जानी राखौं : ‘ग्रीन टी’ सेवन गर्ने सही समय र फाइदा
सीता पौडेल(अर्चना)
काठमाडौं ।कतिपय मानिसहरु स्वस्थ रहन र तौल घटाउन ‘ग्रीन टी’ सेवन गर्छन्।यसले शरीरलाई स्वस्थ राख्न र तौल घटाउन मद्दत गर्छ।तर कहिले र कसरी सेवन गर्ने भन्ने कुरा भने जान्नु जरुरी छ।किन भने‘ग्रीन टी’ सहि र उपयुक्त तरिकाले सेवन गर्न सके मात्रै यसबाट हामीले भरपुर लाभ लिन सक्छौं।
तर यसलाई सेवन गर्ने समय र तरिका नजान्दा यो कतिपय अवस्थामा हाम्रो स्वस्थ्यको लागि हानीकारक पनि बन्न जान्छ।कतिपय मानिसले दिनको सुरुवात नै ग्रीन टीबाट गर्ने गर्छन् ।यसले तौलदेखि रगतमा चिनीको मात्रा घटाउन समेत मद्धत गर्ने हुनाले मोटो शरीर भएका मानिसहरुको त झन ग्रीन टीप्रति आकर्षण बढेको देखिन्छ ।
शारीरिक र मानसिक रुपमा फिट रहन चाहनेहरु पनि ‘ग्रीन टी’ पिउँन लालायित देखिन्छन्।विशेषज्ञहरुले पनि ‘ग्रीन टी’मा एन्टिअक्सिडेन्ट पाइने हुँदा मेटाबोलिज्म बढाएर तौल घटाउन मद्दत गर्ने,सक्रिय र उर्जावान बन्न सहयोग...









