वातावरण

किसान सूचीकरण तीव्र,२६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध

किसान सूचीकरण तीव्र,२६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध

अर्थतन्त्र, कानुन, कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२२ असार,काठमाडौं । किसान सूचीकरण कार्यक्रमले तीव्रगति लिएको छ ।नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, २०७५ अनुरूप किसान सूचीकरण कार्यक्रम देशभर राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको हो। यो कार्यक्रम सरकारको १०० बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समेटिएको छ ।सरकारले आर्थिक वर्ष २०८२ ÷८३ को असार मसान्तसम्म २४ लाख ५० हजार किसान सूचीकृत हुने लक्ष्य लिइएको छ । पछिल्लो समय कृषि, वन तथा पर्यावरण मन्त्रालयको विशेष सक्रियता, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वय र स्थानीय तहको निरन्तर प्रयासबाट हालसम्म उल्लेख्य सङ्ख्यामा किसान सूचीकरण भएका छन् । देशैभरबाट २६ लाख ४५ हजार किसान परिवार अर्थात ६४ प्रतिशत किसान आबद्ध भएको मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले उल्लेख गरेको छ ।आगामी आव देखि किसान वर्गीकरणसहित परिचयपत्र वितरण गर्ने तयारी मन्त्रालयको छ ...
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१६ असार ,तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ। करिब दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० रुद्राक्षका बिरुवा रोपिएको हो । डिभिजन वन कार्यालय तनहुँको समन्वय तथा मालागिरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा सुरु गरिएको अभियानले वन संरक्षणसँगै धार्मिक,पर्यावरणीय तथा आर्थिक महत्त्व बोकेको वन क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । सगरमाथा वृक्षरोपण महाअभियानको अवसर पारेर उक्त ठाउँमा रुद्राक्ष रोपण गरिएको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले रुद्राक्ष रोपण अभियानले नगरको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।  ...
काभ्रेमा किसानहरूले महादेवको पूजा गरेर मागे पानी

काभ्रेमा किसानहरूले महादेवको पूजा गरेर मागे पानी

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३ असार, काभ्रेपलाञ्चोक । लामो समयदेखि वर्षा नभएर बालीनाली सुक्न थालेपछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० र ८ का किसानहरूले महादेवको पूजा गरेर पानी मागेका छन् । मण्डनदेउपुर नगरपालिका–१० का किसानले मण्डन क्षेत्रकै सबैभन्दा अग्लो थानडाँडा (थामीडाँडा) स्थित महादेव मन्दिरमा विशेष पूजा गरि वर्षाको कामना गरेका हुन् । यस्तै मण्डनदेउपुर नगरपालिका–८ का किसानले पनि नरसिंगेश्वोर महादेव मन्दिरमा महारुद्री लगाएर महादेवसँग पानी मागेका छन् । लामो समयसम्म आकाशबाट पानी नपर्दा यस क्षेत्रमा यस्तो परम्परा प्रचलनमा रहे पनि पछिल्ला केही वर्षदेखि यो चलन कम देखिएको थियो । यसपटक भने जोगिटार र धाईटारका सयौँ किसानले फेरी भगवानसँग पानी मागे । कृषि उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै उनीहरुले ‘हर हर महादेव, पानी देऊ’ भन्दै महादेवको पूजा–आराधना गरी वर्षाको कामना गरेका छन् ।किसानका अनुसार यसरी पूजा ग...
मनसुन थप सक्रिय हुँदै,आगामी हप्ता धेरै ठाउँमा वर्षाको सम्भावना

मनसुन थप सक्रिय हुँदै,आगामी हप्ता धेरै ठाउँमा वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१३ असार,काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी हप्ता मनसुन थप सक्रिय हुने र धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ। खासगरि मङ्गलबारपछि देशका केही स्थानहरुमा धेरै भारीसम्म वर्षा हुनेछ । आज राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । आइतबार राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ। सोमबारदेखि देशभर साधारणतया बादल लाग्ने तथा देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ भने,तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहि...
मौसम पूर्वानुमान : कुन ठाउँमा छ वर्षाको सम्भावना ?

