिमयुक्त क...
मौसम पूर्वानुमान : यी प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ तथा देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा र मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ । देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ । उता राति पनि देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । भने,मधेस प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानम...
निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
२३ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सो विषय उजागर गरेका हुन् । काठमाडौं–तराई द्रुतमार्ग बारे बोल्दै मन्त्री लम्सालले हाल जिरो प्वाइन्ट लगायतका धेरै समस्याहरू समाधानको अन्तिम चरणमा पुगेको स्पष्ट पारे । पाल्पाको सिद्धबाबा खण्ड लगायतका सडकमा बजेट अभाव भएको भन्ने सांसदहरूको जिज्ञासामा मन्त्री लम्सालले अत्यावश्यक सडकहरूका लागि कार्यविधिअनुसार बजेट व्यवस्थापन गरिने आश्वासन दिए । ‘पालिकास्तरका सडक मर्मत तथा निर्माणका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ । कार्यपालिकाले पारित गरेका र धेरै जनसंख्याले प्रयोग गर्ने सडकलाई प्राथमिकता दिएर बजेट कार्यान्वयन गरिनेछ,’ मन्त...
सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने

सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
२२ असार,काठमाडौं ।सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ । सोमबार राष्ट्रियसभा बैठकमा बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा उक्त प्रावधान राख्न लागिएको बताए । सगरमाथामा आरोहणको चाप निकै बढेको भन्दै उनले आरोहणको चाप बढाउँदै लैजाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वभाविक रहेको बताए । मन्त्री पौडेलले हालको अवस्थामा भारतीय पर्यटकहरूको ठूलो चाप देखिएको बताए । पर्यटन प्रवर्द्धनका लागि सरकारी,निजी,गैर–सरकारी,दातृ निकाय र डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।  ...
समाखुशीमा पर्खाल भत्किएपछि जोखिमयुक्त स्थानलाई जोखिम मुक्त बनाउन पहल

समाखुशीमा पर्खाल भत्किएपछि जोखिमयुक्त स्थानलाई जोखिम मुक्त बनाउन पहल

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
२२ असार,काठमाडौं । शनिबार राती परेको पानीले काठमाडौं महानगरपालिका वडा नं. ३ सामाखुसी खोला चिरायु अस्पताल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नजिक पर्खाल भत्काएपछि ८ वटा घर जोखिममा परे। घरलाई जोखिममुक्त बनाउन महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेल नेतृत्वको टोलीले जोखिमयुक्त स्थानलाई जोखिममुक्त बनाएको छ। कल्भर्टबाट आएको वेग गतिको पानीले खोलाको पर्खाल भत्काएपछि ।तत्काल ८ घर जोखिममा देखिएका छन् । महानगरपालिकाले विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बल सम्मिलित क्यूआरटी (क्वीक रेस्पोन्स टीम)ले प्रतिकार्यका लागि वडाको विपद व्यवस्थापन समितिलाई सक्रिय बनाइएको विभागका प्रमुख अनिरुद्र नेपालले बताए । स्थानीयका अनुसार यहाँ ढल निकासको क्षमता कमजोर हुनुका साथै बर्खाको पानीले प्लास्टिक,बालुवा, माटो बगाएर ल्याएपछि नदी जाम हुनुे समस्या छ ।  ...
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
२२  असार,काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोर अन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयद्धारा आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनसम्बन्धी छलफलमा कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना उनले सुनाए। कार्यक्रममा उनले आर्थिक समद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरला राजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने र मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए। मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या समाधानका लागि पर्यटक ‘टाइम कार्ड’ लागू गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री पौडेलले सम्बन्धित निकायलाई निर्द...