लेकसाइडको सुरक्षा र पर्यटन विकासका लागि तीन दर्जन समिति गठन
२४ असोज ,पोखरा ।पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ध्यानमा राख्दै होटल संघ पोखराले लेकसाइड र ड्यामसाइड क्षेत्रका विभिन्न सडक तथा टोलहरूका लागि संयोजक तोकेको छ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार संघले २८ वटा स्ट्रिट र ६ वटा टोललाई लक्षित गर्दै संयोजक नियुक्त गरेको हो।संयोजकहरूले स्थानीय व्यवसायी र टोलवासीसँग समन्वय गरी सदस्य चयन गरेर उपसमिति गठन गर्नेछन्।
ड्यामसाइड,खहरेचोक,गैह्राचौतारा,हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत संयोजक तोकिएको पनि उनले जानकारी दिएका छन्।
जेनजी आन्दोलनपछि प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्देश्यले यस प्रकारको व्यवस्था गर्न लागिएको पनि उनले बताएका छन्।
संघले सबै होटल र टोलका सीसीटीभी क्यामेरा सञ्चालनमा राख्ने,विग्रिएका उपकरण मर्मत गर्ने,सुरक्षाकर्मीको मनोबल वृद्धि गर्ने, सडक बत्ती मर्मत गर्ने र खाल्डाखुल्डी सडक मर्मत गर्न स...








