कृषि

आजदेखि खसीबोका बिक्री खुला

आजदेखि खसीबोका बिक्री खुला

अर्थतन्त्र, कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२० असोज,काठमाडौं ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरेको छ। कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुुला गरेको हो। यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुुला गरिएको कम्पनीले जनाएको छ। कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले हेटौँडाबाटखसीबोका र मुस्ताङबाट च्याङ्ग्रा ल्याएको बताइन्। उनका अनुसार चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ। यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने तयारी भएको पनि उनले बताइन्। निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुर...

प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गर्छौँ : मन्त्री अधिकारी

कृषि, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, असोज काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने बताएका छन् । बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले कृषि उपजको बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताए । साथै उनले कृषि क्षेत्रमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए। आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले तल्लो तहका किसानको हित संरक्षणका लागि हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गरे । उनले मानव स्वास्थ्यमा प्रभाव पार्ने विषादी प्रयोग नगरी बाली लगाउन किसानलाई आग्रह गरे। काठमाडौँ महानगरपालिका(१४ वडाध्यक्ष सुमन श्रेष्ठले बिचौलियाका कारण वास्तविक किसानले आफ्ना उत्पादनको मूल्य नपाएका बताए ।...
लमजुङमा श्रमदानबाट रोपाइँ

लमजुङमा श्रमदानबाट रोपाइँ

कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२५ साउन, लमजुङ । लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन् । दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम व्यवस्थापन समितिको संयुक्त पहलमा श्रमदानबाट रोपाइँ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत न्यौपानेले बताए। गुरुकुलमा जुम्ला, कालिकोट र मुगुका विपन्न ब्राह्मण परिवारबाट ल्याइएका ७ देखि १३ वर्षका २७ जना वटुक आश्रममा अध्ययन गरिरहेका छन् । आश्रमका वटुकको भोजनका निम्ति भिक्षा माग्न गाउँघर डुल्नुभन्दा विद्यालयको खेत र त्यस नजिकको बाँझो भूमिमा करिब रु एक लाख बराबरको श्रमदान गरेर रोपाइँ सम्पन्न भएको गुरुकुलका अध्यक्ष पुष्पराज अधिकारीले बताए । खेतबाट उत्पादन हुने धानले वटुकहरूलाई छ महिना भोजनको व्यवस्था गर्न सहज हुने विश्वास उनले व्यक्त गरे ।...
पर्वतमा ढुसीको संक्रमणले धानबाली नष्ट

पर्वतमा ढुसीको संक्रमणले धानबाली नष्ट

कृषि, बिशेष, वातावरण, समाचार
२० साउन, पर्वत । पर्वतका कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ । धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाको फलेबास नगरपालिकाका सबैजसो वडा, कुश्मा, विहादी, महाशिलालगायत वडामा लगाइएको धानबालीमा जरा कुहिने रोग लागेको फलेबास नगरपालिकाकाको कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिए । ‘फुट रुट’ नामक उक्त रोग ढुसीका कारण लागेको र यसले कतिपय स्थानमा धानखेत रित्तिँदै जान थालेको उनले बताए । सापकोटाका अनुसार अहिले यो समस्या देशव्यापी रुपमा देखापरेको छ । “यो रोग ढुसी नामक फुजारिएम मोनिलिफर्मबाट लाग्ने गर्दछ’, उनले भने, ‘ब्याडमा कलिलो बिरुवादेखि खेतमा धान छिप्पिने बेलासम्म यो रोग देखापर्ने सम्भावना रहन्छ । यसलाई समयमै नियन्त्रण गर्न नसक्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउँछ” जिल्लास्थित कृषि ज्ञान क...
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

कृषि, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
नुवाकोट । कोशीखोलामा आएको बाढीका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको हो । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रूपमा बगर बनेको छ । “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ”, उनले भने, “दुई सय रोपनी खेतलाई क्षति पुर्‍याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।” स्थानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुल पनि बाढीका कारण क्षति भएको छ ।पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ ।स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछाप...
देशभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न

देशभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न

कृषि, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं  । साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८।१ प्रतिशत रोपाइँ मात्र भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । त्यसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष सुदूरपश्चिममा यतिबेला त्यहाँ ९९.२ प्रतिशत रोपाइँ भएको थियो । सबभन्दा कम रोपाइँ कोशी प्रदेशमा भएको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार त्यहाँ २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर अर्थात् ९०.७ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यतिबेला त्यहाँ ८३.६ प्रतिशत रोपाइँ भएको थियो । सबभन्दा ढिलो रोपाइँ हुने मधेस प्रदेशमा यसपटक अन्य प्रदेशकै हाराहारीमा रोपाइँ भएको छ । त्यहाँ ३ लाख ८३ हजार १५० हेक्...
देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न

देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न

कृषि, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । यो वर्ष १३ लाख ९८ हजार हेक्टर क्षेत्रफल बर्खे धान रोपाई हुने सरकारी अनुमान रहेको मध्ये ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो । सबैभन्दा धेरै रोपाई मधेस प्रदेश हुन्छ । यहाँ ३ लाख ८३ हजार हेक्टर क्षेत्रफलमा जमिनमध्ये २ लाख ३५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस्तै, कोशीको २ लाख ७६ हजार हेक्टर क्षेत्रफलमध्ये १ लाख ७० हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । बाग्मती प्रदेशमा १ लाख ४५ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ७९ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । यस्तै, गण्डकी प्रदेशमा ९६ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ६४ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ । लुम्बिनी प्रद...
बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
बागलुङ । बागलुङको जैमिनीमा बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखिन्। उनले भनिन्, “यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न । ” काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, “पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको उनले बताए ।  यसरी बाँदरले...
किसानलाई हल गोरु वितरण

किसानलाई हल गोरु वितरण

कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए। किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उनको भनाइ छ । “हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरू समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरूलाई केही राहत पुग्नेछ ।”...

दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्छौं : मन्त्री साह

कृषि, ताजा अपडेट, समाचार
काठमाडौं।कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन्। शुक्रबार एमाले निकट उद्योगी व्यवसायीहरूसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा कृषिमन्त्री साहले दुग्ध विकास संस्थानको समस्या दीर्घकालीन रूपमा समाधानका लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको बताएकी हुन् ।मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी तवरबाट सञ्चालन गर्ने गरी छलफल अघि बढेको उनले बताइन्। दुग्ध विकास संस्थानलाई नयाँ ढङ्गले दीर्घकालीन रूपमा समस्या समाधान गर्ने गरी लान आवश्यक रहेको बताइन् ।उनले कर्मचारीले पनि उचित ढंगले कार्यसम्पादन गर्न पर्ने  बताइन्।उनले  संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने जिकिर गरिन् ।...