वातावरण

मौसम पूर्वानुमान : देशका विभिन्न भागमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : देशका विभिन्न भागमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२९ जेठ, काठमाडौं ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी,मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।  कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।बागमती,गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उता आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।साथै मधेश प्रदेश,बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भूभाग...
बर्डफ्लु पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट

बर्डफ्लु पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
२८ जेठ,भरतपुर चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण देखिएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ। खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दानासहित कुखुरा नष्ट गरिएको हो। पशु सेवा कार्यालय चितवनका अनुसार यही जेठ २३ गते कुखुरामा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि भएपछि जेठ २४ गतेदेखि कुखुरा नष्ट गर्न सुरु गरिएको कार्यालय प्रमुख डा.प्रभात न्यौपानेले जानकारी दिए। उनका अनुसार लगातार तीन दिनसम्म कुखुरा नष्ट गरेपछि मङ्गलबार फार्म पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको हो।सो फार्मबाट एक हजार ४०५ पेटी अण्डा, १२ टन दाना नष्ट गरिएको छ।...
आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । वातावरण संरक्षण,जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि आजको आवश्यकता रहेको छ । विश्व वातावरण दिवसका अवसरमा विभिन्न संस्थाहरुले आज शुक्रबार वृक्षारोपणसहित देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै छन् । स्विडेनको स्टकहोममा पहिलो पटक सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म  विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरण संरक्षणका लागि विश्वका देशहरू एकै ठाउँमा उभिएको त्यो पहिलो ठूलो ऐतिहासिक पाइला थियो ।त्यही सम्मेलनको सम्झना र महत्त्वलाई कदर गर्दै संयुक्त राष्ट्रसंघले जुन ५ लाई ‘विश्व वातावरण दि...
आजको मौसम : पहाडमा वर्षा, तराईमा गर्मी

आजको मौसम : पहाडमा वर्षा, तराईमा गर्मी

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२१ जेठ, काठमाडौं । हाल मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव छ । जसको प्रभावले मौसम परिवर्तन भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र केही जिल्लामा आज बिहिबार तातो दिन हुने सम्भावना रहेको जनाएको छ । हिमाली तथा पहाडी भागका केही स्थानमा भने पानी पर्नेछ  । दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली तथा पहाडी भागका केही तथा मधेश र कोशी प्रदेशका तराईका एकरदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षे...
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, स्वास्थ्य
२० जेठ,मधेस प्रदेश । दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले ‘लु’ को महामारी फैलिनसक्ने जल तथा मौसम विज्ञान कार्यालय,जनकपुरले जनाएको छ । ‘लु’ का कारण मानिसमा अत्यधिक थकान, कमजोरी, बेहोस र बान्ता हुने तथा अधिक तिर्खा लाग्ने,लगायतका लक्षण देखिन्छ । डाक्टरहरूले ‘लु’ बाट बच्न तिर्खा नलागे पनि दिनको आठ गिलास पानी पिउन,घरभित्र वा चिसो ठाउँमा रहन,घाममा हिँडडुल नगर्न,हलुका लुगा लगाउन,घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न,पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएका छन् । पानीको सट्टा बियर,कफी,सोडाजस्ता पेयपदार्थ झनै हानिकारक हुने हुँदा पानीमा नै जोड दिन पनि डाक्टरहरुले सुझाएका छन् ।...
महानगर यातायात प्रालिले थप्यो १६ नयाँ विद्युतीय बस

महानगर यातायात प्रालिले थप्यो १६ नयाँ विद्युतीय बस

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२० जेठ, काठमाडौं । महानगर यातायात प्रा.लि.ले नयाँ विद्युतीय बसहरुमार्फत सेवा विस्तार गरेको छ । बुधवारदेखि काठमाडौंको चक्रपथमा गुड्ने गरी १६ वटा विद्युतीय बस थप सन्चालनमा आएको हो ।   उभिएर यात्रा गर्ने यात्रीहरुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको ३३ सिट क्षमताका सो बसमा एकै पटक ७० जना यात्रीले यात्रा गर्न सक्ने छन् ।उक्त बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ छ । महानगर यातायात प्रालिले गत वर्ष असारमा १२ वटा विद्युतीय बसहरु काठमाडौंको चक्रपथभित्र सञ्चालन गरेको थियो ।थप सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको बताए। सचिव नेपालले व्यवसायीका लागि आय आर्जनका हिसाबमा राम्रो देखिएको भन्दै अन्य यातायात व्यवसायीलाई समेत विद्युतीय बस सञ्चालनमा जान सुझाव पनि दिएका छन् ।  ...
वर्षा घट्यो,तराई मधेशमा पुनः गर्मी बढ्दै

वर्षा घट्यो,तराई मधेशमा पुनः गर्मी बढ्दै

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१९ जेठ,काठमाडौं ।मनसुन भित्रिन अझै केही दिन लाग्ने र पश्चिमी वायुको प्रभाव पनि कमजोर देखिएकाले आउँदो एक हप्ता गर्मी बढ्दै जाने सम्भावना देखिएको छ । यसको प्रभाव तराई मधेशका जिल्लाहरुमा बढी देखिने मौसमविदहरुले बताएका छन् । उनीहरुका अनुसार अबका केही दिन पानी पर्न कम हुने भएकाले गर्मी बढ्ने अधिक सम्भावना रहेको हो । मौसमविद उज्ज्वल उपाध्यायले भने, ‘आउँदो एक हप्ता त्यति सजिलो छैन ।अब एक साता गर्मी बढ्दै जाने देखियो । तराई पुनः पाक्ने भयो ।’ मनसुनी बादल सोमबार दिउँसो भारतको पश्चिमीघाट र केरला पुगे पनि बादलको घनत्व र गती दुवै कमजोर देखिएकाले यो प्रणाली नेपालसम्म आइपुग्न केही दिन लाग्ने अनुमान गर्दै उनले सुरुवाती मनसुन अति नै कमजोर हुने सम्भावना रहेको उनले बताए । अघिल्ला दिनहरुमा विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएको थियो । तर अब तापक्रम विस्तारै उका...
मौसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१७ जेठ,काठमाडौँ ।हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा,स्थानीय वायु तथा पश्चिम देखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। जसको प्रभावले मौसम परिवर्तन भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ। बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।...
पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर

पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर

कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, राजनीति, वातावरण, समाचार
१४ जेठ, पोखरा । पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ । त्यहाँको सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको छ ।  ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए । नेकपानिकट मजदुर संगठनले पनि त्यहाँ स्थायी संरचना बनाएको थियो । हङकङ बजारको अगाडि आज बुधबार डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालय समेत रहेकोछ । संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो।...
खोज/उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा

खोज/उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३ जेठ,काठमाडौँ । सरकारले एक सय ३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुनेछन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकार्य योजनासमेत तयार पारी लागू भइसकेको छ। उनले निकायहरूलाई जिम्मेवारी तोकिइसकेको पनि बताइन् । मनसुनी विपद्का बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५२४,नेपाल प्रहरीका १० हजार ५८५ र सशस्त्र प्रहरीबाट १३४ गोताखोरसहित आठ हजार ११० जना तयारी अवस्थामा राखिएको र उनीहरू आवश्यकताका आधारमा ७७ वटै जिल्लामा खोज तया उद्धारका लागि जनशक्ति तयार पारिएको उनको भनाइ ...