अर्थतन्त्र

हर्क साम्पाङका समर्थकले सफा गरे कालिमाटीको प्रहरी वृत्त

हर्क साम्पाङका समर्थकले सफा गरे कालिमाटीको प्रहरी वृत्त

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२ असोज,काठमाडौं।गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा घुसपैठ गरेको समुहले आगजनी गरेको कालिमाटीको प्रहरी वृत्त धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकहरुले बुधबार सफा गरेका छन् । त्यहाँ दुई वटा आधुनिक भवन जलेको अवस्थामा छन् ।भने,कार्यालय परिसरमा रहेका १६२ वटा मोटरसाइकल र ८ वटा निजी गाडी पनि जलेर खरानी भएका छन् । वृत्तबाट प्रदर्शनकारीहरूले एउटा सटगन समेत लुटेर लगेको प्रहरीले जनाएको छ ।तर सेनाले सो सटगन बरामद गरिसकेको जानकारी प्राप्त भएको छ । वृत्तमा आगजनी हुँदा करिब ३१ करोड क्षति भएको आँकलन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको भनाई छ। सफा गरेर भवनमा रंगरोगन गर्ने र त्यहिँबाट शान्ति सुरक्षाको काम सुरु गर्ने कालिमाटी प्रहरीको तयारी छ।  ...
बिल बिनाका सामान किनबेच नगर्न प्रहरीको अनुरोध

बिल बिनाका सामान किनबेच नगर्न प्रहरीको अनुरोध

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१  असोज, काठमाडौं । बिल बिनाका सामानहरु किनबेच नगर्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै बिना बिलका सामानहरु किनबेच नगर्न अनुरोध गरेको हो।जेनजीको आन्दोदनमा तोडफोड गर्दै लुटपाट भएकाले त्यस्ता सामानहरु किनबेच हुनसक्ने भन्दै प्रहरीले यस्तो अनुरोध गरेको हो । बिल  बिनाका सामानहरु किनबेच भएमा प्रचलित कानून बमोजिम कारबाही गरिने परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।...
कर छुट र कर्जामा सहुलियत मागेको निजी क्षेत्रलाई अर्थमन्त्रीको ‘एकीकृत पुनरुत्थान योजना’

कर छुट र कर्जामा सहुलियत मागेको निजी क्षेत्रलाई अर्थमन्त्रीको ‘एकीकृत पुनरुत्थान योजना’

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१ असोज, काठमाडौं ।अर्थमन्त्री रामेश्वर खनालनले २४ भदौका दिन भएको आगजनी  क्षतिग्रस्त भवनहरूको अवलोकन गरेपछि मंगलबार निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् ।  छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुप समेतका उद्योगी र व्यवसायी सहभागी थिए । छलफलमा अर्थमन्त्री खनालले उद्योग व्यवसायीको समस्या सरकारको समेत समस्या भएको भन्दै यसबाट बाहिर निस्कन सरकारले एकीकृत व्यवसाय पुनरुत्थान योजना ल्याउन लागेको बताए । कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि नेपाल सरकार सकारात्मक रहेको पनि उनले बताएका छन् । एकीकृत व्यवसाय पुनरुत्थान योजना बनाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्रबैंक सम्मिलित टिम नै बनाइएको र दुई दिनभित्र योजना बनाइसक्ने जिम्मेवारी सो टिमलाई दिइएको उनको भनाई छ । सो टिममा अर्...
सेयर बजार भोली बुधबारदेखि खुल्ने

सेयर बजार भोली बुधबारदेखि खुल्ने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
३० भदौ,काठमाडौं । सेयर बजार भोली असोज १ गते बुधबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले बुधबारदेखि बजार पुनः सञ्चालनमा आउने भएको हो । सबै पक्षसँग छलफल र परामर्श गरेपछि बजार खोल्ने निर्णय गरिएको छ बोर्डको भनाई छ । यसबारे नेप्सेलाई सूचना पठाउने र नेप्सेले नै सार्वजनिक गर्ने तयारी बोर्डको छ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ । भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गते यता बजार एक साता बन्द गरिएको थियो । यद्यपी सरकारले  असोज १ गते सार्वजनिक विदा दिने हिजो बेलुका निर्णय गरेका कारण  २ गते बल्ल बजार खुल्ने आँकलन गरिएको छ ।  ...
जलेको घरबाट नागार्जुनका पूर्वमेयर बस्नेतको रोदन : साढे १० करोड लोन लिएर बनाएको थिएँ