मौसम पूर्वानुमान : कुन ठाउँमा छ वर्षाको सम्भावना ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१० असार,काठमाडौं । हाल देशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव पनि  छ। जसको प्रभावले हाल देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ तर बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा च...
मौसम पूर्वानुमान : कहाँ कहाँ पर्ने छ पानी ?

मौसम पूर्वानुमान : कहाँ कहाँ पर्ने छ पानी ?

ताजा अपडेट, ब्यानर-१, वातावरण
 ९ असार, काठमाडौं । हाल देशमा मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।तर अन्य प्रदेशका बाँकी पहाडी तथा तराई भूभागमा भने बादलमात्र लाग्ने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । उता राति भने आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली र पहाडी भूभा...
मौसम पूर्वानुमान  :  सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४ असार, काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मौसम बदली भइरहेकोछ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र कोशी र मधेस प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेुका साथै। बागमती गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती,गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशको तराईका पनि एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानह...
पुनः प्रभावशाली बन्दै सिंहदरबार वैद्यखाना

पुनः प्रभावशाली बन्दै सिंहदरबार वैद्यखाना

कृषि, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
४ असार, काठमाडौं । देशकै पुरानो आयुर्वेद औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखाना पुनः प्रभावशाली बन्दै छ । वषौंदेखि अस्तित्वको लडाइँ लड्दै गरेको यो आयुर्वेद औषधालयमा औषधी उत्पादन र प्याकेजींग भइरहेको छ । यतिवेला वैद्यखानाका निर्देशक डा. प्रदीप केसी छन् । योसँगै उनको नेतृत्वले सो कम्पनीलाई पुनःजीवित गराएको छ ।संस्थागत संरचना, निर्णय प्रक्रिया र व्यवस्थापनका कमजोरी,नेतृत्व स्थायित्वको अभाव,राजनीतिक हस्तक्षेप र अधिकारहीन व्यवस्थापनले यसमा चुनौती थपेको निर्देशक डा. केसीको ठहर छ । उनका अनुसार वैद्यखानाको पुनर्जागरणको एउटा महत्वपूर्ण मोड कोशी प्रदेशसँगको सरकारी–सरकारी (जीटुजी) सम्झौता पनि हो ।प्रदेशका स्वास्थ्य संस्थालाई आवश्यक आयुर्वेदिक औषधि उपलब्ध गराउने जिम्मेवारी पाएपछि संस्थाले आफ्नो उत्पादन क्षमता प्रमाणित गर्ने अवसर पायो ।  ...
चिया निर्यातमा भारतीय अवरोध :  उद्योग बन्द गर्ने उद्योगीको घोषणा

चिया निर्यातमा भारतीय अवरोध : उद्योग बन्द गर्ने उद्योगीको घोषणा

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३१ जेठ, काठमाडौं । नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असार (भोलि) देखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको जनाएको हो । भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ । जटिल गुणस्तर जाँच, अपारदर्शी नतिजा र भण्डारणको अभाव जस्ता समस्याले गर्दा ठूलो परिमाणमा तयारी चिया थन्किएको छ । एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले अहिले करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको बताएका छन् ।भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट महिनाौंसम्म नदिने र रिपोर्टमा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता ...
पिच भयो नौबिसे–धार्के सडकखण्ड

पिच भयो नौबिसे–धार्के सडकखण्ड

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
३१ जेठ, काठमाडौं । नौबिसे–मलेखु सडक खण्डको धार्के क्षेत्रमा कालोपत्रे गरिएको छ । तीन किलोमिटर बेस फाइनल गरेर कालोपत्रे गरिएको हो । घाटबेसी क्षेत्रमा पनि कालोपत्रको काम सुरु भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको हो। पश्चिम एसियामा जारी युद्धको कारण अत्यधिक मूल्यवृद्धि भएको र कच्चा पदार्थसमेत आयात गर्न नसकिएका कारण काम रोकिएको थियो । मन्त्री  लम्सालले मूल्य समायोजन गर्ने आश्वासन दिएपछि र स्थानीय पालिकाहरुबाट निर्माण सामग्री प्रबन्ध मिलाउन सहजीकरण गरेपछि निर्माण व्यवसायीले काम सूचारु गरेका हुन् ।  ...