वातावरण

म्याग्दीमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण

म्याग्दीमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण

अर्थतन्त्र, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-२, वातावरण, समाचार
९ जेठ,म्याग्दी । जिल्ला प्रहरी कार्यालयको परिसरमा नागरिक सहायता र प्रहरी परिचालन कक्षको भवन निर्माण भएको छ । ३५ लाख बराबरको लागतमा दुई तले भवन निर्माण गरेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। “पुरानो साँघुरो भवनबाट सेवा प्रवाहमा असहज भएपछि त्यसलाई भत्काएर नयाँ बनाइएको हो,” उनले भने “सरकारी निकायको बजेट खर्च नगरी म्याग्दीमा निर्माणाधीन जलविद्युत आयोजना र दाताहरूको सहयोगबाट भवनका साथै प्रवेशद्वार र शौचालय निर्माण भएको छ ।” ३८ जना दाताहरूले उपलब्ध गराएको निर्माण सामग्री,नगदको विवरण भवनमा सूचना पाटी बनाएर सार्वजनिक गरिएको छ । नयाँ भवनको भुईँ तलामा सहायता कक्ष छ भने पहिलो तलामा बहुउद्देश्यीय सभा हल तथा बैठक कक्ष बनाइएको छ । दाताहरूमा म्याग्दीखोला जलविद्युत आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेजले रु.  चार लाख ७२ हजार चार सय ७८, कालीगण्डकी गर्जले रु. चार लाख, मध्य कालीगण्डक...
आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
९ जेठ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । आज शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाको भनाई छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना र...
काठमाडौँ भित्रने साँगा नाकामा धमाधम काम

काठमाडौँ भित्रने साँगा नाकामा धमाधम काम

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ। अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत साँगामा अण्डरपास निर्माण कार्य भइरहेको हो । हाल सूर्यविनायक–धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । साँगा क्षेत्रमा अग्लो पहाड भएकाले सडकलाई तलमाथि छुट्टाछुट्टै दुई–दुई लेनमा निर्माण गरिएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि बाँयातर्फ दुई लेनको एकतर्फी अण्डरपास  छ । आयोजनाका अनुसार साँगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारीसाधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो । साथै, साँगाचोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्वाध बनाउने उद्देश्यसमेत रहेको जनाइएको छ । अण्डरपासको कुल लम्बाइ एक हजार १ सय १० मिटर रहेको...
पश्चिमी तराईमा अत्यधिक गर्मी: धनगढीको तापक्रम ४१ डिग्री पुग्ने अनुमान

पश्चिमी तराईमा अत्यधिक गर्मी: धनगढीको तापक्रम ४१ डिग्री पुग्ने अनुमान

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
६ जेठ,काठमाडौं । बुधबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा अत्यधिक गर्मी हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो यी क्षेत्रमा तापक्रम निकै बढ्ने सम्भावना छ। पश्चिमी तराईका अधिकांश सहरमा दिउँसो कडा घाम लाग्ने र ‘तातो दिन’ महसुस हुनेछ। आज सबैभन्दा बढी गर्मी धनगढीमा हुने पूर्वानुमान छ। त्यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यसैगरी नेपालगञ्जको तापक्रम ३८ देखि ४० डिग्री, दिपायलको ३७ देखि ३९ डिग्री तथा भैरहवा र वीरेन्द्रनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्नेछ। यी सहरहरूमा वर्षाको कुनै सम्भावना नरहेकाले दिउँसोको समयमा अत्यधिक गर्मी हुने महाशाखाकोा भनाइ छ । आज देशका पहाडी तथा पूर्वी भू–भागमा भने मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। काठमाडौँसहित पोखरा,सिमरा,ओखलढुङ्गा,धनकुटा,विराटनगर,धरान,जिरी ...
आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
४ जेठ,काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश,बागमती र गण्डकी प्रदेश लगायतका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भू–भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ । हिमाली, पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। उता राति पनि कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी , बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  ...
बेनी–जोमसोम–कोरला सडकमा ५ वटा पुल बनाउन अर्थ मन्त्रालयले दियो स्रोत सहमति

