वातावरण

अवैध उत्खननमा संलग्न आठ ट्रयाक्टरसहित चालक नियन्त्रणमा

अवैध उत्खननमा संलग्न आठ ट्रयाक्टरसहित चालक नियन्त्रणमा

अर्थतन्त्र, कानुन, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
५ चैत , रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा  बालुवा उत्खननमा  संलग्न आठ वटा ट्रयाक्टरसहित चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान चन्द्रपुर नगरपालिका–५, राजपैडा र ८ मोतीपुरस्थित चाँदी खोलामा ट्याक्सीमार्फत अवैध रूपमा बालुवा उत्खनन गरी लोड भइरहेको सूचनाको आधारमा सुरक्षा बेस सन्तपुरका प्रमुख  सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसीको कमान्डमा खटिएको टोलीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्रयाक्टर र चालकलाई चन्द्रपुर नगरपालिका कार्यालयले जरिवाना लिएर छोडेको छ ।...
तारकेश्वरमा ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ मनाइयो

तारकेश्वरमा ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ मनाइयो

कला, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
५ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलोपटक ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ आयोजना गरिएको छ । नगरपालिकाले घोडेजात्रा पर्वको अवसर पारेर बुधबार एभरेष्ट हर्स राइडिङ एण्ड बग्गी प्रालिसँगको सहकार्यमा  तारकेश्वर नगरपालिका–८ पीपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव मनाएको  हो । महोत्सवको उद्घाटन गर्दै तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले धर्म,संस्कृति,परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले स्थानीय तहले पहिलो पटक घोडेजात्रा महोत्सव आयोजना गरेको बताए । ‘पहिचान, अपनत्व र अधिकार : दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ सो महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।  टुँडिखेलमा मनाइँदै आइएको घोडेजात्रालाई थप विस्तार गर्नका लागि तारकेश्वरले पहिलोपटक स्थानीय तहमा घोडेजात्रा महोत्सव आयोजना गरेको  पनि उनले स्पष्ट पारे । ...
मुआब्जा विवादले रेल्वेको काम रोकियो

मुआब्जा विवादले रेल्वेको काम रोकियो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
५ चैत,काठमाडौं ।मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो । जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको छ । चौध जनालाई उचित मुआब्जा तिर्न बाँकी छ । विभागले रकम निकासाका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ । बर्दिबासका पीडितहरुले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाउँदा अन्ततः रेल्वे मार्गको निर्माण कार्य रोकेका छन् ।  ...
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
४ चैत,गण्डकी ।पर्यटकीय राजधानी पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई अर्को नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यतिखेर यहाँका स्थानीयवासी सक्रिय बनेका छन्। उक्त गुफा तिक्लाङ खेलमैदानको बीचबाट सेती नदीको तिरस्थित चुनेपहरोसम्म रहेको छ । करिब ३० रोपनी क्षेत्रफल जग्गा रहेको यस गुफाभित्र प्राकृतिक रूपमा बनेका विभिन्न आकृतिसँगै ठूलो सङ्ख्यामा रहेका चमेरा अवलोकन गर्न सकिने  छ। पावरहाउसबाट करिब १० मिनेटको हिँडाइमा पुग्न सकिने यो गुफा पोखराको मुख्य बजारबाट सार्वजनिक यातायातबाट सहज रूपमा आउनजान सकिन्छ। गुफाभन्दा माथि रहेको तिक्लाङ चोकसम्म पोखरा महानगरका सार्वजनिक बसहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।  गुफासहित यस क्षेत्रको पर्यटकीय विकासलाई वडाले प्राथमिकतामा राखेको पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए।‘हामीले यस क्षेत्रका हरेक सम्भावनालाई उजागर गर्...
मौसम पूर्वानुमान : यी चार प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी चार प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी,गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । उता राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा गण्डकी प्रदेशको तराई तथा बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा त...
त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा आज बिहान अभ्यास गरिएको हो । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको छ । हरेक ठूला विमानस्थलमा यस्तो अभ्यास नियमित रुपमा हुने गर्छ।यस्तो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले समेत अनिवार्य गरेको हुन्छ ।...
आजको मौसम : यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३ चैत,काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । आज कोशी,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।  ...
अब धरहरामा नि:शुल्क पार्किङ

अब धरहरामा नि:शुल्क पार्किङ

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ । २०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धराहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो । काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीका अनुसारधरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा रहेको बी–१ पार्किङमा १ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ । यस्तै बी–२ मा करिव ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ ।सबैभन्दा तल्लो तलामा रहेको बी–३ पार्किङमा भने हावाको प्रवाहमा केही समस्या देखिएकोले त्यहाँ पार्किङको लागि केही समस्या भ...
सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

जीवनशैली, ताजा अपडेट, वातावरण, समाचार
२१ फागुन, काठमाडौं ।सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए ।जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए । सो जहाज ग्राउन्डेड गरेर राखिएको बताइएको छ । यो सँगै सुर्खेत–काठमाडौं उडान रद्द भएको जनाइएको छ ।...
महाशिवरात्रीका दिन बिहान २ बजे पशुपति मन्दिरका ४ वटै ढोका खोलिने

महाशिवरात्रीका दिन बिहान २ बजे पशुपति मन्दिरका ४ वटै ढोका खोलिने

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
२९ माघ,काठमाडौं ।पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको पूर्वसन्ध्यामा बिहीबार पत्रकार सम्मेलन गर्दै महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको जानकारी दिएको छ । पाशुपत क्षेत्रमा मदिरा,गाँजा,भाङ,चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्नरनगराउन समेत कोषले सचेत गराएको छ । महाशिवरात्री मनाउन पशुपतिनाथ मन्दिरमा बिभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको पनि कोषले जनाएको छ । कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।महशिवरात्री फाल्गुन ३ गते आइतबार मनाइदैछ ।...