मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो,केही गर्न सकिन : कृषि मन्त्री अधिकारी
१३ असार,काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताउनु भएको छ ।
नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने जिकिर गर्नुभयो ।
किसानका समस्या समाधान गर्न नसकेकोमा मन खिन्न पार्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘मन्त्री भएर पनि केही गर्न सकिन ।मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो,नयाँ परिवर्तन गर्न ,’ तर सकिएन ।
‘यदि हामीसँग आर्थिक सीमितता,आर्थिक संकुचन थिएन भने धेरै चिज गर्थ्यौं ।’
गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टनमात्र मल आएको बताउनुभयो ।
बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्याउनसक्ने स्थिति नरहेको उहा...