बेनी–जोमसोम–कोरला सडकमा ५ वटा पुल बनाउन अर्थ मन्त्रालयले दियो स्रोत सहमति

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
१ जेठ, काठमाडौं ।उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि अर्थ मन्त्रालयले ९६ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिएको छ । मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि मन्त्रालयले स्रोत सहमति दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले बताइन् । आयोजना अनुसार कोरला सडकअन्तर्गत पर्वत–म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना,थासाङ–२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थान,थासाङ गाउँपालिका–टुकुचेस्थित थापाखोलाको बेलिब्रिज रहेको स्थानमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो । पाँच वटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रिया गरिने प्रमुख शर्माले जानकारी दिइन्।उत्तर - दक्षिण जोड्ने कोरला सडक आयोजना अन्तर्...
एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
२९ वैशाख, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो । तर धनगढी उप महानगरपालिका–७ पटेलामा बनिरहेको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण निर्माण पक्षले समयमै सम्पन्न गरेपनि सञ्चालनमा आउन भने सकेको छैन् । सुदूरपश्चिममा एडिबीले चार वटा पालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनौट गरेको भएपनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेन । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र बनेका छन् । सञ्चालनमा आएका फोहरमैला व्यवस्थापन क...
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२९ वैशाख,म्याग्दी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन्। स्थानीयका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए ।...
देवघाटधामको पहिचान र संस्कृति अब स्थानीय पाठ्यक्रममा

देवघाटधामको पहिचान र संस्कृति अब स्थानीय पाठ्यक्रममा

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
२८ वैशाख,तनहुँ ।देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान,संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ । पालिकाको पहिचान,संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले आधारभूत तह (कक्षा १–५ र ६–८० का लागि ‘ हाम्रो देवघाट’ नामक पाठ्यक्रम चालु शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको पालिकाले जनाएको छ । उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका ३५ वटै सामुदायिक विद्यालयमा अध्यापन गराइनेछ ।पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व,स्थानीय पर्यटकीय स्थल,जनजीवन,वनस्पति तथा यहाँका जातजातिका संस्कारलाई प्राथमिकताका साथ समेटिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले शिक्षालाई जीवन उपयोगी बनाउन र देवघाटको पहिचान उजागर गर्नुका साथै संरक्षण र प्रबद्र्धन गर्न पाठ्यक्रमले महत्वत्वपूर्ण भूमिक खेल्ने बताए। ...
गुन्द्रुक,कोदो,भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध

गुन्द्रुक,कोदो,भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध

कृषि, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२७ वैशाख, काठमाडौं । अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक,कोदो,भटमास,फापर,मकै लगायत खाद्य सामग्री आयातमा कडाइ गर्दै तत्कालका लागि रोक लगाएको छ । नेपालबाट निर्यात गरिएका यस्ता सामग्रीमा किरा भेटिएको र उपचार प्रक्रिया (विषादीकरण) मा प्रयोग गरिएका कागजातहरू शंकास्पद पाइएपछि अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन (एनपीपीओ) ले नेपाली कृषि उपजमा प्रतिबन्ध लगाएको हो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार प्राविधिक कमजोरीका कारण निर्यातमा यस्तो अवरोध सिर्जना भएको हो । अन्तर्राष्ट्रिय नियम अनुसार जुन देशमा खाद्य सामग्रीको उपचार (फ्युमिगेसन ट्रिटमेन्ट) गरिन्छ, सोही देशले स्वास्थ्यताको प्रमाणपत्र जारी गर्नुपर्छ । नेपालमा अस्ट्रेलियाले तोकेको मापदण्ड अनुसारको उपचार गर्ने प्रविधि नभएका कारण सन् २०२१ देखि नेपाल...