जलेको घरबाट नागार्जुनका पूर्वमेयर बस्नेतको रोदन : साढे १० करोड लोन लिएर बनाएको थिएँ

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
३० भदौं,नागार्जुन ।काठमाडौंको नागार्जुन नगरपालिकाका पूर्वमेयर मोहन बहादुर बस्नेतले सेप्टेमबर ८ र नौ मा भएको जेनजीको आन्दोलनको समयमा नागार्जुन–४ सितापाइलामा रहेको आफ्नो साढे ७ तले कम्प्लेक्स प्रभु बैंकबाट साढे १० करोड लोन लिएर भरखर मात्र बनाएको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी दुइ कार्यकालसम्म मेयर बनेका बस्नेतले आँफुले कहिल्यै भ्ष्टाचार नगरेको तर प्रतिशोधको भावना राखेर घर जलाइदिएको बताए । उनले घरको सीसी टिभी फुटेजमा घर जलाउने व्यक्तिहरु आफूले पहिचान गरिसकेको र समय आयपछि कारवाही गरिने चेतावनी समेत दिए । घर जलाइरहँदा आफू घरभित्रैरहेको र सहयोगीको साथमा भाग्न सफल भएको पनि बताए । केही महिना अगाडी विशेष अदालतबाट भ्रष्टाचार गरेको ठहर भएपछि निलम्बित भएका मेयर बस्नेत आफुले कुनै गल्ती गरेको भए आफुलाई टुडीखेलमा लगेर घुमाए पनि सहने तर आफु निर्दाेष रहेकाले न्याय पाउन पर्ने ...
प्युठानमा जेनजी समूहले माग्यो जनप्रतिनिधि,ठेकेदार र कर्मचारीको सम्पत्ति छानबिन

प्युठानमा जेनजी समूहले माग्यो जनप्रतिनिधि,ठेकेदार र कर्मचारीको सम्पत्ति छानबिन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
३० भदौ,प्युठान । जिल्लाका युवा तथा जागरूक नागरिकको जेनजी समूहले जिल्ला भरिका पूर्व र वर्तमान मन्त्री,सांसद,जनप्रतिनिधि,ठेकेदार तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जेनजीहरुले आइतबार प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा जनप्रतिनिधि लगायत कर्मचारीहरु पदमा रहँदा र नरहँदा आर्जन गरेको अस्वाभाविक सम्पत्तिमाथि गम्भीर प्रश्न उठाएका छन् । जेनजी समूहले प्युठान जिल्लाका कतिपय राजनीतिक तथा प्रशासनिक नेतृत्व, ठेकेदार, उद्योगी र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति सम्बन्धमा गम्भीर शंकाहरू उत्पन्न हुनुका चार प्रमुख कारणहरू उल्लेख गरेका छन् । १. अकूत सम्पत्ति वृद्धिः पद आर्जन गर्दा तिनीहरूको वैध आय स्रोतसँग मेल नखाने गरी सम्पत्ति वृद्धि भएको देखिनु ।२. स्थानीय गुनासो र दुरुपयोगः ठेक्का प्रक्रिया,अनुगमनको कमी र स्थानीय स्रो...
मन्त्रीहरुको शपथ साढे ११ बजे

मन्त्रीहरुको शपथ साढे ११ बजे

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
३० भदौ,काठमाडौं ।अन्तरिम सरकारका प्रमुख सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको आज बिहान साढे ११ बजे शपथ ग्रहण हुने भएको छ।राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ।अहिले टेन्ट राख्ने काम भइरहेको छ । गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् ।अर्थ मन्त्रीमा रामेश्वर खनाल,गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको थियो। अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ। तर मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले गएराति प्रधानमन्त्री निव...
यस्तो छ शनिबारको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ शनिबारको लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२१ भदौ,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा र क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा तथा बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा तोकिएको छ । त्यस्तै,युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा कायम गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने उल्लेख गरेको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्र...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
 भदौ १९,काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने छ । ...
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

अर्थतन्त्र, ब्यानर-१, समाचार
१८ भदौ,काठमाडौं ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु २ लाख ७ हजार ९०० कायम भएको छ ।यो मूल्य हालसम्मकै उच्च हो ।मङ्गलबार प्रतितोला २ लाख ५ हजार ९०० मा कारोबार भएकोमा बुधबार प्रतितोला रु २ हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु २ हजार ४ सय ८० कायम भएको छ । बुधबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।...