वातावरण

अनलाइनखबरले ग¥यो ‘५० प्रभावशाली महिला २०८२’को सूची सार्वजनिक

अनलाइनखबरले ग¥यो ‘५० प्रभावशाली महिला २०८२’को सूची सार्वजनिक

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४ चैत,काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिंदै आएको यो सूची यस वर्ष आम निर्वाचन (फागुन २१) को चटारोका कारण केही समय ढिलो गरी सार्वजनिक गरेको हो ।अनलाइनखबरले ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण भएको जनाएको छ । सोमबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गरिन् ।उनले अनलाइनखबरले महिलाहरुको सम्मानका लागि गरेको थालेको अभियानप्रति खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सुझाव दिइन् । यस सूचीमा नेपाली राजनीति, समाज, कलासाहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना संघर्षशील र कर्मशील महिलाहर...
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२२ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङरअसिनारहुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुरीबतासको समेत सम्भावना छ।त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभ...
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१९ चैत, काठमाडौं । इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको थियो । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो । सुरुमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिए पनि पछि त्यसलाई परिमार्जन गरी ७.४ कायम गरिएको छ । भूकम्प लगत्तै अधिकारीहरूले सुनामीको उच्च जोखिम रहेको भन्दै सचेत गराएका छन् ।...
मौसम पूर्वानुमान : कोशी,बागमती र गण्डकीमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : कोशी,बागमती र गण्डकीमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१९ चैत, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव छ । यसर्थ विभिन्न भागमा बदली भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई भेगमा मौसम मुख्...
मौसम पूर्वानुमान : मेघगर्जनसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान : मेघगर्जनसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६ चैत,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभरको मौसम फेरबदल भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै,मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाको भनाई छ ।...
आगलागीबाट सर्लाहीमा उखु खेती नष्ट

आगलागीबाट सर्लाहीमा उखु खेती नष्ट

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
११ चैत,काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपालिका–१ महादेव टोलका स्थानीय बच्चेलाल रायको ५ कठ्ठामा लगाइएको उखु काटेर फालेको पात जलाउने क्रममा काट्न बाँकी रहेको उखुमा आगो सल्किएको वडा अध्यक्ष ब्रह्मदेव चौधरीले जानकारी दिए । उनले भने, ‘उखुको पातहरू जलाउँदा आगो नियन्त्रणबाहिर भयो, र आगो लागेर ठूलो क्षति भएको हो ।’  ...
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
११ चैत,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ  । आज दिउँसो कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा  मौसम मुख्यतया सफा रहनेमहाशाखाले जनाएको छ ।  कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। ...
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
८ चैत, काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मौसम बदली भइरहेको छ । आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भने,चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।...
भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु

भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
६ चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २७औँ फ्लोरा एक्सपो सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा एक्स्पो सुरु भएको हो । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ बिहिबारदेखि सुरु भएको फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल–११, प्रतिस्पर्धा स्टल–दुई, फुड स्टल–दुई, ल्यान्डस्केप स्टल–एक, सेल्फी स्टल–एक, बी वाई डी इभी कारको स्टल एकसहित गरी जम्मा ८३ ओटा स्टल रहेको आयोजकले जनाएको छ । एक्स्पो आइतबाररसम्म सञ्चालन हुने जनाइएको छ ।...
पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना,सतर्क रहन आग्रह

पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना,सतर्क रहन आग्रह

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
६ चैत, काठमाडौं । आज शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण छ । यसले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन र अति आवश्यक नपरी घर बाहिर ननिस्किन मौसमविदहरुको सुझाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ । शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गरेर मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी,वर्षा र हिमपातको सम्भावना रह...